हाम्रो देश नेपाल किन अझै विकासको गतिमा अगाडि बढ्न सकेको छैन ? यसको दोष धेरै वर्ष राजनैतिक व्यवस्थालाई लगायौँ । अव राजनैतिक व्यवस्थालाई दोष लगाउनेहरू नै देशको शासन भार चलाउने अवस्थामा पुगेको पनि धेरै दिन भैसक्यो । तै पनि विकासतर्फ बाटो सोझिएको छैन । यसको कारण के होला ? नेता खराब हुन् कि जनता नै अबुझ हुन् ? राजनैतिक दल नै खराब हो कि कार्यकर्ताहरु नै अभद्र हुन् ? यसको पहिचान कसरी गर्ने, कसले गर्ने ? अन्योलको स्थिति छ । दोष धेरैतिर छ । तर यस लेखमा कर्मचारीतन्त्रको दोषबारे औँल्याइएको छ । कर्मचार