पतनको संघारमा पेटीएम

भारतमा नगदरहित भुक्तानी र डिजिटल अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्‍याएको जस पाउने गरेको मोबाइल भुक्तानी सेवा प्रदायक पेटीएम अहिले बन्द हुने संघारमा छ । अमेरिकी अर्बपति वारेन बफेटदेखि जापानको सफ्टबैंक समूहले समेत कुनै बेला औधी पत्याएर लगानी गरेको यो एप्लिकेसन अहिले प्रतिबन्धितसरह छ ।