गूगल पे, पेटीएम र फोन पे नेपालमा सञ्चालनमा ल्याउने तयारी, ३ महीनाभित्र सेवा सुचारु गर्ने लक्ष्य

फागुन ७, काठमाडौं । बहुराष्ट्रिय डिजिटल पेमेन्ट गेटवे गूगल पे, पेटीएम  फोन पेको सेवा अबको तीन महीनाभित्र नेपालमा सञ्चालन गरिने भएको छ । ती गेटवेमार्फत् नेपालका कुनै पनि बैंक खाता वा वालेट खातामा रकमान्तर गर्न सकिने छ । ती सेवाहरू सुचारु हुने गरी सम्झौता समेत भइसकेको छ । गेटवे पेमेन्ट सर्भिस प्रालि(जीपीएस) ले भारतस्थित नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डिया(एनपीसीआई) इन्टरनेशल तथा मनम इन्फोटेकसँग अन्तरआबद्धता तथा मोबाइल फस्र्ट प्रविधिमा आधारित युनिफाईड पेमेन्ट इन्टरफेस नेपाल (यूपीआई नेपाल) सञ्चालनको लागि शुक्रवार सम्झौता गरेको हो । उक्त सम्झौतासँगै भारतबाट विभिन्न भुक्तानी सेवा प्रदायक पेटीएम, गूगल पे, फोन पेमार्फत नेपालका कुनै पनि बैंक खाता वा वालेटमा रकमान्तर गर्न सकिने छ। ती सेवाको शुरुवातसँगै भारतीय नागरिकहरूले नेपाल आउँदा क्यूआरकोड स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्ने छन् भने नेपालीहरूले पनि भारत जाँदा क्यूआरकोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । ‘प्रारम्भिक चरणमा आगामी तीन महीनाभित्र उल्लेखित सेवाहरू सुचारु हुने छन्’,जीपीएसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एनपीसीआईले भारतमा सञ्चालन गरिरहेका सम्पूर्ण सेवाहरू क्रमिक रूपमा नेपालमा शुरुवात गर्दै जानेछौं ।’ जीपीएस नेपालको आधिकारिक पेमेन्ट सिस्टम अपरेटर पनि हो । अन्तरआबद्धता तथा मोबाइल फस्र्ट प्रविधिमा आधारित भुक्तानी सञ्जाल, यूपीआई भारतमा एनपीसीआईले सञ्चालन गरिरहेको छ । यसले भारतको विद्युतीय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको छ । यूपीआई नेपालले पनि नेपालको विद्युतीय भुक्तानीलाई अर्को श्रेणीमा लैजाने र नेपाललाई नगदरहित समाजमा रुपान्तरण गर्न सहयोग गर्ने गेटवे पेमेन्ट सर्भिसले बताएको छ ।  यूपीआई प्लेटफर्ममा सन् २०२१ मा भारतमा करीब ९४० अर्ब डलरको वित्तीय कारोबार भएको  एनपीसीआईका सीईओ रितेश शुक्लाले बताएका छन् । एजेन्सीको सहयोगमा  

सम्बन्धित सामग्री

‘डिजिटल भुक्तानीलाई बढाव दिन ‘फोन पे डिरेक्ट’ फिचर’

काठमाडौं । नेपालमा डिजिटल भुक्तानीका लागि रिटेल कारोबार गर्ने सबैभन्दा ठूलो नेटवर्क हो ‘फोन पे’ । ‘फोन पे’ ले नेटवर्कमा साढे १२ लाख भन्दा बढी मर्चेन्ट र बैंकिङ सेवा दिने सेवा प्रदायकमा हिमालयन र स्ट्यान्डर्ड चाटर्ड बाहेक सबै बैंकहरु आवद्ध छन् । ‘फोन पे’ नेटवर्कले डिजिटल भुक्तानीलाई अझै बढाउन ‘फोन पे डिरेक्ट : पैसा पठाऔं […]

कुलमान घिसिङले गरे ‘फोन पे’ अभियानका विजेतालाई पुरस्कृत

काठमाडौं । अनुप  सिकर्मी  ‘फोन पे’ ले सञ्चालन गरेको ‘फोन पे गर्ने हो, बिजुली को बिल तिर्दा आइफोन १३ जित्ने हो’ नामक योजनाका विजेता बनेका छन् । ११ साउनमा काठमाडौँस्थित नेपाल विधुत प्राधिकरणको कार्यलयमा आयोजित कार्यक्रममा सिकर्मीलाई भाग्शाली विजेता घोषणा गरिएको हो । गत जेठ महिना भरि लागू भएको यस योजनामा हजारौँको संख्यामा ग्राहकहरुको सहभागिता […]

‘फोन पे’ र ‘सुलभ पे’बीच सहकार्य

काठमाडौं । फोन पे र सुलभ पे (एनक्यास)बीच भुक्तानीका लागि सहकार्य भएको छ । अब सुलभका ग्राहकले फोनपे नेटवर्क मार्फत सहजै भुक्तानी गर्न सक्ने भएका हुन् । नेपालको अग्रणी भुक्तानी प्रणाली दाबी गरिएको फोनपे नेटवर्क र भुक्तानी सेवाप्रदायक सुलभपे (एनक्याश) वालेटबीच सहकार्य सुरू भएको छ । हालै राजधानीमा एक कार्यक्रमको आयोजना गरि दुई संस्थाबीच भुक्तानीपत्रमा […]

बाराही घाटमा ‘फोन-पे’

काठमाडौं । ई-सेवाले पोखराको फेवातालस्थित बाराही घाटमा फोन-पे क्युआर कोड भुक्तानी सेवा सञ्चालन गरेको छ । फेवातालमा डुङ्गा चढे वापतको भुक्तानी अब फोन क्युआर कोडमार्फत गर्न सकिने व्यवस्थाको औपचारिक शुभारम्भ गरिएको हो । कार्यक्रममा बोटिङ्ग प्रतिस्पर्धा गराएर उत्कृष्टहरुलाई पुरस्कृत पनि गरिएको थियो ।

एनसीसी बैँक र फोन पे बीच क्यासब्याक सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र ‘फोन पे’ बीच दसैं तिहार लक्षित क्यासब्याक पार्टनरका रुपमा सहकार्य हुने भएको छ । एनसीसी बैंकले आफ्ना एनसीसी स्मार्ट मोबाइल एप प्रयोगकर्तालाई पहिलोपटक फोन पे को क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म अथवा बढीमा रु।१०० सम्म क्यासब्याक अफर प्रदान गरेको छ । दसैं लक्षित यो अफर […]

फोन पे डिजिटल इकोनोमी कन्क्लेभ सम्पन्न

काठमाडौं । मुलुकको अर्थतन्त्रमा देखिएको बढ्दो डिजिटाइजेसनलाई दृष्टिगत गर्दै आयोजना गरिएको दोस्रो संस्करणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ सम्पन्न भएको छ । ब्रान्ड वर्थ प्रालिले आयोजना गरेको एक दिने कन्क्लेभ शुक्रबार काठमाडौंमा सम्पन्न भएको हो । कन्क्लेभलाई नेपाल सरकारका सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री […]

फोन पे डिजिटल इकोनोमी कन्क्लेभ सम्पन्न

मुलुकको अर्थतन्त्रमा देखिएको बढ्दो डिजीटाइजेसनलाई दृष्टिगत गर्दै आयोजना गरिएको दोस्रो संस्करणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२  सम्पन्न भएको छ । ब्राण्डवर्थ प्रालिले आयोजना गरेको एक दिने कन्क्लेभ सम्पन्न भएको हो । कन्क्लेभलाई नेपाल सरकारका सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गदैै मन्त्री कार्कीले  डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा रहेको बताए । उनले यस कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्तावेज गर्दै नीति

फोन पे डिजिटल इकोनोमी सुरु हुँदै

काठमाडौँ – फोन पे डिजिटल इकोनोमिकन्क्लेभ सुरु हुन लागेको छ। ब्रान्डवर्थ प्रालिको आयोजनामा होटल सोल्टीमा कार्यक्रम सुरु हुन लागेको हो। कन्क्लेभको मुख्य उद्देश्य कोभिड १९ प्रभावबाट सामान्यकृत हँुदै गएको आर्थिक गतिविधि र जनजीवनमा डिजिटलाइजेसनलाई कसरी आर्थिक वृद्धि र सामाजिक न्याय प्राप्तिका लागि प्रयोग गर्न सकिन्छ भन्ने रहेको छ। कन्क्लेभको दोस्रो संस्करणमा ‘बदलिँदो समय, बदलिँदो अर्थतन्त्र’, […]

फोन पे डिजिटल इकोनोमी कन्क्लेभ आज

मुुलुकको अर्थतन्त्र तिब्र रूपमा डिजिटाइजेशन तर्फ गइरहेको कुरालाई मध्यनजर गर्दै फोन पे डिजिटल इकोनोमी कन्क्लेभ सुरु हुन लागेको छ । ब्राण्डवर्थ प्रालिको आयोजनामा होटल सोल्टीमा आज अर्थात शुक्रबार बिहान १० बजेदेखि कार्यक्रम सुरु हुन लागेको हो । कन्क्लेभको मुख्य उद्धेश्य कोभिड १९ प्रभावबाट सामान्यकृत हुदै गएको आर्थिक गतिविधी र जनजिवनमा डिजिटाइजेशनलाई कसरी आर्थिक...

'फोन पे डिजिटल इकोनोमी कन्क्लेभ'को दोस्रो संस्करण २० जेठमा आयोजना हुँदै

मुुलुकको अर्थतन्त्र तीव्र रूपमा डिजिटाइजेसनतर्फ गइरहेको कुरालाई मध्यनजर गर्दै फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण आयोजना हुने भएको छ ।