अब कर्मचारीले घुस खाए कार्यालय प्रमुख पनि तानिने

काठमाडौं । विभिन्न कार्यालयमा सेवाग्राहीबाट कर्मचारीले घुस लिए कार्यालय प्रमुखलाई पनि जिम्मेवारी बनाएर कारबाही प्रक्रिया सुरु भएको छ । दुई दिनअघि मात्रै भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौंका कार्यालय प्रमुख तथा उपसचिव गोविन्द अधिकारीलाई उनकै मातहत रहेका कर्मचारीको घुस प्रकरणमा जिम्मेवार बनाएर विभाग फिर्ता बोलाइएको छ । हाल उनी छानबिनको घेरामा छन् । अख्तियार दुरुपयोग …

सम्बन्धित सामग्री

भेटेरेनरी अस्पताल मकवानपुरका कर्मचारीले चार महिनादेखि तलब पाएनन्

काठमाण्डाै – भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको कार्यालय मकवानपुरमा कार्यरत कर्मचारीले विगत चार महिनादेखि तलब पाएका छैनन् । कार्यालयमा प्राविधिक प्रशासनिकसहित स्थायी र करारका गरी २० कर्मचारी छन् । उनीहरुले गएको पुस महिनादेखि अहिलेसम्म तलब नपाएको गुनासो गरेका छन् । वाग्मती प्रदेशको लेखा नियन्त्रक कार्यालयले लेखापाल तोकेर नपठाउँदा कर्मचारीले तलब नपाएका कार्यालय प्रमुख ब्रजकिशोर ठाकुरले प्रतिक्रिया दिनुभयो । साथै भेटेरेनरी औषधि खरिद, आर्थिकरूपले कार्यालय सञ्चालन तथा व्यवस्थापन, इन्धन खरिद र बर्डफ्लुबाट पीड...

गुल्मी अस्पताल कार्यालय प्रमुखविहीन, दुई महिनादेखि कर्मचारीले पाएनन् पारिश्रमिक

गुल्मी अस्पतालका कार्यालय प्रमुख डाक्टर उत्तम पच्या माघमा वीर अस्पताल काठमाडौं सरुवा भए । गुल्मी अस्पतालमा साढे चार वर्ष कार्यालय प्रमुखको रुपमा काम गरेका पच्याको सरुवापछि डाक्टर सोफिया थापाले निमित्तको...

अग्रज चिकित्सकको अहमताले थिचेको नवचिकित्सकको भविष्य

एउटा कर्मचारीले त्यसरी सेवा गर्दैगर्दा कुटाइ खानुपर्ने अवस्थाको अन्त्य हुने वातावरण बनाउने जिम्मेवारी यो समाज, कार्यालय प्रमुख तथा जनप्रतिनिधि र सम्पूर्ण राज्यको होइन र? होइन भने चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी ऐन पारित गरेर किन हात्तीको देखाउने दाँत र खाने दाँत जस्तो भिन्नता गराएको?

अबदेखि गाउँपालिकामा पनि उपसचिव

अबदेखि गाउँपालिकामा पनि उपसचिवस्तरको प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रमुख बनाइने भएको छ । अहिले सबै गाउँपालिकामा शाखा अधिकृतस्तरको कर्मचारीले कार्यालय प्रमुखको जिम्मेवारी बहन गर्दै आएका छन् । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई नेपालको संविधानले एउटै कार्यजिम्मेवारी तोकिएकाले संविधानको मर्मअनुसार गाउँपालिकामा पनि उपसचिवस्तरको कर्मचारी राख्ने तयारी भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन  मन्त्रालयले जनाएको छ । अहिले महानगरपालिका तथा उपहानगरपालिकामा सहसचिव र नगर

डब्ल्युएचओ प्रमुखले लाखौं डलर दुरूपयोग गरेको आरोप

उक्त कार्यालयका कर्मचारीले कोभिड–१९को महामारीबाट देश आक्रान्त भएका बेला कार्यालय प्रमुख डा.अक्जेमल म्याग्टिमोवाले सरकारी अधिकारीहरूलाई कम्प्युटर, सुनका सिक्का र कारसमेत उपहार दिएर डब्ल्युएचओ कोषको दुरूपयोग गरेको आरोप लगाएका हुन्।...

विद्युत प्राधिकरणका कर्मचारीले अब स्वेच्छिक अवकास लिन नपाउने

नेपाल विद्युत प्राधिकरणका कर्मचारीले अब स्वेच्छिक अवकास लिन नपाउने भएका छन्। प्राधिकरण पुस २१ गते बसेको संचालक समितिको बैठकले कर्मचारी सेवा, शर्त विनियमावली, २०७५ को विनियम १०० मा भएको स्वेच्छिक अवकास सम्बन्धी व्यवस्था मिति २०७९ श्रावण १ गते देखि खारेज गर्ने निर्णय गरेको हो । यस संगै प्राधिकरणले विनियमावलीमा तोकिएको शर्त पुरा गरेका स्वेच्छिक अवकासका लागि इच्छुक कर्मचारीहरुले आवश्यक प्रकृया पुर्याई २०७९ आषाढ मसान्त भित्र जनसाधन विभागमा दर्ता हुने गरि आवेदन दिन आग्रह गरेको छ । उक्त मिति भित्र विभागमा दर्ता नभएका तथा २०७९ आषाढ मसान्त उप्रान्त लागु हुने गरी दिइएका निवेदन उपर कुनै कारवाही नहुने प्राधिकरणले जनाएको छ ।  बीस वर्ष वा सो भन्दा बढी स्थायी सेवा अवधि पुरा गरेका र स्वेच्छिक अवकाश पाउन आवेदन गरेको मितिबाट अनिवार्य अवकास पाउन एक वर्ष भन्दा बढी सेवा अवधि बाँकी रहेका कर्मचारीले स्वेच्छिक अवकाश लिन चाहेमा आफूले कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति नलिएको र लिन आवेदन समेत नगरेको स्वःघोषणा सहित सम्बन्धित कार्यालय प्रमुख मार्फत् निवेदन दिन सक्ने ब्यबस्था थियो।  स्वेच्छिक अवकाश लिन चाहने कर्मचारीको सेवाको आवश्यकतालाई ध्यानमा राखी शैक्षिक योग्यताको प्रमाणपत्र छानविनमा नरहेको भए सहायक स्तरका कर्मचारीको स्वेच्छिक अवकाश मुख्य प्रशासकीय अधिकृतले र अधिकृत स्तरका कर्मचारीको स्वेच्छिक अवकाश समितिले स्वीकृत गर्न सक्ने ब्यबस्था थियो। स्वेच्छिक अवकाश पाउने कर्मचारीले एक वर्षको खाइपाई आएको तलव वरावरको रकम एकमुष्ट थप पाउने छन्।

विमानस्थलबाट एकैदिन भित्रिए २१ किलो सुनका बाला

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २१ किलो सुनका बालाहरू बरामद गरिएको छ । सोमवार खाडी मुलुकबाट आएकाहरूले बालाको स्वरुप बनाएर ल्याएका सुन भन्सारका कर्मचारीले बरामद गरेका हुन् ।  ती बरामद सुनका बालाहरू राजस्व तिरेपछि छाडिएको विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।  ‘गहनाहरू रसायन भएको भए पाइन्छ तर, ती काँचो सुन थिए,’ उनले भने, ‘भन्सार ऐनअनुसार राजस्व बुझाएपछि छाडिएको छ ।’

भूमिसुधार र मालपोतका कर्मचारीले तीन महिनादेखि किन पाएनन तलब?

वीरगंज : भूमिसुधार तथा मालपोत कार्यालय पर्साका कर्मचारीहरुले गत पुसदेखि फागुन मसान्तसम्म तीन महिनाको तलब भत्ता पाएका छैनन्। कार्यालय प्रमुख तथा कर्मचारीहरुको लापारवाहीकै कारण उनीहरुले तलब भत्ता नपाएको खुलेको छ। कार्यालयले चालू आर्थिक वर्षको साउनमा पेश गर्नू पर्ने तलबी प्रतिवेदन कोष तथा लेखा नियन्त्रक कार्यालय पर्सामा पेश गरी स्वीकृत नगराएको…