विराटनगर । प्रदेश १ मा पनि कोराना संक्रमणको गति तिव्र भएको छ । संक्रमित भरिभराउ हुन थालेपछि अस्पतालले बिरामी फर्काउन थालेका छन् । शनिबार साँझसम्म बिरामीले अस्पताल भरिएका छन् । अस्पतालमा बेड अभाव हुँदा साँझबाट संक्रमितलाई फर्काउन थालिएको छ । विराटनगरको नोबेल अस्पतालको कोभिड युनिटमा सबै बेड भरिएकाले साँझबाट अस्पतालले बिरामी लिन छाडेको छ । कुल १ सय बेडको कोभिड युनिटमा ९९ जना संक्रमित भर्ना भएका छन् । ‘कोभिड युनिट एकसय क्षमताको छ, त्यसमा एउटा बेड बिग्रिएको छ, बेड अभावमा