नेपाल वेयर हाउजिड्ग कम्पनीलाई आइपिओ निष्काशन गर्न अनुमति

नेपाल वेयर हाउजिड्ग कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

सम्बन्धित सामग्री

मोदी इनर्जी, सोनापुर मिनरल्स र मेन्छियाम हाइड्रोले मागे आईपिओ निष्काशन अनुमति

थप  ३ वटा कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । मोदी इनर्जी लिमिटेड, सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेड र मेन्छियाम हाइड्रोपावर पावरले आईपिओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका हुन् ।मोदी इनर्जी लिमिटेडले ७२ करोड ५० लाख रुपैयाँ बराबरको ७२ लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो। कम्पनीले शेयर निष्काशनको लागि सनराइज क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले भदौ ३१ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले पर्वतमा २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस कम्पनीमा हाइड्रो सोलुसन ग्रुप, केएल दुगर ग्रुप, मुरारका ग्रुप्, शंकर ग्रुप र देबेन्द्र ग्रुपको लगानी छ । त्यस्तै सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेडले १ अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले आसोज ४ गते बोर्डमा आवेदन दिएको हो । दाङ जिल्लामा अवस्थित यस कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो । त्यस्तै मेन्छियाम हाइड्रोपावरले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गर्नको लागि बोर्डमा आवेदन दिएको हो । कम्पनीले शेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले साउन १८ गते नै बोर्डमा आवेदन दिएको भए पनि असोज ९ गते विद्युत नियमन आयोगबाट स्वीकृति लिएको हो । बोर्डबाट अनुमति पाएपछि यी कम्पनीले आइपिओ निष्काशन गर्ने छन् ।

उपकार लघुवित्तले पायो आईपिओ निष्काशन अनुमति

उपकार लघुवित्तले आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले चैत्र ७ गते सोमबार कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो ।कम्पनीले  प्रति शेयर १०० अंकित दरका २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २ सय ५० कित्ता आइपिओ निष्काशन गर्न  अनुमति पाएको हो  ।  कम्पनीले आईपिओ निष्काशन गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ।कम्पनीको मुख्य कार्यालय बाँकेमा रहेको छ ।

सुपर माई हाइड्रो र सान्जेन जलविद्युतले मागे आईपिओ निष्काशन अनुमति

सुपर माई हाइड्रोपावर लिमिटेड र सान्जेन जलविद्युतले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । दुवै कम्पनीले मङ्सिर २० गते बोर्डमा आवेदन दिएका हुन् । सुपर माईले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले इलाममा ७.६ मेगावाटको सुपर माई हाइड्रोपावर योजना निर्माण सम्पन्न गरि १ वर्षदेखि विद्युत उत्पादन गरिरहेको छ । यो आयोजना लक्ष्य भन्दा २२ महिना अगाडी नै सम्पन्न भएको थियो । त्यस्तै सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो ।  शेयर निष्काशनको लागि नागरिक लगानी कोष बिक्रि प्रबन्धक रहेको छ ।  कम्पनीले यस अघि नै सर्वसाधारणलाई आईपिओ निष्काशन गरिसकेको छ । तर आयोजना प्रभावित स्थानीयलाई भने शेयर निष्काशन गरिएको थियो ।  सान्जेनले  ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माण गरिरहेको  छ । माथिल्लो सान्जेनको बाँध, बालुवा थिग्य्राउने पोखरी, सुरुङलगायतका सिभिल संरचनाको निर्माण र गेट, पेनस्टक पाइपजस्ता हाइड्रोमेकानिकल उपकरणहरु जडान  सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण प्रगति ९१ प्रतिशत छ ।माथिल्लो सान्जेनको क्यासकेडको रुपमा रहेको सान्जेनको सुरुङ,सर्जट्याङ खन्ने कार्य सम्पन्न भई त्यसलाई अन्तिम रुप दिने काम भइरहेको छ । विद्युतगृहका उपकरण रहने संरचनाहरुको निर्माण सम्पन्न भइसकेको छ । सान्जेनको समग्र निर्माण प्रगति ८३ प्रतिशत छ । बोर्डबाट अनुमति पाएपछि यी कम्पनीले आइपिओ निष्काशन गर्ने छन् ।

धितोपत्र बोर्डद्वारा सामलिङ पावर कम्पनीलाई आइपिओ निष्काशनका लागि अनुमति

काठमाडौँ / नेपाल धितोपत्र बोर्ड (सेवन)ले सामलिङ पावर कम्पनीलाई आइपिओ निष्काशन गर्न अनुमति दिएको छ

मैलुङ खोला जलविद्युतले पायो आईपीओ निष्काशनको अनुमति

मैलुङ खोला जलविद्युत आयोजनाले आईपीओ निष्काशनको अनुमति पाएको छ । कम्पनीले २०७४ माघ १८ गते आइपिओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । आजै मात्र यसमो आइपिओ निष्काशनका लागि अनुमति दिइएको नेपाल धितोपत्र बोर्डका सहप्रवक्ता रुपेश केसीले बताए । मैलुङले ७ लाख ३६ हजार २ सय ८६ कित्ता निष्काशनको लागि अनुमति मागेको थियो । सय रुपैयाँ अंकित दरमा यसले ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्नेछ । यसको बिक्रि प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।&nb

जीवन विकास लघुवित्तले आइपिओ निष्काशन गर्ने

जीवन विकास लघुवित्तले आइपिओ निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डबाट जीवन विकासले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आइपिओ निष्कासनका लागि  अनुमति पाएको हो । यस लघुवित्तले प्रतिसेयर १ सय रुपैयाँ दरको १९ लाख ७७ हजार ३ सय कित्ता आइपिओ बिक्री गर्न अनुमति पाएको हो । यस आइपिओलाई इक्रा नेपालले आइआर ‘बीबीबी’ माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । यसको बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । जीवन विकासले अब

मध्य भोटेकोशीले आइपिओ ल्याउन अनुमति पायो

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले आइपिओ निष्काशन गर्ने अनुमति पाएको छ ।  नेपाल धितोपत्र बोर्डले १ करोड ५० लाख कित्ता आइपिओ जारी गर्ने अनुमति दिएको हो ।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आइपिओ ल्याउन अनुमति पाएको हो । यसमध्ये स्थानीय बासिन्दाको लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता (१० प्रतिशत) र सर्वसाधारणले ९० करोड रुपैयाँको ९० लाख कित्ता (१५ प्रतिशत) सेयर पाउनेछन् ।यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापि

तीनवटा कम्पनीले आइपिओ ल्याउन बोर्डसँग मागे अनुमति

काठमाडौं । सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग गर्न दुई लघुवित्त र एक हाइड्रोपावर कम्पनी नेपाल धितोपत्र बोर्ड पुगेका छन ।  मनकामना लघुवित्तले ३ लाख ८९ हजार कित्ता आईपीओ निष्काशन गर्न माग गरेको छ । उक्त लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । यसले सय रुपैयाँ अंकित...