किसानका दुःख : न मल छ, न पानी

मध्यान्हको चर्काे घाममा दाङको राप्ती गाउँपालिका–५, सिसनियाका रामभजन चौधरीका परिवारका धानको ब्याड काढ्न व्यस्त छन् । काढेको आधा ब्याड घामले सुकेर पहेँलो भएका छन् भने आधा काढ्ने तयारीमा छन् ।चौधरीले आधाजसो खेत मल बिना रोपाइ भ्याइसकेका छन् । मल आउँछ कि भन्ने आशै आशमा उनको धान रोपाइँ भ्याइन लागिसकेको छ । तर उनले अझै मल पाएका छैनन् । यो बाध्यता चौधरीको मात्र होइन । धान रोपाइँको चटारोले छोएका दाङ देउखुरीका सबै किसानको साझा बाध्यता हो यो ।मानो रोपेर मुरी फलाउने आशमा किसान खेतमा धान रोपाइँका लागि

सम्बन्धित सामग्री

किसानका दुःख: छैन सुदूरमा मल

कैलालीको गौरीगंगाका खुसीराम चौधरीले यसपालि मलबिनै खेतमा गहुँ छरिसकेका छन्।युरिया मल नपाउँदा उनले खेतमा मलबिनै गहुँ छरेका हुन्।सुदूरपश्चिम प्रदेशमा कात्तिक तेस्रो सातादेखि मंसिर पहिलो सातासम्म गहुँ बाली रोप्ने उपयुक्त समय मानिन्छ।यही समय छोप्दै सुदूरपश्चिमका किसान यतिबेला खेतबारीमा मलबिनै गहुँ छर्न बाध्य छन्।