भन्सार सहजीकरण गर्न नाडाले गर्‍यो अनुरोध

फागुन ९, काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा) ले  भन्सार सहजीकरणका लागि अनुरोध गरेको छ ।  नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सोमवार भन्सार विभागका नव नियुक्त महानिर्देशक कमल भट्टराईलाई भेटी भन्सार मूल्याङ्कनमा देखिएका विभिन्न समस्याहरु तथा भन्सार सम्बन्धी नीतिगत सुझावहरु पेश गरेकोे छ ।     सोही क्रममा अध्यक्ष थापाले नेपाल विश्व व्यापार संगठनको सदस्य भई सकेको अवस्थामा भन्सार मूल्याङ्कन सन्दर्भ सूचि नै खारेज गरी भन्सारमा मालवस्तुको यथार्थ घोषणा र सही बर्गिकरण गराई भन्सार मूल्याङ्कन पद्दतीलाई यथार्थ र कारोबार मूल्यमा आधारित बनाउने व्यवस्थाका लागि आवश्यक पहल गर्न आग्रह गरेको हो ।  त्यसैगरी नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सरकारले गरेको एम्बुलेन्सको बर्गिकरणमा केही परिमार्जन गर्न आवश्यक रहेको बताउँदै आयातित सवारी साधनहरुको भन्सार जाँचपासमा पनि ढीलाई भईरहेकोले त्यसको समाधान गर्न आग्रह गरे । त्यसैगरी अर्का उपाध्यक्ष सुनिल रिजालले एलसी खोलेर सामान आयात गर्दा समस्याहरु सृजना भएको भन्दै एउटै वस्तुमा भिन्न - भिन्न भन्सार कार्यालयहरुमा एचएस कोडको  परिभाषामा फरक पर्ने गरेको, ब्रेक लाइनिङ्ग जस्ता अत्यावश्यकीय वस्तुमा पनि शतप्रतिशत नगद मार्जिन राखि एलसी खोल्नु पर्ने नियमले व्यवसायीहरुलाई समस्या परेको बताए । उनले  न्यून विजकीकरण र अनधिकृत आयातबाट हुने समस्याहरुको निराकरणका ध्यानाकर्षण गराए त्यस्तै महासचिव सुरेन्द्र उप्रेतिले २०७३ असार २६ गते भन्सार विभाग र नाडा बीच भएको सहमति बारे जानकारी दिंदै विभागले अनलाइन पेमेण्टलाई मान्यता दिएसँगै नेपाल राष्ट्र बैंकको चेकलाई पनि मान्यता दिने व्यवस्थाका लागि आग्रह गरे । उनले नेपालमा ब्याट्री उत्पादनका सम्भावनाहरु बढदै गएको क्रममा सवै किसिमका सवारी साधनहरुमा प्रयोग हुने ब्याट्रीहरुको उत्पादनलाई प्रोत्साहित गर्न त्यसका लागि आवश्यक हुने सवै प्रकारका कच्चा पदार्थहरुमा एक प्रतिशत मात्र भन्सार महशुल लाग्ने व्यवस्था गर्न अनुरोध गरे ।  छलफलको क्रममा भन्सार विभागका महानिर्देशक भट्टराईले भन्सार विभागसँग विगतमा भएको सहमतिमा केही विषय संशोधन गर्नु परेमा दुवै पक्षको सहमतिमा संशोधन गर्न सकिने भन्दै प्राप्त सुझावहरुका विषयमा आवश्यक पहल गरिने बताए ।   छलफल तथा भेटघाटमा सचिव विक्रम सिंघानिया, सह- कोषाध्यक्ष पंकज अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति थियो ।   

सम्बन्धित सामग्री

तीन दिनदेखि भन्सार जाँच पास ठप्प

काठमाडौं, पुस २६ । ब्यापारमा सहजीकरण नभएको भन्दै ब्यापारीहरुले चीनबाट नेपाल ल्याईएका समाग्रीहरुको भन्सार जाँच पास नगर्दा तीन दिनदेखि रसुवा भन्सार कार्यालयमा भन्सार असुली ठप्प भएको छ । दैनिक करोडौ रुपैयाँ राजश्व असुली हुने यस भन्सार कार्यालयमा तीनदेखि ब्यापारीहरुको अनुपस्थितीले भन्सार असुली ठप्प भएको हो । चीनबाट नेपाल ल्याईएका समाग्रीहरुको भन्सार गर्दा सरकारी निकायले दुख […]

चीनसँगको व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीले चीनका लागि नवनियुक्त राजदूत विष्णु पुकार श्रेष्ठसँग भेटवार्ता गरेको छ ।राजदूत श्रेष्ठसँग भएको भेटका क्रममा नेपाल चीन व्यापार सहजीकरण गर्ने विषयमा छलफल भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । चीनका लागि नवनियुक्त राजदूत श्रेष्ठसँग चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीच भन्सार सहजीकरणमार्फत नेपालको निर्यात बढाउनुपर्नेमा जोड दिए ।नेपालबाट कृषि, […]

नयाँ भन्सार एजेन्ट रोक्न पुरानाको चलखेल

काठमाडौं, चैत १ ।दुई दशकदेखि आयातनिर्यातमा सहजीकरण गर्दै आएका भन्सार एजेन्टले विभिन्न अस्त्र प्रयोग गरेर नयाँ एजेन्ट नियुक्ति रोक्न चलखेल गरेका छन् । नयाँ एजेन्टले लाइसेन्स पाउँदा सिन्डिकेट तोडिने भएपछि परीक्षा रोक्न उनीहरूले लबिङ गरेका हुन्। दुई दशकदेखि नयाँ भन्सार एजेन्ट नियुक्त भएका छैनन् । विगतमा भन्सार एजेन्टहरू अर्थ मन्त्रालय र भन्सार विभागका अधिकारीलाई प्रभावित […]

सिन्डिकेट तोडिने भएपछि नयाँ भन्सार एजेन्ट रोक्न चलखेल

दुई दशकदेखि आयातनिर्यातमा सहजीकरण गर्दै आएका भन्सार एजेन्टले विभिन्न अस्त्र प्रयोग गरेर नयाँ एजेन्ट नियुक्ति रोक्न चलखेल गरेका छन् । नयाँ एजेन्टले लाइसेन्स पाउँदा सिन्डिकेट तोडिने भएपछि परीक्षा रोक्न उनीहरूले लबिङ गरेका हुन्।दुई दशकदेखि नयाँ भन्सार एजेन्ट नियुक्त भएका छैनन् । विगतमा भन्सार एजेन्टहरू अर्थ मन्त्रालय र भन्सार विभागका अधिकारीलाई प्रभावित पारेर नयाँ एजेन्टको परीक्षा रोक्न सफल भएका थिए । पछिल्लोपटक अर्थमन्त्री जनार्दन शर्मा परीक्षा लिएर नयाँ एजेन्ट नियुक्ति गर्ने अडानमा थिए । फागुन २८

देशभरका प्रमुख भन्सार नाकामा ‘भेहिकल स्क्यानर’ राखिँदै

सरकारले देशका प्रमुख व्यापारिक नाकामा भेहिकल स्क्यानर राख्ने तयारी गरेको छ । वैदेशिक व्यापार सहजीकरण तथा कर्मचारी र सेवाग्राहीको समय बचत लगायतमा सुधार ल्याउने लक्ष्यसहित स्क्यानर राखिने भएको हो । हालसम्म कुनैपनि भन्सार नाकामा भेहिकल स्क्यानर छैन ।विरगञ्ज भन्सार नाकामा चीन सरकारले दशक अघि अनुदानमा दिएको स्क्यानर अलपत्र छ । चीनले स्क्यानर दिएपनि त्यसलाई चलाउने दक्ष जनशक्ति नहुँदा अलपत्र परेको हो । उक्त स्क्यानर सञ्चालन गर्ने लक्ष्यसहित दुई जना कर्मचारीलाई चीन प्रशिक्षण पठाइएको समेत थियो । तर, प्रश

भन्सार जाँचपासमा सहजीकरण गर्न विभागलाई चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्शले भन्सार विभागलाई भन्सार जाँचपासमा सहजीकरण गर्न अनुरोध गरेको छ । भन्सार कार्यालयमा मालसामानका गाडी अड्किएको गुनासो आएपछि चेम्बरले छिटोभन्दा छिटो जाँचपास गर्न अनुरोध गरेको हो ।साथै, भन्सार विभागले न्यून विजिकरणलाई हतोत्साही गरी वास्तविक बिललाई प्रोत्साहन गर्न परिपत्र गरेपनि वास्तविक बिलमा कारोबार गर्ने आयातकर्तालाई बाधा नहुने गरी नीति बनाउन समेत अनुरोध गरेको छ ।चोरी पैठारी र गैरकानूनी कारोबार गर्नेलाई कडा कारबाही गरी भन्सार छली हुने वस्तुको पहिचान गरी वस्तुहरु भन्सार नाकाबाट

भन्सार सहजीकरण गर्न विभागलाई चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कर्म (एनसीसी) ले भन्सारमा सहजीकरण गर्न भन्सार विभागलाई विभिन्न सुझाव दिएको छ । चेम्बरको कर, राजश्व तथा भन्सार समितिले विभागका महानिर्देशक नाराणयप्रसाद सापकोटालाई लिखित सुझाव दिएको हो ।पछिल्लो समय विभिन्न भन्सार कार्यालयमा मालसामान सरल र सहज तवरले जाँचपास नभई मालसामानका गाडीहरू ‘क्यु’ मा रहेको र भन्सार कार्यालयहरूमा पर्याप्त मात्रामा कर्मचारी समेत नरहेको भन्ने गुनासो आइरहेको चेम्बरले पत्रमा उल्लेख गरेको छ । विभागले न्यून विजकीकरणलाई हतोत्साही गरी वास्तविक बिललाई प्रोत्

सहजै भन्सार जाँच पासको व्यवस्था मिलाउन विभागलाई नाडाको आग्रह

नाडा अटोमोबाइल्स नेपालले भन्सार विभागका महानिर्देशकलाई भन्सार जाँच पासमा सहजीकरण गरिदिन अनुरोध गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको टोलीले विभागका महानिर्देशक नारायणप्रसाद सापकोटालाई यस्तो आग्रह गरेको हो । विभागले हालसालै जारी गरेको भन्सार निर्देशक लगायतका विषयमा समेत छलफल भएको नाडाले जानकारी दिएको छ । उक्त भेटमा अध्यक्ष दुलालले नाडाले स्वच्छ व्यवसायमा विश्वास राख्दै आएको भन्दै नेपालको अटोमोबाइल क्षेत्र राज्यलाई सर्वाधिक राजश्व बुझाउने क्षेत्र भएको बताए ।छलफलको क्रममा