यतिबेला सबैलाई चुनावी माहोलको प्रचारप्रसारको काममा खट्नलाई निकै चटारो छ तर, काभ्रेपलाञ्चोकको कोसीपारिस्थित भुम्लु गाउँपालिका –६ कोलातीका बासिन्दालाई भने कसरी खानेपानीको जोहो गर्ने भन्ने चटारो छ । बिहान जो पहिला धारामा पुग्यो उसैले धेरै पानी ल्याउन पाउने भएकाले यहाँका बासिन्दा खानेपानीको जोहो गर्ने चटारोमा रहेका छन् ।कोलातीका लालबहादुर नेपालीले घर बनाउन तीन महिना अगाडि ल्याएको पानी ट्याङ्कीमा अलिअलि गरेर ओसार्दै गरेको धेरै भयो । अझै पुग्दोगरी पानी जोहो गर्न पाएको छैनन् । घरबाट धारासम्म पुग्