पेटीएम ७७८ करोड रुपया नोक्सानीमा, पेटीएमबाट के शिक्षा लिने ?

माघ २२, काठमाडौं । केहि महीना अघिमात्र प्रारम्भिक शेयर निष्कासन(आईपीओ) गरेको भारतीय डिजिटल भुक्तानी मञ्च पेटीएमको खुद नोक्सानी बढेर वर्ष सन् २०२१ को अन्तिम त्रैमासमा ७७८ करोड भारुतीय रुपया(भारु) पुगेको छ । जवकि कम्पनी अघिल्लो आर्थिक वर्षमा ५३२ करोड रुपया नोक्सानीमा थियो । कम्पनीले भारतको अहिलेसम्मकै ठूलो आईपीओमा २ अर्ब ५० करोड डलर उठाएको थियो । आईपीओ जारी गरी मुम्बई स्टक एक्सचेञ्ज(बीएसई) मा सूचीकृत पछि गत सेप्टेम्बरमा जारी अर्को त्रैमासमा भने कम्पनी ४८२ करोड खुद नोक्सानीमा थियो । कम्पनीको शेयर मूल्यको वस्तुस्थिति आईपीओ जारीपछि कम्पनीको शेयरमूल्यमा प्राथमिक चरणमा निक्कै नै उचारचढाव आएको थियो तर अहिले सामान्य मूल्य मात्र वृद्धि भएको अवस्था छ । कम्पनीको शेयरमूल्य मुम्बई स्टक मार्केट डेब्यूमा २७ प्रतिशतभन्दा धेरैले घटेको थियो । र योक्रम पछिसम्म गरेर कम्पनीको शेयरमूल्य ४० प्रतिशले घटेको थियो । तर अहिले पनि कम्पनीको शेयरमूल्य अझै पनि अंकित मूल्यभन्दा ५० प्रतिशतले कम नै छ । कम्पनीको शेयरमूल्य अलटाइम न्यूनतम विन्दु प्रतिकित्ता ८७५ दशमलव ७५ भारु र अलटाइम उच्च विन्दु १ हजार ९६१ दशमलव शून्य ५ भारु रहेको छ ।  हाल कम्पनीको शेयरमूल्य स्टक मार्केट डेब्यूपछि शून्य दशमलव ९१ प्रतिशतले बढेर प्रतिकित्ता ९५३ दशमलव २५ भारु पुगेको छ । कम्पनीको अधिकृत पूँजी ६१ हजार ७९६ दशमलव ६९ करोड भारु रहेको छ । उक्त कम्पनीमा चिनियाँ भुक्तानी कम्पनी एन्ट फाइनान्सियल र जापानी लगानी कम्पनी सफ्ट बैंकलगायतका लगानी रहेको छ । कम्पनीको आईपीओ अगाडि नै भारतीय कम्पनीहरुले आईपीओमार्फत १० अर्ब ५० करोड डलर उठाइसकेका छन् ।  कम्पनीको शेयर लगातार घट्नु तथा उत्साहजनक व्यापार गर्न नसकि उच्च घाटामा जानुलाई कतिपय बजार विश्लेषकहरुले अझै केहि समयसम्म लगानीकर्ताका लागि दवाव आइरहने बताएका छन् । उनीहरुका अनुसार कम्पनीको शेयरमूल्यमा दवाव र  व्यापार घाटा कायमै रहेमा यसको असर अल्पकालिन वा मध्यमकालिन लगानीकर्ताहरुमा पर्ने छ । मुनाफामुलक बन्नेतर्फ लामो बाटो, उच्च मूल्यांकन र चर्को प्रतिस्पर्धालगायत तत्वका कारण विश्लेषकहरुले कम्पनीको भविष्यप्रति चिन्ता व्यक्त गरेका छन् । अहिले कम्पनीमा १० हजारभन्दा धेरै कर्मचारी कार्यरत छन्  । वन ९७ कम्युनिकेशनका मालिक विजय शेखर शर्माले सन् २०१० को अगस्टमा भारतको राजधानी दिल्लीमा विद्युतीय माध्यमका उपकरणबाट भुक्तानी तथा ट्रान्सफरको कारोबार सञ्चालन गरी नगद कारोबारलाई कम गराउने उद्देश्यबाट पेटीएम प्रालि २ मिलियन अमेरिकी डलरको लगानीमा स्थापना गरेका थिए ।  के शिक्षा लिने ? आधुनिक विद्युतीय माध्यमबाट गरिने कारोबार सहज र सुरक्षित रूपमा सञ्चालन गर्न धेरै लगानी गर्नुपर्छ । तर, यसलाई कम आम्दानी हुने व्यावसायका रूपमा लिइन्छ । विद्युतीय कारोबारको पहुँच विस्तारमा रणनीतिक कमजोरी हुँदा कम्पनीले आशा गरेअनुरुप नाफा गर्न नसकी घाटा व्यहोरिरहेको छ । नेपालमा वालेटमार्फत गरिने कारोबार भने भर्खरै मात्र भुक्तानी प्रणाली शुरू भएको छ । केन्द्रीय बैंकले पछिल्लो समयमा विद्युतीय माध्यमबाट गरिने कारोबारलाई गैरबैंकिङ क्षेत्रबाट समेत सञ्चालन गर्ने नीतिगत व्यवस्था गरी सञ्चालन स्वीकृति प्रदान गरेको छ । नेपालमा अनुमतिप्राप्त केही कम्पनी केन्द्रीय बैंकले अख्तियार गरेको नीतिअनुरूप कारोबार विस्तार गर्न सफल भएको पनि देखिएको छ । । तर, अन्य कम्पनी भने शुरुवाती विन्दुमा नै अलमलिइरहेको जस्तो देखिन्छ ।  एक दशकको अवधिमा भारतमा पेटीएम कम्पनीले कारोबारको पहुँच वृद्धिमा गरेको प्रयासलाई नेपालका भुक्तानी सेवा प्रदायकहरूले अनुसरण गर्दा सेवा विस्तारमा सहयोग पुग्न सक्छ । तर, भुक्तानी सेवाप्रदायक कम्पनीहरुले उपयुक्त किसिमको व्यावसायिक निरन्तरता योजना र बजार विस्तार रणनीति तर्जुमा गर्न आवश्यक छ । एजेन्सीको सहयोगमा  

सम्बन्धित सामग्री

पुनर्लेखन गर्न सम्भव छ शिक्षा विधेयक ?

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले आइतबार संसदको शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमा १५२ सांसदको १ हजार ७ सय ५७ वटा विवरणमा संशोधन परेको बताए । विधेयकमा अत्यधिक संशोधन परेपछि सांसदहरूले पुनर्लेखनको माग गरे ।

शिक्षा सम्बन्धी अधिकार प्रदेशले पनि पाउनुपर्छ : शिक्षा राज्यमन्त्री

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले शिक्षा सम्बन्धी अधिकार प्रदेशले पनि पाउनुपर्ने बताउनुभएको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको राष्ट्रिय शिक्षा दिवस आयोजक समारोह समितिको बैठकमा शिक्षा राज्यमन्त्री कुमारीले सो कुरा बताउनुभएको हो ।उहाँले राज्यको सार्वभौमसत्ता, राजकीय शक्ती र शासन अधिकारमा प्रदेश र स्थानिय तहले पनि समानुपातिक साझेदारि पाउनुपर्ने […]

असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौं,२२ जेठ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ प्रमाणिकरण भएको मितिलाई आधार मानेर असोज २ गते प्रत्येक वर्ष राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको जनाएको छ। मन्त्रालयले उक्त मितिमा शिक्षा दिवस मनाउने तयारी गर्न प्रदेश,जिल्ला […]

शिक्षा मन्त्रीलाई खुलापत्र

तपाईले पनि शिक्षा क्षेत्रमा सुधार गर्न र नयाँ शिक्षा ऐन ल्याउन सक्नुभएन भने शिक्षा मन्त्री तपाईँ हुनुभएको कुनै औचित्य रहने छैन। केवल शिक्षा मन्त्रीको सूचीमा तपाईँको नाम थपिने मात्र उपलब्धि हुनेछ।...

किन छैन निःशुल्क शिक्षा ?

काठमाडौं । बालबालिकाको निःशुल्क र अनिवार्य शिक्षा नेपालको संविधानको मौलिक हक हो । सबै बालाबलिकाले कक्षा ८ सम्म निःशुल्क र अनिवार्य तथा कक्षा ९ देखि १२ सम्म निःशुल्क शिक्षा पाउने व्यवस्था शिक्षा ऐनले गरेको छ । अनिवार्य र निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ अनुसार निःशुल्क शिक्षा भन्नाले विद्यार्थी वा अभिभावकबाट कुनै पनि शीर्षकमा कुनै शुल्क नलिई […]

चार महिनापछि शिक्षा मन्त्रालयमा पुग्यो संघीय शिक्षा ऐनको मस्यौदा

अर्थ र कानुन मन्त्रालयले चार महिनापछि संघीय शिक्षा ऐनको मस्यौदा शिक्षा, विज्ञान तथा प्रविधिलाई पठाएको छ । राय सुझावका लागि शिक्षा मन्त्रालयले चार महिना अघि अर्थ र कानून मन्त्रालयमा पेश गरेको थियो ।पेश भएको चार महिनापछि राय सुझावसहित फिर्ता पठाइएको हो । शिक्षा मन्त्रालयमा आएको ऐन अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेश गरिनेछ । मन्त्रिपरिषद् बैठकले पास गरेपछि संसद्मा पेश गरिनेछ । अर्थ र कानून मन्त्रालयबाट रायसहित आउन ढिलाई भएपछि शिक्षा मन्त्रालयले प्रक्रिया अगाडि बढाउन सकेको थिएन । नेपालमा संघीय स

सुधारको बाटोमा शिक्षा

सरकारले संघ, प्रदेश र स्थानीय तहको शैक्षिक विकास र गुणस्तर सुधार गर्न १० वर्षे शिक्षा क्षेत्र योजना सार्वजनिक गरेर शिक्षा क्षेत्रका लागि लिएका गुणस्तर सुधारका विभिन्न लक्ष्य पूरा गर्ने जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहको शैक्षिक विकासका लागि १० वर्षे शिक्षा क्षेत्र योजना विकास कार्य ढाँचा २०७७ तयार […]

विद्यालय शिक्षा सुधार्न यस्ता छन् शिक्षा मन्त्रालय ३० प्राथमिकता

विद्यालय शिक्षा सुधार गर्न शिक्षा मन्त्रालयले ३० प्राथमिकता अघि सारेको छ । सबै विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोप व्यवस्था गर्नेदेखि शिक्षक कर्मचारीका पेसागत समस्याहरू तीनै तहको सरकारको क्षेत्राधिकारभित्र रही समाधान गर्न...

शिक्षा पत्रकार प्रकृति अधिकारीको ‘राणाकालीन शिक्षा’ सार्वजनिक

पत्रकार प्रकृति अधिकारीद्धारा लेखिएको ‘राणाकालीन शिक्षा’ पुस्तक बुधबार सार्वजनिक भएको छ।अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसरमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीमा आयोजित कार्यक्रममा सो पुस्तक सार्वजनिक गरिएको हो।...

शिक्षा र रोजगार

मानव सभ्यतालाई उच्च प्राथमिकता दिने शिक्षा आफैमा गुणस्तरीय शिक्षा हो। यस्तो शिक्षा रोजगारमूलक पनि हुने भएकोले देशलाई विभिन्न क्षेत्रमा चाहिने आवश्यक जनशक्ति उत्पादन गर्ने गरी शिक्षा र तालिमलाई व्यवस्थित गर्न सक्नुपर्दछ।