उपकार लघुवित्तले चैत्र २५ गतेदेखि आईपिओ निष्काशन गर्ने, २२ हजार जनाले मात्र पाउँछन् शेयर

उपकार लघुवित्तले चैत्र २५ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ  । कम्पनीले  प्रति शेयर १०० अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २ सय ५० कित्ता आइपिओ निष्काशन गर्न लागेको हो  । जस मध्ये ०.५ प्रतिशत अर्थात् ३ हजार २ सय ८१ कित्ता शेयर कर्मचारीहरुको लागि छुट्याईएको छ भने ५ प्रतिशत अर्थात् ११ हजार ८ सय १३ कित्ता शेयर समुहिल लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । बाँकि रहेको २ लाख २१ हजार १ सय ५६ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । यस निष्काशनमा चैत्र २९ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि दिन सकिने छ । कम्पनीले आईपिओ निष्काशन गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ। नेपाल धितोपत्र बोर्डले चैत्र ७ गते सोमबार कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो । कम्पनीको मुख्य कार्यालय बाँकेमा रहेको छ ।  यो लुम्बिनीमा रहेको प्रादेशिकस्तरको लघुवित्त हो । 

सम्बन्धित सामग्री

बैंक अफ काठमाण्डूको ऋणपत्र भदौ २ देखि निष्काशन, १०.५ प्रतिशत ब्याज

बैंक अफ काठमाण्डू (बिओके)ले भदौ २ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ  । बैंकले अंकित मूल्य १००० दरको १ अर्ब १० करोडले हुन आउने ११ लाख कित्ता ऋणपत्र निष्काशन  गर्न लागेको हो । ११ लाख कित्ता मध्ये ४ लाख ४० हजार कित्ता सर्बसाधारणलाई र ६ लाख ६० हजार कित्ता ब्यतिगत तबर बाट बिक्रि हुने छ । सर्बसाधारणलाई बिक्रि हुने ४ लाख ४० हजार कित्ताबाट २२ हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषलाई छुट्याईएको छ ।  यस ऋणपत्रमा छिटोमा भदौ ७ गते र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा भदौ १६ गतेसम्म आवेदन दिन सकिने छ  ।  आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । ७ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.५ प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

जाल्पा सामुदायिक लघुवित्तको आइपिओ बाँडफाँट

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा आज शेयर बाँडफाँट भएको हो । बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्काशन गरेको आइपिओमा कूल २७ लाख नौ हजार ८५५ जनाले तीन करोड ३१ लाख ४७ हजार १५० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए । आवेदन दिएकामध्ये एक लाख २२ हजार ४४३ जनाको आवेदन रद्द भएको र बाँकी २५ लाख ८७ हजार ४१२ योग्य आवेदकम

आईपीओमा आवेदनकाे नयाँ रेकर्ड, जाल्पामा पर्‍यो यति धेरैको आवेदन

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले शुक्रवारदेखि निष्काशन गरेको आईपीओमा साढे २६ लाख भन्दा बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार साँझ ५ बजेसम्ममा २६ लाख ५९ हजार ५४० जना आवेदक बाट ३ अर्ब २५ करोड २० लाख ५८ हजार रुपैयाँ बराबरको ३ करोड २५ लाख २० हजार ५८० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई छुट्टाएको ४ लाख ८७ हजार ९०० कित्ताको ६६.६५ गुणाले बढी हो । लघुवित्तले माघ २१ गते देखि ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको हो । त्यसमध्ये ०.५ प्...

जाल्पा सामुदायिकको आईपीओमा ६८ गुणा बढी आवेदन

२५ माघ, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक निष्काशनमा अन्तिम दिन ६७.८६ गुणाले ओभर सब्सक्राइब भएको छ । प्राप्त आवेदनको हिसाबले यो निष्काशनमा अहिले सम्मकै सर्वाधिक आवेदन प्राप्त भएको हो । निष्काशन गरिएको ५ लाख २२ हजार साधारण कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ०.५ प्रतिशत छुट्याई बाँकी रहेको […]

जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा यति धेरै आवेदन, कति पर्‍यो अहिलेसम्म ?

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओमा साढे १७ लाख भन्दा बढीको आवेदन गरेको छ । आइतवार साँझ ५ बजेसम्ममा लघुवित्तको आईपीओमा १७ लाख ५४ हजार ५१७ जनाले २ अर्ब १७ करोड ४९ लाख ४९ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख ४९ हजार ४९० कित्ता शेयरको लागि आवेदन गरेको सिडिएस एण्ड क्लियरिङ्गले जनाएको छ । यो सर्वसाधारणलाई छुट्टाएको ४ लाख ८७ हजार ९०० कित्ताको ४४.५७ गुणाले बढी हो । लघुवित्तले माघ २१ गतेदेखि ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको हो। त्यसमध्ये ०.५...

आजदेखि जाल्पा लघुवित्तको आइपीओ सर्वसाधारणको लागि विक्री खुला

काठमाडौं, २१ माघ । आजदेखि जाल्पा सामुदायिक लघुवित्तले ५ लाख २२ हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले शुक्रबार माघ २१ गतेदेखि १ सय रुपैयाँ अङ्कित दरमा ५ करोड २२ लाख रुपैयाँ बराबरको आइपीओ साधारण शेयर विक्री गर्दैछ । कम्पनीले जम्मा निस्कासन गर्ने शेयरमध्ये ८ हजार कित्ता शेयर कर्मचारीहरु, सर्वसाधारणलाई छुट्याइएको शेयर मध्येको […]

भोलिदेखि जाल्पा सामुदायिक लघुवित्तको आईपीओ निष्काशन हुने

काठमाडौँ। भोलि शुक्रबारबाट जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले साधरण सेयर आईपीओ निष्काशन गर्ने भएको छ। संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो।

जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि आईपिओ निष्काशन गर्ने

जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो। जस मध्ये ८ हजार कित्ता शेयर कम्पनीको कर्माचारीहरुको लागि छुट्याईएको छ भने २६ हजार १ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ४ लाख ८७ हजार ९ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आईपिओमा माघ २५ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५ हजार २ सय २० कित्ताको लागि दिन सकिने छ । तर यो आईपिओ गोलाप्रथाबाट ४८ हजार ७ सय ९० जनाले मात्र पाउने भएकोले १० कित्त्ता भन्दा बढीको लागि आवेदन दिनु उपयुक्त हुने छैन । कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस लघुवित्तको केन्द्रिय कार्यालय कास्कीमा रहेको छ ।

जाल्पा सामुदायिक लघुवित्तले आईपीओ निष्कासन गर्न बोर्डमा दियो निवेदन

काठमाडौं, १० साउन । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले असार २० गते ५ लाख २२ हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीले आईपीओ निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । संस्थाले आईपीओ निष्काशन गर्नका लागि इक्रा नेपालमा रेटिङ गराएको छ […]