विमानस्थलबाट एकैदिन भित्रिए २१ किलो सुनका बाला

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २१ किलो सुनका बालाहरू बरामद गरिएको छ । सोमवार खाडी मुलुकबाट आएकाहरूले बालाको स्वरुप बनाएर ल्याएका सुन भन्सारका कर्मचारीले बरामद गरेका हुन् ।  ती बरामद सुनका बालाहरू राजस्व तिरेपछि छाडिएको विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।  ‘गहनाहरू रसायन भएको भए पाइन्छ तर, ती काँचो सुन थिए,’ उनले भने, ‘भन्सार ऐनअनुसार राजस्व बुझाएपछि छाडिएको छ ।’