काठमाडाैँ- महोत्तरीको मनरासिस्वा नगरपालिका-५ स्थित नेपाल-भारत सीमा नजिकबाट प्रहरीले भारत लैजान लागेको १८ लाखको मदिरा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय कटैया गाउँमा सीमापारि चोरी तस्करी गर्ने उद्देश्यले लुकाइछिपाइ भण्डार गरी राखिएको मदिरा गए राति प्रहरीले बरामद गरेको हो। छ सय ६७ कार्टुनमा प्याक गरी राखिएको विभिन्न प्रकारको […]