गौरीफन्टा नाका स्तरोन्नति चुनावी मुद्दामै सीमित

अन्तर्राष्ट्रिय नाका बनाउने भन्दै राजनीतिक दलले आफ्नो घोषणापत्रमा दोहो-याउँदै आएको गौरीफन्टा नाकाको स्तरोन्नति चुनावी एजेन्डामा मात्रै सीमित रहेको छ। दलहरूले नाका स्तरोन्नति गर्न पहल गर्ने प्रतिबद्धता जनाउँदै जनतासँग भोट माग्दै आए पनि यो नाका अहिलेसम्म अन्तर्राष्ट्रिय नाकामा परिणत हुन सकेको छैन। ११७ वर्ष पुरानो गौरीफन्टा नाका सुदूरपश्चिम प्रदेशको व्यापारिक केन्द्र धनगढीसँग जोडिएको नाका हो तर अहिलेसम्म कामचलाउ अवस्थामा मात्रै सञ्चालन भइरहेको छ।

सम्बन्धित सामग्री

‘पारि बस सञ्चालकले, वारि रिक्सा चालकले ठग्छन्’

१९ असोज, धनगढी । भारतको लुधियानाबाट गौरीफन्टा नाकासम्मको टिकट एक हजार दुई सय ८० रुपैयाँ छ। धनगढीदेखि ६ सय ४० किलोमिटरको दूरीमा रहेको लुधियानाबाट बस मार्फत १३ घण्टा १५ मिनेटको यात्रापछि कैलालीसँग जोडिएको गौरीफन्टा नाका आइपुगिन्छ। तर दशैँ मनाउन घर फर्किएका डोटीको केआईसिंह गाउँपालिकाका गोपाल आउजीले तीन हजार तीन सय रुपैयाँ तिरे। नेपाली ट्राभल एजेन्सीका […]

गौरीफन्टा नाकामा ठगिँदै नेपाली

भारतको बैंग्लोरमा मजदुरी गर्दै आएका कञ्चनपुर महेन्द्रनगरका रतिराम विक श्रीमती र तीन नाबालक छोराछोरीसहित मंगलबार दिउँसो गौरीफन्टा नाका हुँदै घर फर्कंदै थिए । तर, उनलाई विनाकारण नाकामा रोकियो । त्यहाँ खटिएका भारतीय...

पराई भूमिमा महामारी जितेर आएका मातृभूमि टेकेपछि थाले लुटिन

कैलाली: मुगलानबाट आएकाहरूले खचाखच भरिएको बस। गृह जिल्ला जानका लागि त्यही बसको ढोकामा बसेका छन्, बाजुरा त्रिवेणी नगरपालिका ४ का भूपेन्द्र साउद। दृश्य हो कैलालीको त्रिनगर गौरीफन्टा नाकाको। भारतमा कोरोना महामारीले रोजगारी गुमेपछि शनिबार बिहान ६ बजे उनी गौरीफन्टा नाका आइपुगे। ५ घण्टा कुर्दा समेत खचाखच भरिएको बस हिँडेको छैन।…

गौरीफन्टा नाकाबाट नेपाल आएका ४० जनामा कोरोना

कैलाली, बैशाख ६ । आइतबार कञ्चनपुरको गौरीफन्टा नाका हुँदै नेपाल फर्किएकामध्ये ४० जनामा कोरोना संक्रमण देखिएको छ। गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेश साउदका अनुसार सो नाका भएर आइतबार ७ सय जना भित्रिएका छन्। तीमध्ये ३ सय ४० जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा ४० जनामा संक्रमण पुस्टि भएको उनले बताए। हालसम्म उक्त नाकाबाट भित्रिएकामध्ये ९ […]

शनिबार गौरीफन्टा नाकाबाट नेपाल भित्रिएका ६७ जनामा कोरोना

कैलाली, बैशाख ५ । भारतबाट कञ्चनपुरको गौरीफन्टा नाका हुँदै नेपाल फर्किएकामध्ये ६७ जनामा कोरोना संक्रमण देखिएको छ। गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेश साउदका अनुसार सो नाका भएर शनिबार एक हजार २ सय जना नेपाल भित्रिएका छन्। नाकाबाट नेपाल प्रवेश गरेकामध्ये पाँच सय ११ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा ६७ जनामा संक्रमण पुस्टि भएको हो […]

उत्तर प्रदेशमा चुनाव : गौरीफन्टा नाका दुई दिन बन्द

धनगढी : कैलालीसँग जोडिएको त्रिनगर– गौरीफन्टा नाका बन्द गरिने भएको छ। भारतको उत्तर प्रदेशमा पञ्चायत चुनाव अर्थात् स्थानीय तहको चुनाव हुँदै छ। चुनावलाई मध्यनजर गर्दै कैलाली जिल्लासँग जोडिएको गौरीफन्टा नाकामा आइतबार बेलुकीदेखि सोमबार बेलुकीसम्म आवतजावत पूर्ण रूपमा बन्द गरिने भएको हो।चुनावी अवस्थालाई मध्यनगर गर्दै गौरीफन्टा नाका बन्द गरिने भएको कैलाली प्रशासनले जनाएको छ। सो नाका भएर अहिले दैनिक हजार बढी नेपाली स्वदेश फर्किरहेका छ्न। वैशाख ५ गते साँझदेखि ६ गतेसम्म नाका पूर्ण रुपमा बन्द रहनेछ।&n

गौरीफन्टा नाका हुँदै फर्किएका ५९ मा कोरोना सङ्क्रमण

भारतबाट रोजगारी गरी घर फर्किएका ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यहाँको गौरीफन्टा नाका हुँदै नेपाल फर्किएका कम्तीमा पनि एक हजार ४५ जनामध्ये ४७५ को एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। पछिल्लो समय भारतबाट रोजगारी गरी घर फर्किएका सुदूरपश्चिम प्रदेशका नागरिकमा कोरोना सङ्क्रमण बढ्ने क्रम देखिएको छ।

भारतबाट गौरीफन्टा नाका हुँदै कैलाली आएका ११ जनामा कोरोना पुष्टि

भारतबाट गौरीफन्टा नाका हुँदै कैलाली प्रवेश गरेका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गौरीफन्टा नाका खोल्न नेपाल र भारतका व्यवसायीको माग

नेपाल र भारतका व्यवसायीले सीमानाका सहज रूपमा खोल्न नेपाल सरकारसँग माग गरेका छन् । नेपाल भारतका सीमानाका गौरीफन्टा नाका बसेको बैठकमा दुबै देशका व्यवसायीले उक्त माग गरेका हुन्