उपाध्यक्ष र कोषाध्यक्ष पद खारेज गर्न सुझाव

नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन समितिले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पद खारेज गर्न सुझाव दिएको छ । बिहीबार महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी संयोजकत्वको समितिको बैठकले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पद खारेज गर्न सुझाव दिएको हो । बैठकमा समितिका संयोजक कुशकुमार जोशीले उद्योग वाणिज्य महासंघलाई समावेशी तथा निजी क्षेत्रको बलियो धरोहर बनाउनको लागि विधान संशोधन गर्नु पर्ने आवश्यक रहेको बताए । उनले नयाँ विधानको मस्यौदा प्रदेश कमिटीहरू लगायतको सल्लाह सुझाव अनुसार तयार पारेर महासंघलाई बुझाइ

सम्बन्धित सामग्री

भन्सार सहजीकरण गर्न नाडाले गर्‍यो अनुरोध

फागुन ९, काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा) ले  भन्सार सहजीकरणका लागि अनुरोध गरेको छ ।  नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सोमवार भन्सार विभागका नव नियुक्त महानिर्देशक कमल भट्टराईलाई भेटी भन्सार मूल्याङ्कनमा देखिएका विभिन्न समस्याहरु तथा भन्सार सम्बन्धी नीतिगत सुझावहरु पेश गरेकोे छ ।     सोही क्रममा अध्यक्ष थापाले नेपाल विश्व व्यापार संगठनको सदस्य भई सकेको अवस्थामा भन्सार मूल्याङ्कन सन्दर्भ सूचि नै खारेज गरी भन्सारमा मालवस्तुको यथार्थ घोषणा र सही बर्गिकरण गराई भन्सार मूल्याङ्कन पद्दतीलाई यथार्थ र कारोबार मूल्यमा आधारित बनाउने व्यवस्थाका लागि आवश्यक पहल गर्न आग्रह गरेको हो ।  त्यसैगरी नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सरकारले गरेको एम्बुलेन्सको बर्गिकरणमा केही परिमार्जन गर्न आवश्यक रहेको बताउँदै आयातित सवारी साधनहरुको भन्सार जाँचपासमा पनि ढीलाई भईरहेकोले त्यसको समाधान गर्न आग्रह गरे । त्यसैगरी अर्का उपाध्यक्ष सुनिल रिजालले एलसी खोलेर सामान आयात गर्दा समस्याहरु सृजना भएको भन्दै एउटै वस्तुमा भिन्न - भिन्न भन्सार कार्यालयहरुमा एचएस कोडको  परिभाषामा फरक पर्ने गरेको, ब्रेक लाइनिङ्ग जस्ता अत्यावश्यकीय वस्तुमा पनि शतप्रतिशत नगद मार्जिन राखि एलसी खोल्नु पर्ने नियमले व्यवसायीहरुलाई समस्या परेको बताए । उनले  न्यून विजकीकरण र अनधिकृत आयातबाट हुने समस्याहरुको निराकरणका ध्यानाकर्षण गराए त्यस्तै महासचिव सुरेन्द्र उप्रेतिले २०७३ असार २६ गते भन्सार विभाग र नाडा बीच भएको सहमति बारे जानकारी दिंदै विभागले अनलाइन पेमेण्टलाई मान्यता दिएसँगै नेपाल राष्ट्र बैंकको चेकलाई पनि मान्यता दिने व्यवस्थाका लागि आग्रह गरे । उनले नेपालमा ब्याट्री उत्पादनका सम्भावनाहरु बढदै गएको क्रममा सवै किसिमका सवारी साधनहरुमा प्रयोग हुने ब्याट्रीहरुको उत्पादनलाई प्रोत्साहित गर्न त्यसका लागि आवश्यक हुने सवै प्रकारका कच्चा पदार्थहरुमा एक प्रतिशत मात्र भन्सार महशुल लाग्ने व्यवस्था गर्न अनुरोध गरे ।  छलफलको क्रममा भन्सार विभागका महानिर्देशक भट्टराईले भन्सार विभागसँग विगतमा भएको सहमतिमा केही विषय संशोधन गर्नु परेमा दुवै पक्षको सहमतिमा संशोधन गर्न सकिने भन्दै प्राप्त सुझावहरुका विषयमा आवश्यक पहल गरिने बताए ।   छलफल तथा भेटघाटमा सचिव विक्रम सिंघानिया, सह- कोषाध्यक्ष पंकज अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति थियो ।

महाधिवेशन माओवादीको, वहस एमसिसिको : देउवा, प्रचण्ड र पोखरेलले के भने ?

राजधानीमा आइतवार सुरु भएको नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा अमेरिकी अनुदान सम्झौता एमसीसीबारे दलका नेताहरूबीच बहस भएको छ।प्रधानमन्त्री शेरबहादुर देउवाले सम्झौता राष्ट्रघाती नभएको भन्दै बचाउ गरे भने केही कम्युनिस्ट दलका नेताहरूले एमसीसी खारेज गरिनुपर्ने धारणा अघि सारे।'राष्ट्रघाती भन्ने पढेको छ कि छैन, त्यो पनि थाहा छैन मलाई त। पहिले पढ्नुपर्‍यो। एससीसी कहाँ छ राष्ट्रघाती? मैले हेर्दा कहीँ राष्ट्रघात देख्या छैन,' देउवाले भने।'म पनि नेपालको प्रधानमन्त्री हुँ। राष्ट्रको खिलाफमा जाउँला म? म पनि प्रजातन्त्रको लागि, राष्ट्रको लागि लडेको मान्छे हो, मैले राष्ट्रघाती सन्धि गरुँला?'प्रचण्ड र अन्य नेताहरूसँग आफ्नो छलफल भइरहेको भन्दै देउवाले एमसीसीबारे राम्रोसँग बुझ्न माओवादी अधिवेशनका सहभागीहरूलाई आग्रह गरे।एमसीसी अनुदान 'सित्तैमा आएको पैसा' भएको भन्दै देउवाले विश्व ब्याङ्क र एशियाली विकास ब्याङ्कसँग लिने ऋणमा पनि अन्तर्राष्ट्रिय कानुन लागु हुने बताए।फरक प्रसङ्गमा देउवाले आगामी निर्वाचनसम्म माओवादीसँगको गठबन्धन जान सक्ने सङ्केत गरे।'अझ म त के चाहन्छु भने अगाडि पनि गठबन्धन जाओस्... यो कसैको खिलाफको गठबन्धन होइन। ओलीजीहरूलाई नलागोस् कि यो उहाँहरूको खिलाफको गठबन्धन हो। आफूहरू त मिल्न पाइन्छ नि,' देउवाले भने।प्रचण्डले एमसीसीबारे के भने?उद्घाटन सत्रको अन्त्यमा सम्बोधन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे प्रधानमन्त्रीको भनाइलाई 'आफ्नो विचार' भने।'उहाँले आफ्नो विचार भन्नुभयो, त्यो स्वतन्त्रता उहाँलाई छ,' प्रधानमन्त्री देउवाको प्रशंसामा केही समय खर्चिएका प्रचण्डले दलहरूबीच सहमति नभई एमसीसी अघि नबढ्ने सङ्केत गरे।'हामी छलफल गर्दैछौँ। छलफल गरेर हामी समझदारी बनाउँछौँ पनि भन्नुभयो। त्यो पनि ठूलो कुरा भन्नुभयो।'अहिलेको सत्ता गठबन्धनलाई आगामी निर्वाचनसम्मै लैजाने माओवादीको पनि चाहना भएको प्रचण्डको भनाइ थियो।'उहाँले सजिलै गठबन्धन चाहिँ कुनै हालतमा परैसम्म चुनाव पछिसम्म पनि लैजाने भन्दिनुभयो। तपाईँ हामीले सुन्न चाहेको कुरा त्यही थियो उहाँको मुखबाट,' प्रचण्डले भने।'हामी सबैलाई चाहिएकै त्यही हो।'नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे नबोले पनि राष्ट्रिय मुद्दामा जनताको सुझावका आधारमा दलहरू अघि बढ्नुपर्ने बताए।छेवैमा रहेका प्रधानमन्त्रीलाई उनले गठबन्धन, राजनीतिक दल र जनताको सुझावका आधारमा अघि बढ्न आग्रह गरे।'देशले समृद्धि हासिल गर्न सकेन र विकासले तीव्रता प्राप्त गर्न सकेन भने हामी पछि पर्छौँ,' पूर्वप्रधानमन्त्री नेपालले भने।'मूल कुरामा सहमति भए बाँकी कुरा थाती राखेर जान पनि सकिन्छ।'एमाले महासचिवले के भने?संसद्को प्रमुख प्रतिपक्ष नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियता, स्वाधीनता र परराष्ट्र नीतिमा नेपालका दलहरू एक ठाउँमा उभिन नसके देश नियन्त्रित अस्थिरताको सिकार हुनसक्ने खतरा औँल्याए।'पूर्वाधार विकासका मामलामा हामी एक ठाउँमा उभिन सक्छौँ। बलियो पूर्वाधारले कम्युनिजम ल्याउन अवरोध खडा गर्दैन हामी पूर्वाधार विकासका योजनामा किन विमति राख्ने?' एमसीसी सम्झौताप्रति सङ्केत गर्दै पोखरेलले भने।उनले नेकपाको एकता जोगाउन नसकेकोमा आफूलाई पछुतो भएको बताए।'हामीले एकताका लागि गरेका प्रयासहरू इमानदार प्रयास थिए। नेकपा गठन कुनै गलत कुरा थिएन। त्यो ऐतिहासिक आवश्यकता थियो,' पोखरेलले भने।अन्य नेताहरूले के भने?जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरेर मात्रै नयाँ समाजको निर्माण गर्न सकिने भन्दै त्यसतर्फ अघि बढ्न माओवादीलाई शुभकामना दिए।लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झाले सङ्घीयता र समावेशिताको एजेन्डालाई उचित तरिकाले सम्बोधन गराउन माओवादी महाधिवेशन सफल हुने अपेक्षा आफ्नो दलले लिएको बताए।राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले अमेरिकी अनुदान सम्झौता एमसीसी खारेज गर्न माओवादी महाधिवेशनले निर्णय लिनुपर्ने बताइन्।नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले एमसीसी सम्झौता खारेज र गुमेका नेपाली भूमि फिर्ता लिने पहल माओवादी अधिवेशनले अघि बढाए आफ्नो दलसँग पार्टी एकीकरणको बाटो खुल्ने बताए।नेकपा मालेका महासचिव सीपी मैनालीले राजनीतिक आन्दोलनबाट आएको माओवादीले जनताका असन्तोष सम्बोधन गर्नुपर्ने बताए।राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीकुमारी शाहीले विचार र वाद फरक भए पनि राष्ट्र निर्माणमा सबै दलहरू एकै ठाउँमा जुट्नुपर्ने बताइन्।माओवादीको आठौँ महाधिवेशनमा पार्टीको नेतृत्व, विधान र वैचारिक कार्यनीतिबारे छलफल र निर्णय हुने बताइएको छ।पार्टीको गठनबाटै अध्यक्ष रहेका प्रचण्डले यो महाधिवेशनपछि पनि पार्टी अध्यक्षमा निरन्तरता पाउने नेताहरूले बताएका छन्।महाधिवेशनले पदाधिकारीको सङ्ख्या बढाएर १५ पुर्‍याउने केन्द्रीय समितिको निर्णय अनुमोदन गर्ने ठानिएको छ। माओवादी पदाधिकारीमा एक अध्यक्ष, एक वरिष्ठ सहित ७ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने प्रस्ताव गरिएको छ। -बिबिसीबाट साभार

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पद खारेज गर्न सुझाव

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन समितिले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पद खारेज गर्न सुझाव दिएको छ। बिहीबार महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी संयोजकत्वको समितिको बैठकले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पद खारेज गर्न सुझाव दिएको हो। बैठकमा समितिका संयोजक कुशकुमार जोशीले उद्योग वाणिज्य महासंघलाई समावेशी तथा निजी क्षेत्रको बलियो धरोहर बनाउनको लागि विधान संशोधन गर्नु […]

माओवादीको विधान : उपमहासचिव हट्ने, कोषाध्यक्ष थपिने

नेकपा माओवादीको प्रस्तावित विधानमा उल्लेख गरिएको उपमहासचिव पद खारेज हुने भएको छ । साथै कोषाध्यक्ष पद थपिने भएको छ । माओवादीका केन्द्रीय पदाधिकारीहरूमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहनेछन् । प्रदेश र तल्ला कमिटीहरूमा भने अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष रहने भएको छ ।शनिबारको बैठकमा प्रस्तुत गरिएको विधान संशोधन प्रस्तावमा उपमहासचिव पनि रहने प्रावधान थियो । तर, आइतबार बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा माओवादी नेता देव गुरुङले भने,‘उपमहासचिव पद हट्छ, कोषा

गुल्मीको सत्यवती र मुसिकोटमा राजमोको विरोध शभा

शंकरप्रसाद पोख्रेल, तम्घास । राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभा विघटनको विरुद्ध गुल्मीका विभिन्न स्थानमा विरोध सभाको आयोजना गरेको छ । शुक्रबार रावजमोले सत्यवती र मुसिकोटमा विरोध सभा सम्पन्न गरेको हो । सत्यबती गाउँपालिकामा भएको विरोध सभालाई राजमोका केन्द्रीय सदस्य एवम् कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष तारा थापाले सम्बोधन गर्नुभएको थियो । त्यस क्रममा उहाँले प्रधानमन्त्री केपी ओलीले चालेका असंवैधानिक कदम सच्याउन माग गर्नुभयो । उहाँले प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्नेमा जोड दिँदै संघीयता खारेज हुनुपर्ने बताउनुभयो । नेत्री थापाले बलात्कार पछि हत्या गरिएकी किशोरी भागिरथी भट्टका बलात्कारी र हत्यारालाई छिटो पत्ता लगाएर कारबाही गर्न पनि माग गर्नुभयो ।   मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता रामकुमार क्षेत्रीले पनि सम्बोधन गर्नुभएको कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रवक्ता ओमेन्द्र कुँवर, राजमो जिल्ला कोषाध्यक्ष टेकबहादुर केसी, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य गुमान सिहं पुन,अखिल नेपाल युवक संघका खिम बुचा मगरलगायतको आतिथ्यता रहेको थियो । राजमो सत्यवती गाउँपालिका अध्यक्ष मित्रलाल तरामुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत कमल पुलामी र सन्चालन नेत्र रानाले गर्नुभएको थियो भने रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले विभिन्न प्रस्तुतीहरु दिएका थिए । त्यसैगरी मुसिकोटमा सम्पन्न विरोध सभालाई राजमो जिल्ला अध्यक्ष जीवन राना, सचिव छविलाल सर्तुङ्गी, राजमो नेताहरु हरि न्यौपाने, इस्वरी आचार्य, गोपाल नेपालीलगायतले सम्बोधन गर्नुभएको थियो । राष्ट्रिय जनमोर्चा मुसिकोट नगरपालिकाका अध्यक्ष भानुभक्त खरेलको अध्यक्षयता र अर्जुन परियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय जनमोर्चा गुल्मीले फागुनमा पनि संगठन र संघर्ष अभियान संचालन गर्ने जनाएको छ ।