एमसीसीले गठबन्धन धरापमा, जनमोर्चा आन्दोलनमा लाग्यो

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने नीति अगाडि सारेसँगै सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूबीच विवाद शुरु भएको छ । प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्न चासो देखाएपछि सत्तारूढ गठबन्धनकै दलहरूबीच असन्तुष्टि शुरु भएको हो । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी अहिलेकै अवस्थामा एमससीसी अनुमोदन गर्न नहुने अडानमा रहेका छन् । सत्ता गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चाले एमसीसी पारित गर्न नहुने भन्दै देशव्यापी विरोध प्रदर्शनको कार्यक्रम घोषणासमेत गरेको छ ...

सम्बन्धित सामग्री

सत्ता गठबन्धन जोगाउनुपर्ने भन्दै जनमोर्चा आन्तरिक छलफलमा

काठमाडौँ – राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धन जोगाउनुपर्ने भन्दै आन्तरिक छलफलमा जुटेको छ। कांग्रेस नेतृत्वको गठबन्धनको सरकार गठन गर्ने गृहकार्यमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्टि राखेर एमालेसँग तालमेलको लागि प्रयास भइरहँदा जनमोर्चा भने सत्ता गठबन्धन फुट्न नहुने भन्दै छलफल गरिरहेको छ। प्रतिनिधिसभामा जनमोर्चाको एक सिट मात्रै छ। स्थानीय तह निर्वाचन र आम निर्वाचनमा जनमोर्चा सत्ता […]

गठबन्धन सही थियो भन्ने पुष्टि भयो : राष्ट्रिय जनमोर्चा

१० जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलबीच भएको गठबन्धन सफल भएको निष्कर्ष निकालेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालयको विस्तारित बैठकले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन नेकपा एमालेलाई परास्त गर्न सफल भएको निष्कर्ष निकालेको हो । बैठकपछि अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘… प्रतिगमनका विरुद्ध हाम्रो पार्टीसहितले […]

बुटवलमा अन्तत: सत्तारुढ गठबन्धन एकै ठाउँमा

बुटवल – बुटवल उपमहानगरमा सत्तारुढ गठबन्धनका दलहरू एकैठाउँ उभिएका छन्। जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका गठबन्धन भन्दा बाहिर गएर दिएका उमेदवारले उमेदवारी फिर्ता लिएका हुन्। जनता समाजवादी पार्टीले प्रमुख र उपप्रमुखमा दिएको उम्मेदवारी फिर्ता लिएको छ। यसअघि गठबन्धनमा सहमति नहुँदा प्रमुख, उपप्रमुख सहितका पदहरुमा उम्मेदवारी दिएको समाजवादीले केन्द्रमा भएको सहमतिको पालना गर्दै […]

प्युठानको झिमरूकमा एमाले र माओवादीबीच गठबन्धन

प्युठानको झिमरुक गाउँपालिकामा सत्ता गठबन्धनभित्रै कुरा नमिलेपछि नेकपा एमाले र नेकपा माओवादीबीच चुनावी गठबन्धन हुने भएको छ । गाउँपालिका अध्यक्षलाई लिएर माओवादी र राष्ट्रिय जनमोर्चा सहमति नभएपछि एमाले माओवादी गठबन्धन हुन पुगेको हो ।एमाले माओवादी गठबन्धनबाट माओवादी नेता पितबहादुर एमसी अध्यक्ष र एमालेबाट हुकुमबहादुर खड्का उपाध्यक्षमा उठ्ने भएका छन् । दुई दलबीच भएको सहमतिलाई गोप्य राखिएको छ ।यस्तै जनमोर्चा र काँग्रेसबीच  तालमेल भएपछि जनमोर्चाबाट अध्यक्षमा टिकाबहादुर जिसी उपाध्यक्षमा काँग्रेसका प

जनमोर्चा गठबन्धनबाट बाहिरिए गण्डकी सरकारको भविष्य के होला ?

पर्वत : अमेरिकी सहयोग परियोजना जालझेल गरेर अनुमोदन गरेको भन्दै राष्ट्रिय जनमोर्चा पाँच दलीय सत्ता गठबन्धनबाट बाहिरिने निर्णय गरेको छ। राष्ट्रिय जनमोर्चा बाहिरिएसँगै यसको तरङ्गले गण्डकी प्रदेश सरकारलाई पहिले छुन्छ।गण्डकी प्रदेशका वर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेललाई मुख्यमन्त्री बनाउने बेलामा निर्णायक भूमिकामा रहेको दल नै जनमोर्चा थियो। केन्द्रीय गठबन्धन तोडेको बेलामा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्ने बारेमा भने जनमोर्चाले आधिकारिक धारणा सार्वजनिक गरेको छैन। यद्यपि गण

पाँच दलीय गठबन्धनबाट जनमोर्चा अलग

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गरिएपछि सत्तारूढ पाँच दलीय गठबन्धन फुटेको छ । राष्ट्रिय जनमोर्चाले पाँच दलीय गठबन्धनबाट अलग भएको निर्णय गरेको हो । सोमबार बसेको जनमोर्चा केन्द्रीय सचिवालय बैठकले पाँच दलीय गठबन्धनबाट अलग हुने निर्णय गरेको हो । गठबन्धनबाट अलग भएको घोषणा गरेको जनमोर्चाले देशव्यापी […] The post पाँच दलीय गठबन्धनबाट जनमोर्चा अलग appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमसीसीका नाममा गठबन्धन भत्काउने प्रयास हुँदैछ : पौडेल

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले मिलिनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) को नाममा गठबन्धन भत्काउने प्रयास भइरहेको बताएकी छन् । राष्ट्रिय जनमोर्चा बागमती प्रदेशको प्रथम सम्मेलनलाई आज सम्बोधन गर्दै उनले विपक्षी दलका केही नेताहरु गठबन्धन भत्काउन लागि परेको बताइन्। “विपक्षी दलका केही नेताहरु सत्तारुढ दलका नेताहरुलाई बारम्बार भेटेर एमसिसी पारित गर्ने र गठबन्धन भत्काउने प्रयास गर्दैछन्, यसमा गठबन्धन सचेत हुनु जरुरी छ”, उनले भनिन् । दुई÷दुई पटक संसद् विघटन गरेको एमालेले पाँच दलीय गठबन्धन भत्क...

पाँच दलीय गठबन्धन फुटाउने षडयन्त्र भैरहेको छ : राष्ट्रिय जनमोर्चा

राष्ट्रिय जनमोर्चाले ५ दलीय गठबन्धनको निरन्तरतामा जोड दिएको छ । सो पार्टीको कार्तिक ३० गते बुटवलमा सम्पन्न केन्द्रीय समिति बैठकले देशमा प्रतिगमनको खतरा कायमै रहेको निष्कर्ष निकाल्दै ५ दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको हो ।बैठकले ५ दलीय गठबन्धन टुटाउन एमाले, भारतीय, अमेरिकी साम्राज्यवाद तथा राजावादी शक्तिहरु निरन्तर लागिरहेको निष्कर्ष समेत निकालेको छ ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गर्दै गठबन्धन टुटाउन देशी वि

पाँच दलीय गठबन्धन आउँदो चुनावसम्म : राष्ट्रिय जनमोर्चा

२३ कात्तिक, काठमाडौं । राष्ट्रिय जनमोर्चाले अहिलेको सत्तारुढ गठबन्धन आगामी चुनावसम्म निरन्तर लैजानुपर्ने बताएको छ । उपाध्यक्ष दुर्गा पौडेलले मंगलबार एक विज्ञप्ति जारी गरी नेकपा एमालेले प्रतिगमनलाई मद्दत पुग्ने, राष्ट्रियतामाथि आघात पुर्‍याउने तथा देशलाई अधिनायकवादतिर लैजाने दृष्टिकोणले संविधानमा संशोधन गर्न प्रयत्न गर्ने सम्भावना भएको भन्दै गठबन्धनलाई चुनावसम्म कायम राख्नुपर्ने बताएकी छन् । सोमबार सत्तारुढ गठबन्धनमा […]