विराटनगर । बिहीबार प्रदेश १ का बिभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
बिहीबार दिउँसो पौने ११ बजे मोरङ बुढीगंगा गाउँपालिका ३ कोशीराजमार्गमा बा ११ च १५७१ नम्बरको कार आफै अनियन्त्रित भई रोडको साईडमा रहेको बिजुलीको पोलमा ठोकिदा कार चालक मोरङ बेलबारी १ का ३८ बर्षीय बाबुराम कार्की, कारमा सवार ४३ बर्षीया गिता लिम्बु, ३० बर्षीया चन्द्रकला राई र ५५ बर्षीया कानी धिमाल घाईते भएका छन् ।