एलन मस्कले हटाए ट्वीटरका आधा कर्मचारी

विश्वका धनाढ्य एलन मस्कले लिएपछि ट्विटरले आफ्ना ७ हजार ५ सय कर्मचारीमध्ये आधालाई हटाएको छ । कम्पनीले शुक्रबार ५० प्रतिशत कर्मचारी कटौती गरेको समाचार संस्था एएफपीले जनाएको हो ।

सम्बन्धित सामग्री

टेस्लाले १० प्रतिशत कर्मचारी कटौती गर्ने

काठमाडौं । टेस्लाले लागत घटाउन र उत्पादकत्व बढाउन आफ्नो विश्वव्यापी जनशक्तिको ‘१० प्रतिशतभन्दा बढी’ कटौती गर्न लागेको टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्क, इलेक्ट्रेक र ब्लुमबर्ग न्यूजले आफ्ना कर्मचारीलाई पठाएको आन्तरिक इमेलमा उल्लेख छ । “हामी कम्पनीलाई हाम्रो विकासको अर्को चरणका लागि तयार गर्ने हो भने लागत कटौती र उत्पादकत्व बढाउनका लागि कम्पनीको हरेक पक्षलाई […]

एलन मस्क बने ट्विटरको मालिक, सीईओसहित उच्च तहका कर्मचारी बर्खास्त

अन्तर्राष्ट्रिय मिडियाका अनुसार मस्कले कम्पनीका प्रमुख कार्यकारी पराग अग्रवाल र प्रमुख वित्तीय अधिकृत नेड सेगललाई बर्खास्त गरेका हुन्।...

एलन मस्क बने ट्विटरको मालिक, सिइओसहित उच्च कर्मचारी हटाए

काठमाडौं । एलन मस्क सामाजिक सञ्जाल ट्विटरको मालिक बनेका छन् । मस्कले स्वामित्व लिएसँगै ट्विटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लगायत माथिल्लो तहका कर्मचारीलाई बर्खास्त गरेको छ । अमेरिकी मिडिया रिपोर्टहरू अनुसार कम्पनीका प्रमुख कार्यकारी पराग अग्रवाल र प्रमुख वित्तीय अधिकृत नेड सेगललाई बर्खास्त गरेको हो । मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने सम्झौता गरेका थिए […]

एलन मस्क बने ट्विटरको मालिक

काठमाडौं । एलन मस्क बने ट्विटरको मालिक बनेका छन् । मस्कले स्वामित्व लिएसँगै ट्विटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लगायत माथिल्लो तहका कर्मचारी बाहिरिएका छन् ।  मस्क मालिक बनेसँगै ट्विटरको केन्द्रीय कार्यालयका उच्च अधिकारीहरू सीईओ पराग अग्रवाल, चिफ फाइनान्स अफिसर नेड सेगल, लिगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे र सल्लाहकार सिन एजेड बाहिरिएको...

एलन मस्क बने ट्वीटरको मालिक, सीईओ अग्रवालसहित कर्मचारी बाहिरिए

११ कात्तिक, काठमाडौं । एलन मस्कले स्वामित्व लिएसँगै ट्वीटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लगायत माथिल्लो तहका कर्मचारीको बहिर्गमन भएको छ । बिहीबारमात्रै मस्क ट्वीटरको केन्द्रीय कार्यालयमा प्रवेश गरेका थिए । त्यसलगत्तै ट्वीटरका सीईओ पराग अग्रवाल, चिफ फाइनान्सियल अफिसर नेड सेगल, लिगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे र सल्लाहकार सिन एजेड बाहिरिएको अमेरिकी समाचार संस्थाले जनाएका छन् । […]

फूलटाइम काम गर, होइन भने राजीनामा देऊ : एलन मस्क

जेठ १८, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले कर्मचारीहरुलाई आ–आफ्नो कार्यालयमा फर्केर आउन र कम्तिमा हप्ताको ४० घन्टा काम गर्न भनेका छन् । यस्तो गर्न नसक्नेहरुलाई भने उनले कम्पनी छाड्न भनेका छन् । टेस्लाको मुख्य कार्यालमा काम गर्ने कर्मचारीहरुको नाममा प्रेषित दुई ओटा छुट्टाछुट्टै मेलमा उनले यस्ता बताएका हुन् । कार्यालयमा आएनौ भने राजीनामा दिएको मानिने पनि उनले एउटा पत्रमा भनेका छन् । यसबारे पहिलो पटक इलेक्ट्रेकले पहिलो पटक समाचार छापेको थियो । रिमोट वर्क गर्ने इच्छा व्यक्त गर्ने सबैले कम्तिमा पनि हप्ताको ४० घण्टा कार्यालयमा रहन, होइन भने टेस्ला छाड्न मस्कले पहिलो इमेलमा भनेको इलेक्ट्रेकले समाचारमा बताएको छ । यो समय कारखानाका कामदारबाट कम्पनीले खोज्नेभन्दा कम भएको पनि उनले बताएका छन् । कोही कर्मचारी विशेष परिस्थिति भएर आउन असम्भव छ भने आफूले सो अवस्थाको समीक्षा गरेर सिधै त्यस्ता कर्मचारीलाई कार्यालयमा नआइकन काम गर्न अनुमति दिने पनि इमेलमा मस्कले भनेका छन् । कयौं कम्पनीहरुले अहिले पनि कार्यालयमै आएर काम गर्न अनिवार्य नपारेको भएपनि उनीहरुले पछिल्लो पटक उत्कृष्ट सामान कहिले बेचेका थिए भनेर उनले उल्टै दोस्रो इमेलमा प्रश्न गरेका छन् ।  वरिष्ठ कर्मचारीहरु कार्यालयमा आउनु महत्वपूर्ण भएको र त्यसैले आफूले कारखाानामा यति धेरै समय बिताउने गरेको पनि उनले इमेलमा प्रष्ट पारेका छन् । आफूले यस्तो नगरेको भए टेस्ला उहिल्यै टाट पल्टिसकेको हुन्थ्यो भनेर पनि उनले बताएका छन् । ‘टेस्लाले पृथ्विकै अन्य कम्पनीले साच्चै बनाएको भन्दा सबैभन्दा रोमाञ्चक अनि अर्थपूर्ण प्रडक्ट बनाउनेछ र वास्तवमा बनाइरहेको पनि रहेको छ । फोनमा कुुरा गरेकै भरमा यो हुँदैन’, अझ अगाडि उनले भनेका छन् । मस्क आफैं पनि निकै मिहेनती सीईओ मध्ये एक हुन् । कारखाना वा उत्पादनमा केही समस्या भयो भने उनी रातरात भर त्यही बसेर उक्त समस्या समाधान गर्न लागि पर्छन् । विशेषगरी कारखानाका कामदारहरुबाट उनको अपेक्षा धेरै छ । कम्पनीको महत्वाकांक्षी उत्पादन लक्ष्यहरु पूरा गर्न उनले कारखानाका कामदारहरुलाई दबाब दिइरहन्छन् ।  सन् २०२० को अप्रिलमा क्यालिफोर्नियामा कोभिडको संक्रमण बढेको समयमा त्यहाँ संक्रमण नियन्त्रण गर्न प्रतिबन्ध लगाइएको थियो । सो प्रतिबन्धलाई उनले तानाशाह भनेका थिए । अहिलेसम्म अन्य ठूला प्रविधि कम्पनीहरुले सबै कर्मचारीहरुलाई कार्यालयमै आएर काम गर्नु पर्छ भनेर बाध्य पारेका छैनन् ।  पछिल्लो समय राजीनामा दिने प्रवृत्ति व्यापक भएको अवस्थामा चाहेको जस्तो प्रतिभा आकर्षित गर्न र भएका कर्मचारीहरुलाई टिकाइराख्न कर्मचारीको पद र उनीहरुको बस्ने ठाउँ हेरेर एमाजन, एप्पल, अल्फाबेट र फेसबुकको मातृ कम्पनी मेटाले कम्तिमा पनि केही कर्मचारीलाई रिमोट वर्कको अनुमति दिइरहेका छन् । एजेन्सी