भारतमा लोकप्रिय पेटीएम कसरी पुग्यो संकटमा ?

१ फागुन । भारतमा डिजिटल भुक्तानीमा क्रान्ति ल्याएको पेटीएम अहिले गम्भीर संकटमा फसेको छ । भारतको केन्द्रीय बैंकले पेटीएमले लगातार नियम उल्लंघन गर्दै कारोबार गरेको भन्दै त्यस अन्तर्गतका सम्पूर्ण सेवामा रोक लगाएको छ । ३ करोड ३० लाख प्रयोगकर्ता रहेको पेटीएमलाई रिजर्ब बैंक अफ इन्डिया (आरबीआईले) वित्तीय अपराध गरेको आरोप लगाएको छ । ग्राहकहरुको नक्कली विवरण राखेर […]

सम्बन्धित सामग्री

पतनको संघारमा पेटीएम

भारतमा नगदरहित भुक्तानी र डिजिटल अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्‍याएको जस पाउने गरेको मोबाइल भुक्तानी सेवा प्रदायक पेटीएम अहिले बन्द हुने संघारमा छ । अमेरिकी अर्बपति वारेन बफेटदेखि जापानको सफ्टबैंक समूहले समेत कुनै बेला औधी पत्याएर लगानी गरेको यो एप्लिकेसन अहिले प्रतिबन्धितसरह छ ।

भारतमा पेटीएमको बैंकिङ कारोबार रोक लाग्दा सेयर मूल्यमा भारी गिरावट

२४ माघ ।  भारतीय रिजर्भ बैंकले पेटीएम पेमेन्ट बैंक (पीपीबीएल)को सेवामा रोक लगाउनेगरी आदेश जारी गरेसँगै माउ कम्पनी वन–९७ कम्युनिकेसनको सेयर मूल्यमा उच्च गिरावट देखिएको छ । आगामी २९ फेब्रुअरीदेखि लागू हुनेगरी भारतीय रिजर्भ बैंकले कम्पनीको बैंकिङ सेवा रोक्न आदेश जारी गरेको छ । सोही आदेशका कारण वन–९७ कम्युनिकेसनको सेयर मूल्य ३ दिनमा ४२ प्रतिशतसम्म […]

ग्लोबल आइएमई बैंक र गेटवे पेमेन्ट सर्भिसबीच सम्झौता

ग्लोबल आइएमई बैंकले पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रा.लि)सँग सम्झौता गरेको छ ।नेपाल र भारत भित्रका ग्राहकलाई क्युआर सुविधा सुचारु गर्नका लागि सम्झौता गरिएको बैंकले जनाएको छ । सम्झौताअनुसार ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोग गरी भारतमा आफ्ना ग्राहकहरूलाई सामान खरिद गर्दा क्यूआर मार्फत ‘भारत पे’ ‘पेटीएम’ ‘गुगल पे’ लगायतका विभिन्न […]

नेपालमा चल्ने भए पेटीएम, गुगल पे र फोनपे

पेटीएम र गुगल पेजस्ता बहुराष्ट्रिय डिजिटल पेमेन्ट गेटवेहरू अब नेपालमा पनि चल्ने भएका छन् । यीमार्फत् नेपालका कुनै पनि बैंक खाता वा वालेट खातामा रकमान्तर गर्न सकिने व्यवस्था सुरु हुन लागेको छ । अबको तीन महिनाभित्र सेवाहरू सुचारु हुने भनिएको छ ।

नेपालमा चल्ने भए पेटीएम, गुगल पे र फोनपे

पेटीएम र गुगल पेजस्ता बहुराष्ट्रिय डिजिटल पेमेन्ट गेटवेहरू अब नेपालमा पनि चल्ने भएका छन् । यीमार्फत् नेपालका कुनै पनि बैंक खाता वा वालेट खातामा रकमान्तर गर्न सकिने व्यवस्था सुरु हुन लागेको छ । अबको तीन महिनाभित्र सेवाहरू सुचारु हुने भनिएको छ ।

पेटीएम ७७८ करोड रुपया नोक्सानीमा, पेटीएमबाट के शिक्षा लिने ?

माघ २२, काठमाडौं । केहि महीना अघिमात्र प्रारम्भिक शेयर निष्कासन(आईपीओ) गरेको भारतीय डिजिटल भुक्तानी मञ्च पेटीएमको खुद नोक्सानी बढेर वर्ष सन् २०२१ को अन्तिम त्रैमासमा ७७८ करोड भारुतीय रुपया(भारु) पुगेको छ । जवकि कम्पनी अघिल्लो आर्थिक वर्षमा ५३२ करोड रुपया नोक्सानीमा थियो । कम्पनीले भारतको अहिलेसम्मकै ठूलो आईपीओमा २ अर्ब ५० करोड डलर उठाएको थियो । आईपीओ जारी गरी मुम्बई स्टक एक्सचेञ्ज(बीएसई) मा सूचीकृत पछि गत सेप्टेम्बरमा जारी अर्को त्रैमासमा भने कम्पनी ४८२ करोड खुद नोक्सानीमा थियो । कम्पनीको शेयर मूल्यको वस्तुस्थिति आईपीओ जारीपछि कम्पनीको शेयरमूल्यमा प्राथमिक चरणमा निक्कै नै उचारचढाव आएको थियो तर अहिले सामान्य मूल्य मात्र वृद्धि भएको अवस्था छ । कम्पनीको शेयरमूल्य मुम्बई स्टक मार्केट डेब्यूमा २७ प्रतिशतभन्दा धेरैले घटेको थियो । र योक्रम पछिसम्म गरेर कम्पनीको शेयरमूल्य ४० प्रतिशले घटेको थियो । तर अहिले पनि कम्पनीको शेयरमूल्य अझै पनि अंकित मूल्यभन्दा ५० प्रतिशतले कम नै छ । कम्पनीको शेयरमूल्य अलटाइम न्यूनतम विन्दु प्रतिकित्ता ८७५ दशमलव ७५ भारु र अलटाइम उच्च विन्दु १ हजार ९६१ दशमलव शून्य ५ भारु रहेको छ ।  हाल कम्पनीको शेयरमूल्य स्टक मार्केट डेब्यूपछि शून्य दशमलव ९१ प्रतिशतले बढेर प्रतिकित्ता ९५३ दशमलव २५ भारु पुगेको छ । कम्पनीको अधिकृत पूँजी ६१ हजार ७९६ दशमलव ६९ करोड भारु रहेको छ । उक्त कम्पनीमा चिनियाँ भुक्तानी कम्पनी एन्ट फाइनान्सियल र जापानी लगानी कम्पनी सफ्ट बैंकलगायतका लगानी रहेको छ । कम्पनीको आईपीओ अगाडि नै भारतीय कम्पनीहरुले आईपीओमार्फत १० अर्ब ५० करोड डलर उठाइसकेका छन् ।  कम्पनीको शेयर लगातार घट्नु तथा उत्साहजनक व्यापार गर्न नसकि उच्च घाटामा जानुलाई कतिपय बजार विश्लेषकहरुले अझै केहि समयसम्म लगानीकर्ताका लागि दवाव आइरहने बताएका छन् । उनीहरुका अनुसार कम्पनीको शेयरमूल्यमा दवाव र  व्यापार घाटा कायमै रहेमा यसको असर अल्पकालिन वा मध्यमकालिन लगानीकर्ताहरुमा पर्ने छ । मुनाफामुलक बन्नेतर्फ लामो बाटो, उच्च मूल्यांकन र चर्को प्रतिस्पर्धालगायत तत्वका कारण विश्लेषकहरुले कम्पनीको भविष्यप्रति चिन्ता व्यक्त गरेका छन् । अहिले कम्पनीमा १० हजारभन्दा धेरै कर्मचारी कार्यरत छन्  । वन ९७ कम्युनिकेशनका मालिक विजय शेखर शर्माले सन् २०१० को अगस्टमा भारतको राजधानी दिल्लीमा विद्युतीय माध्यमका उपकरणबाट भुक्तानी तथा ट्रान्सफरको कारोबार सञ्चालन गरी नगद कारोबारलाई कम गराउने उद्देश्यबाट पेटीएम प्रालि २ मिलियन अमेरिकी डलरको लगानीमा स्थापना गरेका थिए ।  के शिक्षा लिने ? आधुनिक विद्युतीय माध्यमबाट गरिने कारोबार सहज र सुरक्षित रूपमा सञ्चालन गर्न धेरै लगानी गर्नुपर्छ । तर, यसलाई कम आम्दानी हुने व्यावसायका रूपमा लिइन्छ । विद्युतीय कारोबारको पहुँच विस्तारमा रणनीतिक कमजोरी हुँदा कम्पनीले आशा गरेअनुरुप नाफा गर्न नसकी घाटा व्यहोरिरहेको छ । नेपालमा वालेटमार्फत गरिने कारोबार भने भर्खरै मात्र भुक्तानी प्रणाली शुरू भएको छ । केन्द्रीय बैंकले पछिल्लो समयमा विद्युतीय माध्यमबाट गरिने कारोबारलाई गैरबैंकिङ क्षेत्रबाट समेत सञ्चालन गर्ने नीतिगत व्यवस्था गरी सञ्चालन स्वीकृति प्रदान गरेको छ । नेपालमा अनुमतिप्राप्त केही कम्पनी केन्द्रीय बैंकले अख्तियार गरेको नीतिअनुरूप कारोबार विस्तार गर्न सफल भएको पनि देखिएको छ । । तर, अन्य कम्पनी भने शुरुवाती विन्दुमा नै अलमलिइरहेको जस्तो देखिन्छ ।  एक दशकको अवधिमा भारतमा पेटीएम कम्पनीले कारोबारको पहुँच वृद्धिमा गरेको प्रयासलाई नेपालका भुक्तानी सेवा प्रदायकहरूले अनुसरण गर्दा सेवा विस्तारमा सहयोग पुग्न सक्छ । तर, भुक्तानी सेवाप्रदायक कम्पनीहरुले उपयुक्त किसिमको व्यावसायिक निरन्तरता योजना र बजार विस्तार रणनीति तर्जुमा गर्न आवश्यक छ । एजेन्सीको सहयोगमा

३० अर्ब डलरको कम्पनी बन्दै पेटीएम

एजेन्सी। भारतको डिजिटल भुक्तानी कम्पनी पेटीएम ३० अर्ब अमेरिकी डलरको कम्पनी बन्ने भएको छ। कम्पनीले यही वर्ष सन् २०२१मा सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। आईपीओ आएपछि कम्पनीको बजार भ्यालू २५देखि ३० अर्ब अमेरिकी डलर पुग्ने ब्लुमवर्गले बताएको छ। यसमा चीनको अलिबाबाले२९.७१ प्रतिशत, सफटबैंकको १९.६३सेफ पार्टनर्सको १८.५६ प्रतिशत र विजय शेखर शर्माको १४.६७ प्रतिशत लगानी छ।

आईपीओ ल्याउँदै भारतीय डिजिटल पेमेन्ट कम्पनी पेटीएम

एजेन्सी। भारतको सबैभन्दा ठूलो डिजिटल प्लेटफर्म पेटीएमले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले यही वर्षभित्र आईपीओ निष्कासन गर्ने तयारी गरेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन्। पेटीएमको प्यारेन्ट कम्पनी वान ९७ कम्युनिकेसन आईपीओ निष्कासनका लागि नियामकसमक्ष पुगिसकेको छ। यस कम्पनीको बजार मूल्य २४ अर्ब अमेरिकी डलर बराबरको छ। पेटीएम भारतको नम्बर एक अनलाईन भुक्तानी कम्पनी हो।

१६ अर्बको आईपीओ ल्याउँदै पेटीएम

काठमाडौं। भारतको डिजिटल भुक्तानी कम्पनी पेटीएमले १६ अर्ब रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) ल्याउने भएको छ। भारतको नोयडामा आधारित कम्पनीलाई नियामक निकायले आईपीओ निष्कासनको अनुमति दिएको हो। यसबाट ई–कमर्श खरिद लगायतका भुक्तानी र आफ्नो खाताबाट अर्को खातामा पैसा पठाउने कामसमेत गर्न मिल्छ। यसमा अलिबाबा र सफ्टबैंक लगायतले लगानी गरेका छन्।