दलहरूमा लोकतन्त्रको कमी : अग्नि सापकोटा

काठमाडौँ : पूर्वसभामुख अगिनप्रसाद सापकोटाले नेपालका राजनीतिक दलहरूमा लोकतन्त्रको कमी भएको बताएका छन्।६५ औं संसद् दिवसको अवसर पारेर शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले पार्टीभित्र बिचौलिया, माफिया मात्रै नभई एकअर्कालाई आरोप लगाएर मूल्य, मान्यता र आदर्शमाथि प्रहार भइरहेको बताए।उनले लोकतन्त्र प्रवचनको विषय नभई जीवन व्यवहार र नयाँ सभ्यता, संस्कृति र सिद्धान्त भएको बताए। उनले लोकतन्त्र बलियो बनाउन नेपालका राजनीतिक दलहरू प्रतिबद्ध हुन नसकेको बताए।उनले

सम्बन्धित सामग्री

माओवादी केन्द्रको प्रवक्तामा अग्नि सापकोटा

काठमाडौं, २३ साउन । नेकपा (माओवादी केन्द्र) ले प्रवक्ताको जिम्मेवारी अग्नि सापकोटालाई दिएको छ । माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका सापकोटाले प्रवक्ताको जिम्मेवारी पाएसँगै भोलि (बुधबार) पत्रकार सम्मेलन गर्ने भएका छन् । भोलि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गरिएको छ । File Photo/RN

सभामुख अग्नि सापकोटा सफल हुनुभयोः हरिबोल गजुरेल

काठमाडौं, १ असोज । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद हरिबोल गजुरेलले सभामुख अग्निप्रसाद सापकोटाको कार्यकाल सफल भएको बताएका छन् । “मैले नेकपाको स्थायी समितिको बैठकमै पार्टी, सरकार र संसद् नयाँ तरिकाले चल्नुपर्‍यो भनेर तीन वर्षसम्म दबाब सिर्जना गरें । तर त्यसको कुनै सुनुवाइ भएन । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस […]

अग्नि सापकोटा समानुपातिकमै सुरक्षित भएर बसे हुन्छः मोहनबहादुर बस्नेत

काठमाडौं, १३ भदौ । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक क्षेत्र नं १ को सिट कुनै पनि हालतमा सभामुख अग्निप्रसाद सापकोटाले नपाउने दाबी गरेका छन् । “सिटको दाबी आआफ्नो हैसियत र औकात अनुसार गर्नुपर्छ । अघिल्लो पटक जितेको ठाउँमा लिने भन्ने मापदण्ड नै उचित छैन । जस्तो मेरो क्षेत्र सिन्धुपाल्चोक–१ मा नेकपा (माओवादी केन्द्र) अघिल्लो […]

अग्नि सापकोटा माओवादी केन्द्रको छापामार या गुरिल्लाजस्ता देखिएः सूर्य थापा

काठमाडौं, भदौ ११ । नेकपा एमालेका नेता सूर्य थापाले सभामुख अग्निप्रसाद सापकोटा माओवादी केन्द्रको छापामार या गुरिल्लाजस्तो भूमिकामा देखिएको आरोप लगाएका छन् । १४ जना सांसदलाई हटाउने एमालेको निर्णय कार्यान्वयन नगरेकाले सभामुख सापकोटाको पदीय आचरण र न्यूनतम योग्यतामा प्रश्न उठेको बताए । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता थापाले भने, […]

निर्वाचन आयोग र सभामुखविरुद्ध अदालत जाने एमालेको निर्णय

नेकपा एमालेले सभामुख अग्नि सापकोटा र निर्वाचन आयोगविरूद्ध कानुनी प्रतिवाद गर्ने भएको छ।

सभामुख अग्नि सापकोटा र एमाले सांसदबीच चर्काचर्की

कारबाहीको सिफारिस भएका एमालेका १४ सांसदलाई पदमुक्त माग गर्दै सभामुखको च्याम्बरमा पुगेका एमालेका सांसदहरु  सभामुख अग्नि सापकोटा नभेटेपछि त्यसै फर्किएका छन् । यसअघि बिहीबार एमाले सांसद र सभामुखबीच चर्काचर्की भएको थियो ।बिहीबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा एमाले सांसदहरुले सभामुख बायस्ड भएको आरोप लगाएपछि सभामुख आक्रामक रुपमा प्रस्तुत भएका थिए । सांसद शान्ता चौधरीले सभामुखको कार्यकक्षमा हिजो चर्काचर्की भएको र आज भने सभामुखले भेट नदिएको सञ्चारकर्मीलाई बताइन् ।

पूर्व सभामुखसँग परामर्श गर्दै सभामुख अग्नि सापकोटा

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखसँग परामर्श गर्दैछन् । संघीय संसद सचिवालयमा दिउँसो १ बजेका लागि छलफल डाकिएको नेपाली कांग्रेसका नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेलले जानकारी दिए । यही जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक गरेको प्रतिनिधि सभा विघटन लगायत समसामयिक बिषयमा बैठकमा छलफल हुने सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।  २०४८ साल यता दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरा पूर्व