ज्यानको जोखिम एकातिर, दाउराको जोहो अर्कातिर

जनकपुरधाम : आर्थिक अभावकै कारण बाँच्नका लागि गरिने संघर्ष अनेक् हुन्छन्। प्रदेश २ मा दुई छाक खान धाैधाै पर्ने समुदायको अभावको व्यथा अलग्गै छ। खाना जोहो गर्ने उनीहरूको पीडा त एक ठाउँमा छ नै खाना पकाउने इन्धन जोहो गर्न पनि उनीहरूलाई निकै सकस हुने गर्छ। ग्रामीण भेगमा बसोबास गरिरहेका प्रायः सबैजसले खाना पकाउन कहिले पातपतिङ्गर संकलन गर्छन् त धेरैजसोले गुइँठा बाल्ने गर्छन्।गाई भैंसीको गोबरबाट बनाइने गुइँठा बालेर खाना पकाउने समुदाय प्रदेश २ मा अझै पनि छन्। स

सम्बन्धित सामग्री

जाडोमा निम्तिने जोखिम

चिसो दिनानुदिन बढिरहेको छ । जति बढी गरिब, चिसोले त्यति बढी असर पर्छ । एकसरो लुगासमेत राम्रोसँग लाउन नपाउने गरिब जनता, त्यसमाथि बूढाबूढी, सुत्केरी, दीर्घरोगी र बालबालिकाका लागि चिसो याम कष्टप्रद हुन्छ । मधेशमा अधिकांश समय गर्मी हुने भएकाले जाडोका लागि विशेष जोहो गर्ने चलन हुँदैन ।

नेपालमा सामाजिक सुरक्षा: अवधारणा र अभ्यास

नागरिकको जीवनमा आइपर्ने जोखिम न्यूनीकरण गर्न र मर्यादित जीवन निर्वाहको सुनिश्चित गर्न निश्चित योजनासहितको भरपर्दो सहयोग तथा स्रोतसाधनको जोहो गर्नुपर्छ भन्ने मान्यताका आधारमा सामाजिक सुरक्षाको अवधारण आएको पाइन्छ।...

ब्याजदर वृद्धिले बैंकिङ क्षेत्र जोखिम उन्मुख

लक्षित उद्देश्य प्राप्त गर्ने बाटोमा आइपर्ने बाधालाई सामान्य अर्थमा जोखिम भन्ने गरिन्छ । बैंकिङ क्षेत्रले जोखिमभित्र रहेर अवसरको खोजी गर्नुपर्ने हुन्छ । कर्जा, बजार, कार्यसञ्चालन, तरलता र ब्याजदर आदि यस क्षेत्रका प्रमुख जोखिम हुन् । बैंक तथा वित्तीय संस्था जनविश्वासमा सञ्चालन हुने दीर्घकालीन कम्पनी हुन् । विश्वव्यापीकरण तथा उदारीकरण, तीव्रगतिमा भएको प्रविधिको विकास, नयाँनयाँ वित्तीय उपकरणको प्रयोग आदिबाट बैंक तथा वित्तीय संस्थाबीच तीव्र प्रतिस्पर्धा छ, जसबाट जोखिम बढिरहेको छ । जोखिम व्यवस्थापनले बैंकहरूको स्थायित्व र नाफाको सुनिश्चितताका साथै पूँजीको रक्षा गर्छ । जोखिम न्यूनीकरण गर्न सकिए पनि शून्यमा राखेर व्यवसाय गर्न नसकिने भएकाले यसको उचित व्यवस्थापन गर्दै बैंकिङ क्षेत्रलाई प्रतिस्पर्धी बनाउन सकिन्छ । ब्याजदरले अर्थतन्त्रलाई प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पारेको हुन्छ । लगानीको माग र आपूर्तिको अन्तरक्रियाबाट नै ब्याजदर निर्धारण हुने सैद्धान्तिक मान्यता भए तापनि संकट व्यवस्थापन र ग्राहकको सन्तुष्टि एवं बैंकिङ व्यवसायलाई दृष्टिगत गर्दा ब्याजदर ग्राहकमैत्री हुनुपर्छ । तर, पछिल्ला वर्षहरूमा ब्याजदर आफूखुशी निर्धारण गरी बैंकहरू सेवाभन्दा पनि नाफालक्षित देखिएका छन् । यसले दीर्घकालमा बैंकहरूको जोखिम बढ्छ । हाम्रो जस्तो मौद्रिक संयन्त्र र सूचना प्रणालीको भरपर्दो एवं प्रभावकारी व्यवस्था नभएको तथा माग र आपूर्तिको गणनाको विधि वैज्ञानिक नभएको ठाउँमा ब्याजदर निर्धारण कठिन छ । अर्कोतर्फ आधार दर पनि स्थिर छैन । त्यसो त वासलातको शुद्धताप्रति पनि बेलाबेला प्रश्न उठ्ने गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदर स्वतन्त्र छाड्नुपर्छ वा नियन्त्रण गर्नुपर्छ भन्ने विषयमा विज्ञहरूबीच विवाद छ । नेपालमा विसं २०४३ बाट निर्देशित कर्जामा बाहेक अन्यमा बैंकिङ बजारले आफै ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था भयो । अझ विसं २०४६ को प्रजातन्त्रपछि त नेपालको बैंकिङ बजारले स्वतन्त्र ब्याजदर निर्धारण प्रणालीमा प्रवेश पायो । विसं २०५९ बाट केन्द्रीय बैंकले आफ्नो प्रत्यक्ष नियमन हटाई ब्याजदर अन्तरलाई पनि हटाएर निक्षेप र कर्जाको ब्याजदर बैंक आफैले तोक्न सक्ने अवस्था सृजना गरिदियो । तर, कार्यान्वयन पक्ष व्यावहारिक हुन सकेन । ब्याजदर वृद्धिले उत्पादन लागत बढाउँछ, मुद्रास्फीति र महँगी थप वृद्धि गर्छ, जसले उपभोक्ताको दैनिक लागत बढ्न गई आयमा ह्रास आउँछ । फलत: बैंकिङ ऋणको किस्ता र ब्याज समयमा भुक्तानी हुन सक्दैन । उद्योग व्यवसायको समेत लागत बढ्न जान्छ । यसले कर्जा असुलीमा समस्या आई बैंक तथा वित्तीय संस्थाको कर्जाको भाखा नाघी खराब कर्जा वृद्धि हुन सक्छ । यसले मुलुकको अर्थव्यवस्थालाई समेत थप संकट उन्मुख बनाउँछ । अहिलेको तरलता संकट बढ्नुमा मूलत: क्रिप्टोकरेन्सी, हुन्डीलगायत अनौपचारिक क्षेत्रको बढ्दो गतिविधि, उच्च वर्गका व्यक्तिहरूले क्यापिटल फ्लाई गरेको आशंका, सहकारीको बढ्दो गतिविधि, विकास खर्च न्यून र बढ्दो आयात रहेको छ । क्रिप्टोकरेन्सी पैसा लुकाउन र फ्लाई गर्न सजिलो माध्यम भएकाले यसलाई कानूनी दायरामा ल्याउन ढिला भइसकेको छ । ब्याज वृद्धिले उद्योग, कृषि, पर्यटन र ऊर्जामा असर पर्ने र यसले बजारलाई थप महँगीतर्फ धकेल्ने देखिन्छ । आयातमा संकुचनले मात्र विदेशी मुद्राको सञ्चिति बढ्ने नभई निर्यातयोग्य उद्योगलाई थप प्राथमिकतामा राखी यसको विकास गर्न ढिला भइसकेको छ । आयात संकुचनले आपूर्तिमा कमी आई महँगी मात्र बढाउँछ । उपभोग्य वस्तुमा मात्र ८० प्रतिशतभन्दा बढी आयातमा भर पर्ने स्थिति देखिन्छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध समीक्षा गर्न लागेको मौका पारी नेपाल बैंकर्स एशोसिएशनले आफ्ना माग राख्दै निक्षेप खाताहरूमा दिइने अधिकतम र न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशतभन्दा बढीले फरक पार्न नपाइने व्यवस्था हटाउनुपर्छ । आधारदरलाई खुकुलो बनाउनुपर्छ । यसले तत्काललाई तरलतामा केही सहज भए तापनि बैंकिङ जोखिम बढाई अन्तत: बैंक तथा वित्तीय संस्थामा वित्तीय संकट आउने सम्भावना रहन्छ । निजीक्षेत्रलाई विश्वासमा लिएर नीति बनाउनु पर्छ । कोभिडका कारण अर्थतन्त्रमा ठूलो धक्का लागेको छ । निक्षेपको ब्याजदर बढेसँगै अब कर्जाको ब्याजदर पनि बढ्ने निश्चित छ । बैंकहरूले अब व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११ दशमलव शून्य ३ र संस्थागतमा अधिकतम १० दशमलव शून्य ३ प्रतिशत ब्याजदर दिन पाउने छन् । ब्याजदर बढाउँदा पनि निक्षेप स्पष्ट बढ्ने आधार देखिँदैन । ब्याजदर स्थिरताले अल्पकालीन तरलता चाप पर्ने भए तापनि दीर्घकालीन रूपमा तरलता सहज हुन्छ । निक्षेपको ब्याज वृद्धिले बैंकको लागत वृद्धि हुन्छ भने अर्कोतर्फ कर्जाको ब्याज बढ्दा ऋणीको व्ययभार बढ्न गई बैकिङप्रति जनविश्वासमा कमी आउने देखिन्छ । ब्याजदरलाई आफूखुसी बढाउन र घटाउन पाउने निर्णयले बैंकिङ क्षेत्रमा बेथिति निम्तिने खतरा उत्तिकै बढेको देखिन्छ । अहिलेको बैंकिङ बजारको अवस्था हेर्दा बचत निक्षेपको तुलनामा मुद्दती निक्षेपको अंश बढेकाले तरलतामा थप दबाब बढेको देखिन्छ । तसर्थ मुद्दती निक्षेपको समयावधि घटाउनुपर्ने देखिन्छ । जग्गा खरीद र प्लटिङ एक अन्य अनुत्पादक क्षेत्रमा बैंकको लगानी बढेका कारण पनि तरलतामा थप दबाब आयो फलस्वरूप बैंकहरू तरलताको जोहो गर्ने भन्दै ब्याजदर बढाउने बारे स्वतन्त्रताको माग गर्न थालेको देखिन्छ । बैंकिङ पहुँच ६० प्रतिशत जनसंख्यामा मात्र सीमित देखिनुले पनि स्रोत संकलनमा चुनौती थपेको छ । तसर्थ ब्याजदर वृद्धिले तरलताको अल्पकालीन समाधान मात्र दिने तर महँगी बढ्ने, मुद्रास्फीति बढ्ने, व्यययोग्य आयमा कमी, कृषि, उद्योग, वाणिज्य, पर्यटन, पूर्वाधार र जलस्रोतको क्षेत्रमा बढ्दो लागत आदि समस्या आउने र अन्तत: कर्जाको ब्याज र साँवा तिर्न नसकी खराब कर्जा बढ्ने देखिन्छ । यसबाट बैंकिङ क्षेत्रमा थप जोखिम बढ्ने कुरामा कसैको दुईमत नरहला । लेखक बैंक तथा वित्तीय क्षेत्रका विज्ञ हुन् ।

जिन सिक्वेन्सिङ गरिएका सबै २४ नमुनामा ओमिक्रोन पुष्टि

ओमिक्रोन संक्रमण बढेपछि सिसिएमसीको बैठक : अत्यावश्यक स्वास्थ्य सामग्री जोहो गर्न र खोप अभियानलाई तीव्र पार्न प्रधानमन्त्री देउवाको निर्देशन प्रधानमन्त्री शेरबहादुर देउवाले ओमिक्रोन फैलिएसँगै जोखिम बढेको भन्दै उच्च सतर्कता अपनाउन मातहतका...

बाढीमा जोखिम मोल्दै दाउराको जोहो [फोटोफिचर]

बाढीले यत्रतत्र डुबाएपछि जनजीवन त्रासमय बनेको छ । तर सप्तकोसी किनारका बासिन्दाको जीवनशैली भने फरक देखिन्छ । प्रदेश १ र २ लाई छुट्याउने विन्दु नेपाल–भारत सीमाना सप्तकोसी ब्यारेजमा भेटिएका ११ वर्षीय दिपक राम व्यारेजको खोलिएको ढोकाको अगाडि रुखको मुडा कतिखेर बगेर आउला भनेर ढुकी बसेका छन् । जब नदीमा बाढी आउँछ, तब उनी दाउरा खोज्ने दाउमा हुन्छन् । उनी बुधबार मध्यान्ह धमिलो नदी उर्लिएको बहावमा जोखिम मोलेर सिंगासिंगै रुखका मुडा निकाल्न व्यस्त थिए ।

पुग्दो छ त अक्सिजन ?

काठमाडौं । कोरोना महामारीको दस्रो लहरमा अक्सिजनको चरम अभाव झेल्नुपर्यो । धेरै बिरामीले अक्सिजन नपाएर ज्यान गुमाए । व्यक्ति – व्यक्तिदेखि राज्यका विभिन्न निकायसम्म अक्सिजनको जोहो गर्न लागिपरे । मुलुकभर फेरि बिस्तारै महामारीको तेस्रो लहरकोे जोखिम देखिँदै छ । के अब तेस्रो लहर आइहाले त्यसलाई थेग्न सक्ने अक्सिजन व्यवस्थापन हुन्छ त ? कतिपय प्रदेश यसमा […]

संघीय संरचनामा विपद्‌ पूर्वतयारीलाई संस्थागत गर्न चुनौतीहरू

सन्दर्भ विपद्‌ पूर्वतयारी जोखिम कम गर्ने एउटा बाटो हो । यो नयाँ विषयपनिहोइन तर अब नयाँ ढङ्गले गर्नुपर्ने भएको छ। नेपाली समाजमा विपद्‌ जोखिम कम गर्ने परम्परागत अभ्यासहरूछन्।ऋतु अनुसार हुन सक्ने प्रतिकूल अवस्थासँग जुझ्‍न लत्ताकपडा, खाद्य सामाग्रीको जोहो गर्ने देखि गर्मीमा लेक जाने रजाडोमा वेशी झर्ने अभ्यासहरूले यस्ता परम्परालाई इन्गित गर्दछन् । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय […]

कलेज विद्यालय बन्द कहिलेसम्म ? : RajdhaniDaily.com

RajdhaniDaily.com | उपत्यकामा जेठ १४ देखि २० सम्मको निषेधाज्ञामा खाद्यपसलसमेत बन्द गरिएको छ । खाद्यपदार्थ जोहो गर्न दुई दिन दिँदा झनै जोखिम बढाएको छ । भीड न मास्क न सामाजिक - काेराेना, डा. बुढाथाेकी

विदेशी पैसा ल्याउन बैंकहरूले थाले पहल, जोखिम घटाउन सहुलियत माग

काठमाडौं। आन्तरिक स्रोतबाट मात्रै निक्षेप जोहो गर्न कठिन हुन थालेपछि सानिमा बैंकले विदेशी संस्थाहरूबाट पैसा भित्र्याउन पहल गरिरहेको छ।

बाढीमा दाउराको जोहो [तस्बिरहरु]

वर्षाको बाढीले कतिलाई हैरानी दिएको छ । बाढीले कटान, डुबान, पहिरो जस्ता समस्या निम्तिएका छन् । तर कतिपयलाई बाढी अवसर पनि भइरहेको छ । वर्षामा बाढी आउँदा स्थानीय दाउराको जोहो गर्छन् । गत आइतबार यहाँको हर्कपुर र उदयपुरको घुर्मी जोड्ने सुनकोसी पुल नजिकैको किनारामा स्थानीय बाढीले बगाएको दाउरा खोज्नमा व्यस्त भेटिए । ज्यानकै जोखिम मोलेर पानीबाट उनीहरु दिनभरि दाउरा निकाल्ने काममा खटिए ।