बाराको एक घरबाट लाखौँको गहना चोरी

बारा – बाराको निजगढ नगरपालिका-९ निवासी गोविन्द खरेलको घरमा मंगलबार दिउँसो चोरी भएको छ। चोरहरुको समूहले खरेलेको घरको मूल ढोका तोडफोड गरेर दराज र सन्दुकमा राखिएको नगदसहित लाखौँ मूल्य बराबरको सुनकाे गहना चोरी गरेको हो। घरमा राखिएको करिब २५ तोला सुन र १ लाख रुपैयाँ चोरी भएको खरेलले जानकारी दिए। घरमा मान्छे नभएको मौका पारेर […]

सम्बन्धित सामग्री

करिब १२ लाख मूल्य बराबरको गहना चोरी

कपिलवस्तु, बिजयनगर गाउँपालिका-७ लालपुर बस्ने ४९ वर्षीय राज बहादुर कुर्मी चौधरीको घरबाट झ्याल र ढोका खुला रहेको मौकामा सुन र चाँदीका विभिन्न गहना गरी १२ लाख रूपैयाँ बराबरको धनमाल बुधबार राति चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

रजनीकान्तकी छोरी ऐश्वर्याको घरबाट गहना चोरी

एजेन्सी । भारतीय अभिनेता रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्तको घरबाट करिब ६० तोला गहना चोरी भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार उनको चेन्नईस्थित घरको लकरबाट गहना चोरी भएको हो । उक्त गहनाको मूल्य करिब ३ करोड ६० लाख भारतीय रुपैयाँ रहेको बताइएको छ । उनले चेन्नईको टेनामपेट प्रहरी थानामा उजुरी दिएकी छन् । प्रहरीका अनुसार […]

अभिनेत्री प्रियंका कार्कीको घरबाट नगद र सुन चोरी

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको ललितपुर भैंसेपाटीस्थित घरमा चोरी भएको छ । प्रहरीका अनुसार लक्ष्मीपूजाको दिन राति ९ बजे उक्त चोरीको घटना भएको हो । प्रहरी परिसर, ललितपुरका प्रवक्ता सुधीरराज शाहीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार प्रियंकाको घरबाट ३० हजार रुपैयाँ नगद र करिब ५ तोला सुनका गहना चोरी भएको छ । उक्त नगद र सुन […]

बुढानिलकण्ठमा नगद तथा सुनका विभिन्न गहना चोरी

काठमाडौंको  बुढानिलकण्ठ नगरपालिका-९ मण्डिखाटार श्रीडी कोलोनी बस्ने अन्जु आचार्यको घरबाट नगद र सुनका विभिन्न गहना समेत गरी करिब ११ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको छ । उनको घरमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग मण्डिखाटारबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सूर्यविनायकबाट २५ लाखभन्दा बढी रुपैयाँको गहना चोरी

भक्तपुर – सूर्यविनायक नगरपालिका–२ बालकोट अधिकारी टोल बस्ने ३३ वर्षीय किरण राज उप्रेतीको घरबाट सुन तथा चाँदीका विभिन्न गहना चोरी भएको छ । उप्रेतीको घरबाट करिब २५ लाख ८८ हजार रुपैयाँ बराबरको सुन तथा चाँदीको गहना चोरी भएको प्रहरीले जनाएको छ। आइतबार साँझ ती गहना चोरी भएको हो । गहना चोरी भएको भन्ने खबर प्राप्त […]

नगद र सुनका गहना चोरी

महोत्तरी – जिल्लााको लोहारपट्टी नगरपालिका–८ का मनिष ठाकुरको घरबाट गए राति नगद र सुनका गरगहना गरी छ लाख रुपैयाँ बढीको चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार चोरले घरमा कोही नभएको बेला मूलढोका, भित्रीढोका र दराजको ताल्चा फुटाई सुनका बाला, मङ्गलसूत्र, तिलहरीलगायत गरी छ लाख १७ हजार रुपैयाँ […]

दशैंको बेला धनगढीमा नगद र गहना चोरी

१ कात्तिक, धनगढी । दशैंको बेला कैलालीको धनगढीस्थित एक घरबाट नगद र सुनका गहना चोरी भएको छ । धनगढी उपमहानगरपालिका–४ भगवती टोलका स्थानीय इन्द्रबहादुर सिंहको घरमा चोरी भएको हो । सिंहले २ लाख ३० हजार रुपैयाँ नगद र करिब २० तोला सुनका गहना चोरी भएको भन्दै कैलाली गाउँमा रहेको प्रहरी चौकीमा निवेदन दिएको जिल्ला प्रहरी […]

धर्मस्थलीबाट ७ तोला सुनका गहना चोरी

काठमाडौंको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीमा घर फुटाएर गहना चोरी भएको छ । धर्मस्थलीस्थित ढकालटार बस्ने ईश्वरप्रसाद श्रेष्ठको घरबाट बिहीबार ७ तोला गहना चोरी भएको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी निर्मल बुढाथोकीले रातोपाटीलाई बताए ।दिउँसोको समयमा श्रेष्ठ परिवार पाहुना लाग्न गएको बेलामा चोरीमा संलग्न समूहले करिब ६ लाख ९२ हजार बराबरको गहना चोरेका हुन् । ढोकाको ताल्चा फुटाएर गहना चोरेको भेटिएको छ । चोरीमा संलग्नको खोजी भइरहेको डिएसपी बुढाथोकीले बताए ।

बुढानीलकण्ठबाट २२ तोला सुन र ७ सय तोला चाँदीका गहना चोरी

काठमाडौं। बुढानीलकण्ठ नगरपालिका–५ स्थित रोडशो हाउजिङभित्र रहेको सहाना श्रेष्ठको घरबाट करिब २२ तोला सुन र ७ सय तोला चाँदीका विभिन्न गहना चोरी भएको छ। बिहीबार दिउँसो चोरले ती गहना चोरी गरेको प्रहरले जानकारी दिएको छ। प्रहरीकाअनुसार करिब २८ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। घरमा कोही नभएको अवस्थामा आलमुनियमको झ्याल फुटाई अपरिचित व्यक्तिहरुले गहना चोरी गरेको भनाई प्रहरीको छ।

तीन जना मिलेर नगद १३ लाख र १५ तोलाको सुनको गहना चोरी

काठमाडौं।प्रहरीले नगद १३ लाख रुपैयाँ र १५ तोला बराबरको हीरा जडित सुनको गहना चोरी गरेको आरोपमा तीन जनालाई शनिबार पक्राउ गरेको छ।पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका–४ का जनक थापा,सोही ठाउँ बस्ने नरबहादुर थापा र उनकै दाइ छत्रबहादुर थापा रहेका छन्। उनीहरुले भारत राइपुर सेईबजार मुजगाहान ‘शंकराचार्य कलेज’का अध्यक्ष निशान त्रिपाठीको घरबाट नगद र सुनका गहना चोरी गरेको प्रहरीले जनाएको छ।