बुध्द एयरको बोर्डिङ पासमा अन्नपूर्ण केबलकारले १२ प्रतिशत छूट दिने

चैत २७, काठमाडौं। बुध्द एयरबाट पोखरा पुग्ने यात्रुलाई अन्नपूर्ण केबलकारले  १२ प्रतिशत छूट  दिने भएको छ । बुध्द एयर र अन्नपूर्ण केबलकार बीच भएको सम्झौतामा बुध्द एयरबाट पोखरा यात्रा गर्ने यात्रुहरुलाई प्रत्येक बोर्डिङ पासमा केबल कार आउजाउमा छूटको प्याकेज ल्याइएको हो । बोर्डिङ पास जारी गरिएको ५ दिनभित्र अन्नपूर्ण केबलकारको प्रयोगमा मात्र यो सुविधा लागू हुने बुद्ध एयरले बताएको छ । बुध्द एयरले काठमाडौंबाट दैनिक १० भन्दा बढी पोखराको उडान गर्दै आएको छ । त्यसैगरि धनगढी, नेपालगञ्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुरबाट पनि पोखराको सिधा उडान गर्दै आएको छ । नववर्ष २०७९ वैशाख २ गतेबाट भद्रपुरबाट पोखरा सिधा उडान गर्दै छ । यी गन्तव्यहरुबाट पोखरा सिधा उडान गर्ने सबै यात्रुहरु यो योजनाबाट लाभान्वित हुनेछन् । बुध्द एयरसँग ७२ सिटे एटीआर–७२ जहाज ११ ओटा, ४२ सिटे एटीआर–४२ जहाज ३ ओटा र दुई ओटा बीचक्राफ्ट जहाहरु रहेका छन्

सम्बन्धित सामग्री

अन्नपूर्ण केवलकारको मनसुन अफरमा २० प्रतिशत छुट

यहाँस्थित अन्नपूर्ण केवलकारले आन्तरिक यात्रुलाई २० प्रतिशत छुट दिने भएको छ। साउन र भदौ महिनाभरका लागि आन्तरिक यात्रुलाई छुट दिन थालेको कम्पनिले बताएको छ।...

अन्नपूर्ण केबलकारको मनसुन अफर

पोखराको अन्नपूर्ण केवलकारको नियमित मर्मत तथा सम्भार पश्चात पूर्व निर्धारित समय भन्दा एक दिन अगावै सञ्चालनमा आउने भएको छ । केबुलकारले आफ्ना सेवामा नेपाली ग्राहकलाई ६ साउनदेखि ३१ भदौसम्म २० प्रतिशत छुट दिने भएको छ ।पोखरा उपत्यकाको पश्चिम उत्तरी भागको लेकसाइड, सेदिबगरबाट अन्नपूर्ण केबुलकार चढेर सराङकोटमा साउन महिनामा कैलाशेश्वर महादेवको दर्शन गर्नुका साथै कास्की कोट […]

अन्नपूर्ण केबलकारको मनसुन अफर, केवलकारमा २०% छुट

काठमाडौं, ५ साउन । पोखराको अन्नपूर्ण केवलकारको नियमित मर्मत तथा सम्भार पश्चात पूर्व निर्धारित समय भन्दा एक दिन अगावै श्रावण ६ गते देखि संचालनमा आउने भएको छ । केबुलकारले आफ्ना सम्पूर्ण नेपाली ग्राहकहरुको लागि श्रावण ६ गते देखि भाद्र ३१ गते सम्म २०% प्रतिशत छुट दिने भएको छ । पोखरा उपत्यकाको पश्चिम उत्तरी भागको लेकसाईड, […]

अन्नपूर्ण केबलकारको मनसुन अफर, २०% छुट

पोखराको अन्नपूर्ण केबलकार साउन ६ गतेदेखि नियमित संचालनमा आउने भएको छ । यसअघि साउन ७ गतेसम्म बन्द हुने भनिएकामा मर्मत सकिएकाले तोकिएको मितिभन्दा एक दिनअघि नै सञ्चालनमा आउने भएको हो ।  केबुलकारले नेपाली ग्राहकहरुको लागि साउन ६ गते देखि भदौ ३१ गतेसम्म २०% प्रतिशत छुट दिने घोषणा गरेको छ । पोखरा उपत्यकाको लेकसाईड, सेदिबगरबाट अन्नपूर्ण केबुलकार चढी सराङकोटमा साउन महिनामा कैलाशेश्वर महादेवको दर्शन गर्नुका साथै कास्की कोट दरबारसम्मको पैदल यात्रा गर्न सकिनेछ । साथै अन्नपूर्ण हिमाल,  म

सनिमा बैंक र अन्नपूर्ण केबलकारबीच समझदारीपत्रमा हस्ताक्षर

सानिमा बैंक र अन्नपूर्ण केबलकार बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अन्तर्गत बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान वा कार्डमार्फत् रकम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । उक्त समझदारी पत्रमा सानिमा बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख सुदिप कुमार हलवाई र अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सानिमा बैंक र अन्नपूर्ण केबलकारबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं, २१ असार । सानिमा बैंक र अन्नपूर्ण केबलकारबीच सम्झौता भएको छ । द्ुई कम्पनीबीच रकम भुक्तानी सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी अन्तर्गत बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको mobile banking बाट QR code Scan  Debit/Credit card मार्फत् रकम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । […]

प्लस टु दिएका विद्यार्थीलाई अन्नपूर्ण केबुलकारमा छुट

प्लस टुको परीक्षा दिएर बसेका विद्यार्थीलाई पोखरामा सञ्चालनमा रहेको अन्नपूर्ण केबुलकारले छुट दिने भएको छ ।केबुलकारको टिकटमा ५० प्रतिशत छुट दिने निर्णय भएको कम्पनीको भनाइ छ । यसका लागि परीक्षार्थीले प्रवेश पत्र अनिवार्य रुपले देखाउनु पर्नेछ । यो योजना २६ जेठदखि २ असारसम्म लागू हुनेछ ।पोखराको सेदी बगरदेखि सरांकोटसम्म सञ्चालनमा रहेको यस केबुलकारमार्फत् करिब १० […]

अन्नपूर्ण केबुलकार र माछापुछ्रे बैंकबीच सहमति

पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पु-याउन माछापुछ्रे बैंकले अन्नपूर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने गरी व्यावसायिक सम्झौता गरेको छ ।सम्झौतापत्रमा अन्नपूर्ण केबुलकारका महाप्रबन्धक दिनेश पौडेल तथा बैंकका शाखा प्रमुख आलोक मान श्रेष्ठले हस्ताक्षर गरेका छन् ।अन्नपूर्ण केबुलकार पोखराको पहिलो केबुलकार हो । सम्झौताअनुसार माछापुछ्रे बैंकका ग्राहकहरूले अन्नपुर्ण केबुलकारबाट टिकेट काट्दा बिलमा १० […]

अन्नपूर्ण गाउँपालिकाले स्वास्थ्य बिमामा ५० प्रतिशत अनुदान दिने

कास्कीको अन्नपूर्ण गाउँपालिकाले पालिकाभरीका नागरिकको स्वास्थ्य बिमा ५० प्रतिशत अनुदानमा गरिदिने निर्णय गरेको छ । नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको पदबहालीका क्रममा अध्यक्ष विष्णु केसीले पालिकामा रहेका ६ हजार चार सय ६ घरपरिवारलाई प्रतिपरिवार तीन हजार पाँच सयमध्ये ५० प्रतिशत पालिकाले व्यहोरिदिने निर्णय गरेका हुन् । यो निर्णयले पालिकाको वर्षेनी एक करोड १२ लाख रुपैयाँ बिमामै खर्च हुनेछ ।पालिकाको आन्तरिक आम्दानी दुई करोड पनि छैन । संघ र प्रदेश सरकारको अनुदानमा निर्भर पालिकाले यतिधेरै रकम अनुदान दिने

अन्नपूर्ण केबलकारमा माछापुच्छ्रे बैंकका ग्राहकलाई १० प्रतिशत छुट

काठमाडौं । पोखराको अन्नपूर्ण केबलकारमा यात्रा गर्दा माछापुच्छ्रे बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने भएका छन् । आन्तरिक पर्यटन बिस्तारमा सेवा पुर्याउने र ग्राहकलाई बिशेष छुट प्रदानगर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले अन्नपूर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने गरी व्यवसायिक सम्झौता गरेको जनाएको छ । सम्झौता पत्रमा अन्नपूर्ण केबुलकारको तर्फबाट महाप्रबन्धक दिनेश पौडेल तथा […]