नेपाल निर्माण व्यावसायी महासंघको १२ औं अधिवेशन फागुन २७ गते देखि प्रज्ञा प्रतिष्ठानमा हुने

फागुन २५, काठमाडौं। नेपाल निर्माण व्यावसायी महासंघको २३ औं साधारण सभा तथा १२ औं अधिवेशन फागुन २७,२८ र २९ गते राजधानीको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ । कार्यक्रमको समुद्घाटन सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने संघले जनाएको छ । कार्यक्रममा देशभरबाट करीब १२ सय प्रतिनिधि र १२ सय पर्यपेक्षकको सहभागिता हुने अनुमान महासंघको रहेको छ । महासंघमा हाल ७७ जिल्ला संघ, ७ प्रदेश महासंघ, एसोसिएट र एक वस्तुगत संघ आबद्ध छन् । अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्य समिति चयन गर्नेछ । महासंघको ५९ सदस्यीय कार्य समितिमध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एसोसिएट सहित ८ उपाध्यक्ष, महासचिव १, उपमहासचिव २, कोषाध्यक्ष, सहकोषाध्यक्ष सहित ४६ पदमा निर्वाचन हुनेछ ।  सभामा सार्वजनिक खरिद नियमावलीको एघारौं संशोधन र व्यवसायीहरूका अन्य मागहरुका विषयमा निर्माण व्यवसायी सदस्यहरुबीच व्यापक छलफल गरी महासंघको औपचारिक धारणा सहितको काठमाडौं घोषणापत्र जारी गरिने महासंघले जनाएको छ  ।  ‘कोमिड-१९ को विश्वव्यापी कहरका कारण पछिल्लो दुई वर्ष नेपालको निर्माण उद्योगमा समेत ठूलो आघात परेको भन्दै चाहेर पनि व्यवसायीहरूको वृद्धि विकासका लागि धेरै काम गर्न सकेन । निर्माण उद्योगलाई समृद्ध बनाउन विद्यमान ऐन कानुन नै परिवर्तन हुनुपर्ने माग महासंघले लगातार जोडदार रूपमा उठाउँदै आएको छ,’ महासंघ द्वारा जारी विज्ञप्तीमा भनिएको छ ।  सार्वजनिक खरिद नियमावली, २०६४ मा छैठौं संशोधनदेखि १० औं संशोधनसम्म भइसकेको छ । एघारौ संशोधनका पनि नेपाल सरकार मन्त्रीपरिषद्बाट पारित भइसकेको जानकारी महासंघले दिएको छ । ११ औं नियमावली नआउँदा निर्माण उद्योग अस्तव्यस्त भएको छ । महासंघको सुझाव अनुसार ५ वटा प्याकेज मात्र लिन पाउने व्यवस्थालाई र ६० प्रतिशतको सर्टिफिकेट एउटा, चालिस प्रतिशतको दुईवटा हुँदा हुने वृत्ति विकासलाई रोक्ने प्रयत्न बुझिएको छ, महासंघ त्यसलाई खबरदारी गर्न चाहन्छ। विज्ञप्तीमा भनिएको छ । एघारौं संशोधनका लागु भएको मितिबाट निर्माण व्यवसायीहरूले आ-आफ्नो क्षमता अनुसार बढीमा पाँच वटा प्याकेज मात्र ठेक्का लिन पाउनेछन् । यसरी पाँच वटा ठेक्का लिने प्रवृत्तिले लो बिड अन्त्य हुने, कामको समानुपातिक वितरण भई गुणस्तरीय काम हुने र काम ओगट्ने परिपाटी अन्त्य भई निर्धारित समयावधि भित्र काम सम्पन्न हुँदा निर्माण उद्योगमा सकारात्मक प्रभाव पर्ने विश्वास महासंघले लिएको छ । यसबाहेक एघारौं संशोधन लागु भएमा बैंक ग्यारेण्टीको आधारमा व्यवसायीहरूले बिल भुक्तानी लिँदा नियमानुसार कट्टी गरी राखिएको धरौटी रकम फिर्ता भई देशको अर्थतन्त्र चलायमान हुनेछ महासंघले भनेको छ ।  त्यस्तै हाल विद्यमान क्रेडिट लाइनको कारण आयोजनाको लागत बढ्न गएको हुँदा उक्त एघारौं संशोधनबाट खारेज हुँदा लागत घट्न गई मुलुकलाई नै फाइदा पुग्नेछ पनि महासंघले जनाएको छ । त्यस्तै हाल संचालनमा रहेका तर तोकिएको समयमा कार्य सम्पन्न नभएका वा हुन नसक्ने आयोजनाहरूको म्याद प्राविधिक प्रष्टयाइका आधारमा थप भई उक्त आयोजनाहरू समयमै सम्पन्न हुन सक्नेछन् ।  प्रस्तावित खरिद सम्झौतासँग मेल खाने प्रकतिका निर्माण कार्य सफलतापूर्वक सम्पन्न गरेको, समान प्रकृतिको अनभव निर्माण कार्यको लागतको ६० प्रतिशत भएमा एउटा र ४० प्रतिशत भएमा २ वटा प्रमाणपत्र भए पुग्ने व्यवस्थाबाट स्वच्छ प्रतिस्पर्धा भई बढी भन्दा बढी निर्माण व्यवसायीहरूको निर्माण कार्यमा संलग्नता सुनिश्चितका साथै व्यवसायीक रुपमा स्तरोन्नति समेत हुनेछ । हालै रुस र यक्रेनबीच जारी द्धन्द्धका कारण अन्तर्राष्ट्रिय स्तरमा भइरहेका इन्धनका भारी मूल्यवृद्धिको मार नेपाली निर्माण उद्योगले पनि परेको छ ।  इन्धनको मूल्यवृद्धिसँगै निर्माण सामाग्रीमा भइरहेको अत्याधिक मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरू थप मारमा परेको महासंघले बताएको छ ।  मूल्यवृद्धिको समस्या समाधानका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयलाई मूल्यवृद्धि निर्देशिका -२ तत्काल जारी गर्न महासंघ माग गरेको छ । मूल्यवद्धि नियन्त्रण र हालै जारी गरीएको बीमा सम्बन्धी निर्देशिका खारेज नभएमा निर्माण व्यवसायीहरू आफ्नो काम बन्द गरी आन्दोलनमा जाने चेतावनि समेत महासंघले दिएको छ । यसबाहेक निर्माण व्यवसायीमाथिका भौतिक आक्रमण, धाक धम्की, निर्माण उपकरणहरूमा गरिने आगजनी जस्ता घटनाले पनि उद्योगमा आहत परेको अवगत गराएको छ । अधिवेशन स्थल बाहिर निर्माण उद्योग सम्बन्धी विभिन्न संस्था एवं कम्पनीका ३० वटा स्टलहरू समेत रहनेछन् ।

सम्बन्धित सामग्री

तीनै प्रज्ञा प्रतिष्ठान पदाधिकारीविहीन

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानलगायत तीनै प्रज्ञा प्रतिष्ठान पदाधिकारीविहीन हुँदा पृथ्वी जयन्तीको कार्यक्रम कसरी मनाउने भन्ने छलफल सुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानले पृथ्वी जयन्तीका अवसरमा संयुक्तरूपमा सांस्कृतिक झाँकीसहित कार्यक्रम आयोजना गर्दै आएका छन् । नेपाल प्रज्ञामा मङ्सिर मसान्तमा सबै पदाधिकारीको […]

तीनै प्रज्ञा प्रतिष्ठान पदाधिकारीविहीन, पृथ्वी जयन्ती मनाउन छलफल

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानलगायत तीनै प्रज्ञा प्रतिष्ठान पदाधिकारीविहीन हुँदा पृथ्वी जयन्तीको कार्यक्रम कसरी मनाउने भन्ने छलफल सुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान

बाल प्रज्ञा-प्रतिष्ठान स्थापना गर्नुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बालसाहित्यको जगेर्ना गर्नका लागि बाल प्रज्ञा-प्रतिष्ठान स्थापना गर्नुपर्ने बताएकी छन् । राष्ट्रपति भवन शीतल निवासका ५८ औँ राष्ट्रिय बाल दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले बाल साहित्यसम्बन्धी छुट्टै बाल प्रज्ञा-प्रतिष्ठान बनाउने प्रक्रिया अघि बढाइएको जानकारी दिइन् ।  राष्ट्रपति भण्डारीले बाल प्रज्ञा-प्रतिष्ठान स्थापनका लागि नेपाल बाल सङ्गठनलगायत बालबालिकाका क्षेत्रमा काम गर्नेसँग छलफल […]

‘बाल प्रज्ञा प्रतिष्ठान’ बनाउने राष्ट्रपतिको चाहना

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बाल प्रज्ञा प्रतिष्ठान’ बनाउने चाहना व्यक्त गरेकी छन्। ५८ औँ राष्ट्रिय बाल दिवसको अवसर पारेर बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित बालबालिकाहरुसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले बालबालिकाहरुको साहित्य र कला प्रस्फुट्न गराउनका लागि छुट्टै प्रतिष्ठान बनाउने चाहना व्यक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले त्यसका लागि आफूले केही प्रयासहरु अगाडि बढाएको उल्लेख […]

‘बाल प्रज्ञा प्रतिष्ठान’ बनाउने राष्ट्रपतिको चाहना

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बाल प्रज्ञा प्रतिष्ठान’ बनाउने चाहना व्यक्त गरेकी छन् । ५८ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित बालबालिकाहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बालबालिकाहरूको साहित्य र कला प्रस्फुटन गराउनका लागि छुट्टै प्रतिष्ठान बनाउने चाहना व्यक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले त्यसका लागि आफूले केही प्रयासहरु अगाडि बढाएको उल्लेख गर्दै बालबालिकाको क्षेत्रमा काम गरिरहेका संस्थाहरुलाई पनि त्यसमा चासो राख्न आग्रह ग

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐनबारे स्रष्टाहरूको विमति

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन’बारे स्रष्टाहरुले विमति जनाएका छन् । कुलपति, सहकुलपति र सदस्य सचिवको मातहतमा रहेर उपकुलपतिले प्रज्ञा प्रतिष्ठानको व्यवस्थापकीय जिम्मेवारी सम्हाल्नु पर्ने तथा शैक्षिक योग्यता, उमेर, कार्यानुभवलगायतका अव्यवहारिक एवम् अमूर्त सीमा निर्धारण गरेर उपकुलपति चयन गर्ने प्रावधानप्रति आफूहरुको विमति रहेको उनीहरुले जनाएका छन् ।विज्ञप्ति जारी गर्दै स्रष्टाहरुले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको कुलपति, सहकुलपति, उपकुलपति र सदस्यस

कर्णाली प्रज्ञा प्रतिष्ठान विधेयक तर्जुमा गरिँदै

काठमाडौँ,१० भदौ । प्रदेश सरकारले कर्णाली प्रदेशसभामा विचाराधीन सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक अघि नबढाउने भएको छ । सरकारले नीति तथा कार्यक्रम, बजेट वक्तव्य, बजेट सुनिश्चिता, निरन्तरतालगायतको दायित्व र व्ययभारका दृष्टिले प्रस्तावित गैरसरकारी विधेयक अघि नबढाउने निष्कर्षमा पुगेको हो । प्रदेश सरकारले त्यसको विकल्पमा छाता विधेयकका रूपमा कर्णाली प्रज्ञा प्रतिष्ठान विधेयक तर्जुमाको गृहकार्य भइरहेको […]

भरतपुर महानगरमा प्रज्ञा प्रतिष्ठान गठन

भरतपुर महानगरमा प्रज्ञा प्रतिष्ठान गठन भएको छ । महानगर प्रमुख रेनु दाहालले प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूलाई शपथ खुवाएकी हुन् । प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नगर प्रमुख र प्रज्ञा सभा सदस्यहरूमा उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, एकजना वडा अध्यक्ष सहित तीनजना कार्यपालिका सदस्य र नगर शिक्षा अधिकारीसमेत गरी ३१ सदस्यीय प्रज्ञा सभा गठन भएको हो ।  गत पुस ८ गते सम्पन्न महानगरको दसौँ नगरसभाले भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान ऐन २०७८ पारित गरेसँगै प्रतिष्ठान गठन गर्ने कानुनी आधार खुलेक

गोरखा प्रज्ञा प्रतिष्ठान गठन हुँदै

गोरखा नगरपालिकाले गोरखा प्रज्ञा प्रतिष्ठान गठन गर्ने तयारी गरेको छ । गोरखाको कला, संस्कृति तथा गीत संगीतको जगेर्ना र विकास गर्ने उद्देश्यले नगरपालिकाले गोरखा प्रज्ञा प्रतिष्ठान गठन गर्न लागेको नगर...

जब प्रज्ञा प्रतिष्ठान पुगे प्रचण्ड...

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको आठौं महाधिवेशन प्रज्ञा प्रतिष्ठानमा हुँदैछ। शनिवारसम्म राष्ट्रिय सम्मेलन भनिरहेको माओवादीले एकाएक सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो। महाधिवेशनमा सहभागी हुन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रज्ञा प्रतिष्ठान पुगेका छन्। प्रतिष्ठानमा बिहानैदेखि माओवादी नेता कार्यकर्ताको घुइँचो लागेको छ। प्रचण्डको तस्विर र भिडियो खिच्न कार्यकर्ता…