दशैँ खर्चको जोहो गर्न आए, ‘ठेकेदार’बाट ठगिए

दैलेख : घरपरिवारको गर्जो टार्न बिरामी आमाको उपचार र दशैंमा बालबच्चालाई एकसरो कपडाको जोहो गर्न भन्दै बर्दियाको राजापुर नगरपालिका–१ की सङ्गीता विक दुई महिनाअघि दैलेखमा मजदुरी गर्न आइन्।स्थानीय पेटी ठेकेदार मोहमत आलम (आस्लाम) को सम्पर्कमा मजदुर काममा दैलेख आएकी उनलाई अहिले दशैँ कसरी मान्ने भन्ने पिरलो मात्र छैन। उनलाई दशैँमा घर जान भाडाको जोहो गर्नसमेत मुस्किल परेको छ।पहिलो पटक मजदुर कामका लागि दैलेख आएकी सङ्गीतालाई कामबापतको रकम ठेकेदारले नदिँदा दशैंको मुखमा उनी समस्यामा परेकी

सम्बन्धित सामग्री

गाउँ-बस्तीमा दशैँ : विगत र वर्तमान

‘दशैँ आयो खाउँला पिउँला !’ केटाकेटीको औँलानाट्यबाट गाउँ–बस्तीका घर–घरमा दशैँका श्रव्यदृश्यको पर्दा उठ्थ्यो । मिठास बोल्न थाल्थ्यो । म आफू बालक छँदाका गाउँघरका कुरा गर्दै छु । गाउँमा वर्षाऋतु खेतीपातीको मौसम । उदाएदेखि अस्ताएसम्म हतारो, चटारो । दिनरात नभनी खटेर खेतबारीमा काम गर्ने बेला । किसान जनताका लागि वर्षभरिको खानपानको जोहो गर्ने बेला । पानीमा […]

दशैँ खर्च २५ हजार पाएपछि राउटे मुखियाको गुनासो : यो रकमले दशैँ मान्न धौ धौ हुन्छ

दाङ : लुम्बिनी प्रदेश सरकारले राउटे समुदायलाई  दशैँ खर्च उपलब्ध गराएको छ। केही दिन अघि दशैँ खर्चको जोहो गर्न आएका उनीहरूलाई  प्रदेश सरकारले २५ हजार उपलब्ध गराएको हो।  मंगलबार मन्त्रालयमा बोलाएर दशैँ खर्च उपलब्ध गराइएको हो।अर्थमन्त्री धनबहादुर मास्कीले राउटेहरूलाई सरकारको तर्फबाट दशैँ खर्च बापत २५ हजार रूपैयाँ उपलब्ध गराएका थिए।दैलेखबाट आएका राउटेका मुखिया बिर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई मन्त्री मास्कीले उक्त पैसा हस्तान्तरण गरेका थिए। सरकारले दिएको पैसा सही सद

दशैँ खर्च जुटाउन दैलेखबाट दाङ आइपुग्यो राउटे समुदाय

दाङ : दशैँ खर्चको जोहो गर्न दैलेखबाट राउटे समुदायका ३ जना व्यक्ति लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको देउखुरी आइपुगेका छन्।उनीहरु मुख्यमन्त्री तथा मन्त्रीहरूलाई भेट्न दाङ आएका आइपुगेका हुन्। राउटेका अगुवा लालबहादुर शाहीसहित बिर्ख शाही र जीवन शाही बस चढेर मंगलबार देउखुरी आइपुगेका हुन्।दशैँ खर्चको जोहो गर्न आफूहरू दाङ आएको लालबहादुरले बताए। ‘मुख्यमन्त्री छैनन् रे, भेट्न पाएनौँ। भोलि आउँछन् रे,‘ उनले भने।उनका अनुसार दशैँ खर्चको लागि सहयोग माग्न आएको र पाएको त्यो सह

दशैँ–तिहारसँगै डुङ्गा व्यवसायी व्यस्त

कास्की वर्षायाम सकिएसँगै फेवातालका डुङ्गा व्यवसायीहरू व्यस्त हुन थालेका छन् । आन्तरिक र बाह्य पर्यटकको आगमन बढेसँगै डुङ्गा चालकहरू चाडपर्वका लागि पैसा जोहो गर्ने सुरसारमा छन् ।  कोरोनाले पोखराको पर्यटन व्यवसाय समस्यामा थियो । चाडपर्व सुरु भएसँगै बाक्लिएको पर्यटकको घुइँचोले उनीहरूमा आशा जगाएको छ । तीमध्ये डुङ्गा चालकहरू पनि आयआर्जन बढ्नेमा ढुक्क छन् । कोरोना मत्थर भएसँगै पोखरामा पर्यटकको सङ्ख्या बढेको डुङ्गा चालक चिजमान गुरुङले बताउनुभयो । पोखरा आएका पाहुना फेवाताल पुगेर डुङ्गा सयर गर्ने उहाँको भनाइ थियो । यसरी फेवाता...

दशैँ दशा बन्यो, दीपेन्द्रको घरमा अहिलेसम्म दशैँ आएको छैन

ताप्लेजुङ – सबैको घरमा दशैँ घर भित्र पस्यो । भोलि दशैँको सप्तमी अर्थात फूलपाती । तर, फुङलिङ नगरपालिका ३ मेदिवुङमा मोतिलाल भट्टराईको जग्गामा पाल टाँगेर बसेका दीपेन्द्र कालिकोटे (विश्वकर्मा विक) को घरमा भने अहिलेसम्म खानेकुरा केही छैन । उहाँ भन्नुहुन्छ, ‘दशैँको लागि खानेकुरा जोहो गर्न सकिएन । अहिले खान पनि चामल छैन । छोरा छोरी तथा बुढीलाई नयाँ लुगा किन्ने, दशैँमा रमाइलो गर्ने सपना सपना मै हराएर गयो ।’ आफ्नो घर अर्थात पाल देखाउँदै विक भन्नुहुन्छ, ‘घरबाट पानी बाहिर जाँदैन सबै चुहिएर घर...

रातोमाटो र कमेरोले घर पोत्ने प्रचलन हराउँदै

बागलुङ : बागलुङको निसीखोला गाउँपालिका–४ की फुर्सी विकलाई दशैँको घटस्थापनाको दिनसम्म रातोमाटो र कमेरो गाउँलेका घर–घरमा पुर्‍याउन भ्याइनभ्याई हुन्थ्यो।उनले माटो गाउँलेका घरमा पुर्‍याइदिए बापत दशैँ खर्च पाउँथिन्। तर, दुई वर्ष यता उनलाई दशैँ खर्च जोहो गर्न मुस्किल भईरहेको छ। गाउँमा खर र ढुङ्गेघर विस्थापित हुँदै गएपछि स्थानीयले रातोमाटो र सेतो कमेरोले घर पोत्न छोडिसके।घर माटोले पोत्ने प्रचलन घट्दै गएपछि माटो बेचेर जीविका चलाउँदै आएकी विकले अहिले पेशा परिवर्तन गर्ने सोचाइमा छिन्। &

भदौ अन्तिमदेखि सुपथ मूल्य पसल

काठमाडौं, भदौ ९ । चाडपर्व नजिकिँदै गर्दा उपभोक्ताको ध्यान सामान खरिद र त्यसका लागि खर्चको जोहो गर्नेतिर जान थालेको छ । व्यापारी दशैँ, तिहारका लागि बिक्री गर्ने सामानको तयारी गर्न थालेका छन् । सरकार भने सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गर्न थालेको छ । असोजको दोस्रो–तेस्रो सातामा परेको यस वर्षको दशैँ र कात्तिकको दोस्रो […]

तस्वीर : दशैँमा घर पोत्नका लागि रातो माटोको जोहो गर्दै महिला

दशैँमा घर पोत्नका लागि रातो माटोको जोहो गर्दै बागलुङ नगरपालिका–३ रातामाटाका महिला । दशैँ तिहारमा घर सिगार्नका लागि रातो माटोको प्रयोग गर्ने गरिन्छ ।  तस्वीर : रासस

दशैँ नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

असोज ९, धरान । कोरोना संक्रमणका कारण दोस्रो चरणको लकडाउनमा बन्द भएको धरान स्थित कृषि उपज बजार स्थलको पशु बजार शुक्रवारबाट खुला गरिएको छ । संक्रमणको जोखिम कायमै रहेपनि दशैँ तिहार नजिकिदै गएपछि सर्वपक्षीय छलफलबाट कृषि बजारको पशु बजार खुला गरिएको हो । खुला गरिएकै दिन कृषि बजारमा खसी बोकाको कारोबार उल्लेख्य रुपमा भएको छ । दशैँको खर्च जोहो गर्ने कृषकहरुले बजार खुल्ला भएको थाहा पाएलगत्तै कोशी पहाडी जिल्लाबाट कृषकहरुले खसी बोका विक्रीका लागि बजार ल्याएका थिए । बजारमा भारतीय व्यापारीहरु आएका छन् ।  पूर्वी पहाडी क्षेत्र तथा सुनसरी र मोरङका कृषकहरुले खसी बोका विक्रीका लागि कृषि बजार नै ल्याउने गरेका छन् । लामो समयदेखि भएको बन्दका कारण दशैँलाई लक्षित गरेर पालिएका खसी बोका विक्री नहुने र चाडपर्व मनाउन नपाइएला भन्ने त्रास उनीहरुमा थियो । तर बजार खुलेसँगै उनीहरु उत्साहित बनेका छन् ।  धनकुटा डाँडाबजारकी विमला राई भन्छिन्, ‘कोरोनाकै कारण यस पटकको दशैँ खल्लो हुने हो कि भन्ने डर थियो, तर अब भने ढुक्क छु, यही खसी बोका पालेर दशैँ मनाउने विचार थियो, त्यो पूरा भयो ।’ उनले ५ ओटा खसी बोका विक्री गर्दा करीब १ लाख रुपैयाँ हातमा समाइन् । मेहनत गरेर चाडपर्वलाई लक्षित गरी पालिएको खसीबोका विक्री गर्न नपाएको भए दशैँ पनि राम्ररी मनाउन नपाइने उनी सुनाउँछिन् । यता व्यापारी पनि दशैका मुखमा आएर खसी बोकाको कारोबार गर्न पाएकोमा खुशी भएका छन् । झापा चन्द्रगढीका चन्द्र खड्काले कृषि बजारको पशु बजार खुल्यो नत्र दशै मनाउन नपाईला जस्तो लागेको बताए ।  धरान १३ कृषि उपज बजारका अनुसार बजार खुला भएको पहिलो शुक्रवार नै खसीबोकाको उल्लेख्य कारोबार भएको जानकारी दिएको छ । कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार बजार खुलेको पहिलो शुक्रवार नै १ करोड ६५ लाख बराबरको १५ हजार ७ ओटा खसीबोकाको कारोबार भएको बताए । उनले यो शुक्रवार जिउँदो खसी प्रतिकेजी ५५० रुपैयाँ प्रतिकेजी विक्री भएको बताए । अरु बेला मासिक ६ करोड बराबरको कारोबार हुने यो बजारमा कोरोना संंक्रमणले कारोबार नै प्रभावित बनाएको बताए । उनले भने, ‘विगतको वर्ष जस्तै यो वर्ष पनि कोरोनाकै कारण खसीबोकाको कारोबार प्रभावित बन्ने हो भन्ने डर थियो, तर कोरोना जोखिम केही सहज भएपछि हामीले पशु बजार खोलेका हौ, यो बजार खुलेपछि कृषक तथा व्यापारी सबैभन्दा बढी लाभान्वित भए ।’

दशैँ आयो : खर्चको जोहो गर्नै गाह्रो

गएको वर्ष लकडाउनले सबैजसो चाडपर्व खल्लो भए । आफन्तसँग भेटघाट हुन पाएन । प्रत्यक्ष भेट सम्भव भएन पोहोर । तर, यसपालि कोरोना केही मत्थर भएको छ । लकडाउन हटेको छ । बजारमा चहलपहल बढेको छ ।सोर्‍ह श्राद्ध सुरु भएसँगै अब दशैँ पनि नजिकै आउँदैछ । दशैं चाड मात्र नभएर एउटा उत्सवका रुपमा पनि नेपालीहरुले मनाउँदै आएका छन् । दशैंमा विशेष गरी राम्रो लगाउने, मिठो खाने गरिन्छ । आफन्त तथा साथीभाइ भेटघाट गरी आपसी सद्भाव र भाइचारा बढाउने पर्वको रुपमा पनि लिइन्छ दशैँलाई । अरूबेला भन्दा यही बेला खर्च बढी हुन्छ । कोरोन...