कवाड व्यवसायीद्वारा कवाड कर खारेजीको माग, 'सरकारले करमाथि कर थुपारेर विस्थापित गराउन खोज्यो'

चितवन । कवाड व्यवसायी संघ, चितवनले स्थानीय सरकारले लगाएको कवाड कर खारेजीको माग गरेको छ । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षबाट कवाड कर लगाउन ठेक्का आह्वान गरिसकेको छ भने जिल्लाका अन्य पालिकाले कवाड कर लगाउँदै आएका छन् । संघले सोमवार सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी महानगरलाई कवाड कर नलगाउन र कवाड कर लिँदै आएका पालिकामा खारेज गर्न माग गरेको हो ।  सरकारलाई व्यवसाय र घर बहाल कर तिर्दै आएका कवाड व्यवसायीहरूले आफूहरू दोहोरो करको मारमा परेको भन्दै कवाडजन्य वस्तुमा लगाउँदै आएको कर खारेजीको माग गरिएको संघका अध्यक्ष नारायणसिंह गुरूङले जानकारी दिए । ‘भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८०÷०८१ बाट कवाडजन्य वस्तुमा कर लगाउन सूचना जारी गरेको छ,’ उनले भने, ‘यो हामीलाई मान्य हुँदैन ।’  उनले करमाथि कर थुपारेर स्थानीय सरकारले व्यवसायीलाई विस्थापित गराउन खोजेको आरोप लगाए । ‘हामीले मिडियामार्फत स्थानीय सरकारलाई कवाडजन्य वस्तुमा लगाउँदै आएको कर खारेजीका लागि आग्रह गरेका छौं,’ अध्यक्ष गुरूङले भने, ‘हाम्रो आग्रहलाई बेवास्ता गरिए आन्दोलनमा उत्रिने छांै ।’ संघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार शाहले कवाड करमा ठेकेदारी प्रथाले व्यवसायी थप मारमा परेको बताए । स्थानीय सरकारले ठेक्का आह्वान गर्ने र ठेकेदारमार्फत कर उठाउने प्रक्रिया गलत रहेको उनको भनाइ छ । ‘हामीले व्यवसाय र घर बहाल कर इमानदारिताका साथ तिरेका छौं,’ उनले भने, ‘कवाडजन्य वस्तुमा समेत कर लगाएर स्थानीय सरकारले हामीलाई विस्थापित गराउने भए ।’ स्थानीय सरकारले कवाडजन्य वस्तुको प्रकारअनुसार प्रतिकिलो एक रुपैयाँदेखि पाँच रुपैयाँसम्म कर लिँदै आएको छ । यसैबीच संघले सोमबार १६औं स्थापना दिवस मनाएको छ । मानवसेवा आश्रममा आश्रित ७० जनालाई भोजन गराएर र कवाड कर खारेजीको माग गर्दै स्थापना दिवस मनाइएको संघका कोषाध्यक्ष चन्द्रप्रसाद पोखरेलले जानकारी दिए । स्थापना दिवसको अवसरमा सौराहामा एक औपचारिक कार्यक्रमको आयोजना गरी व्यावसायिक सुरक्षाको विषयमा समेत छलफल गरिएको संघका सहकोषाध्यक्ष अमित सिंहले जानकारी दिए ।

सम्बन्धित सामग्री

भारतको विद्युतीय कर परीक्षण

करदाता र कर अधिकृतको भौतिक सम्पर्कले पहिलो पक्षले आफ्नो कर दायित्व कम गर्न खोज्ने र दोस्रो पक्षले अधिकार दुरुपयोग गरी व्यक्तिगत लाभ लिन सक्ने कारणले कर प्रशासनमा भ्रष्टाचार मौलाउने विश्वव्यापी मान्यताअनुरूप धेरै देशका कर प्रशासनहरूले यी दुई पक्षको बीचमा भौतिक रूपमा भेटघाट कम गराउन विभिन्न उपाय अपनाउँदै आएका छन् । विशेष गरेर कर विवरण बुझाउँदा, […]

संस्थागत घरबहाल कर महानगरलाई उपलब्ध गराउन मेयर शाहले गरे पत्राचार

काठमाडौँ – आफ्नो क्षेत्राधिकारभित्र पर्ने संस्थागत घरबहाल कर सङ्घीय सरकारअन्तर्गतको आन्तरिक राजस्व विभागले उठाइरहेकाले आफूलाई उपलब्ध गराउन मागसहित काठमाडौँ महानगरपालिकाले पत्राचार गरेको छ। महानगरका प्रमुख बालेन्द्र शाहले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई पत्र लेख्दै संविधान र कानुनले बहाल करलाई स्थानीय सरकारको अधिकारमा राखेकामा व्यक्तिगत घरबहाल कर महानगरले उठाइरहेको तर संस्थागत घरबहाल कर विभागले उठाइरहेको […]

करदातालाई कर बुझाउन आग्रह

स्थायी लेखा नम्बर लिएका  करदातालाई निर्धारित समयसीमाभित्रै कर दाखिला गर्न आग्रह गरिएको छ । स्थानीयस्तरमै करदातालाई प्रशिक्षण दिई समयमै कर असुली गराउने उद्देश्यले आन्तरिक राजस्व कार्यालय बालाजुद्वारा आयोजित कर प्रशिक्षण कार्यक्रममा सो अनुरोध गरिएको हो ।रसुवामा स्थायी लेखा नम्बर लिएपछि विवरण नबुझाइ तोकिएको शुल्कसमेत नतिर्ने बढ्न थालेको जनाउँदै त्यस्ता कार्यलाई निरुत्साहित गराउन मङ्गलबार कार्यालयले करदाता शिक्षा कार्यक्रम आयोजना गरेको थियो ।कार्यक्रममा रसुवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुप्स

निर्धारित समयसीमाभित्रै कर दाखिला गर्न आग्रह

रसुवा – स्थायी लेखा नम्बर लिएका करदातालाई निर्धारित समयसीमाभित्रै कर दाखिला गर्न आग्रह गरिएको छ। स्थानीयस्तरमै करदातालाई प्रशिक्षण दिई समयमै कर असुली गराउने उद्देश्यले आन्तरिक राजस्व कार्यालय बालाजुद्वारा आयोजित कर प्रशिक्षण कार्यक्रममा सो अनुरोध गरिएको हो। रसुवामा स्थायी लेखा नम्बर लिएपछि विवरण नबुझाइ तोकिएको शुल्कसमेत नतिर्ने बढ्न थालेको जनाउँदै त्यस्ता कार्यलाई निरुत्साहित गराउन मङ्गलबार कार्यालयले […]

‘नालापानी’ फिल्मलाई कर छुट गराउन पहल

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको नेपाल–अङ्ग्रेज युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गर्नुभएका वीर बलभद्र कुँवरको लडाइँमा आधारित रहेर निर्माण गरिएको ‘नालापानी’ लाई कर छुट गराउन पहल सुरू भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालसँग भेट गर्दै कर छुट प्रदान गर्ने व्यवस्था मिलाउन …

कर कटौती गरेर सहुलियतमा इन्धन उपलब्ध गराउन सरकारसँग नेता पौडेलको माग

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले कर कटौती गरेर सहुलियत दरमा इन्धन उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। इन्धन करमा केही कटौती गरेरै भए पनि तत्काललाई सहुलियत दरमा इन्धन उपलब्ध...

कर कटौती गरेर भएपनि सहुलियत दरमा इन्धन उपलब्ध गराउन नेता पौडेलको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कर कटौती गरेर सहुलियत दरमा इन्धन उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ । सामाजिक सञ्जाल ट्वीटर मार्फत मंगलबार नेता पौडेलले इन्धन करमा केही कटौती गरेरै भए पनि तत्काललाई सहुलियत दरमा इन्धन उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको हो । उहाँले मूल्यवृद्धी नियन्त्रण गर्न सरकारको ध्यान जान जरूरी रहेको पनि […]

विज्ञापन कर नबुझाउने २६ कम्पनीविरुद्ध मुद्दा

वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र विज्ञापन कर सङ्कलनको जिम्मेवारी पाएको एक कम्पनीले कर नतिर्ने २६ कम्पनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।  सहारा निर्माण सेवा, वीरेन्द्रनगर–७ ले मुलुकी देवानी संहिता २०७४ को दफा ६६९ बमोजिम विज्ञापन राख्ने व्यवसायीबाट तिर्न बुझाउन बाँकी करको दायित्व वहन गराउन माग गर्दै फिराद पत्र दायर गरेको हो । फिराद पत्रमा विपक्षीबाट रु ३३ लाख ३० हजार ८२० असुल गराउन माग गरिएको छ । नगरपालिका र सहारा निर्माण सेवाबीच विसं २०७७ असोज ४ गते विज्ञापन कर सङ्