दशैंको बेला धनगढीमा नगद र गहना चोरी

१ कात्तिक, धनगढी । दशैंको बेला कैलालीको धनगढीस्थित एक घरबाट नगद र सुनका गहना चोरी भएको छ । धनगढी उपमहानगरपालिका–४ भगवती टोलका स्थानीय इन्द्रबहादुर सिंहको घरमा चोरी भएको हो । सिंहले २ लाख ३० हजार रुपैयाँ नगद र करिब २० तोला सुनका गहना चोरी भएको भन्दै कैलाली गाउँमा रहेको प्रहरी चौकीमा निवेदन दिएको जिल्ला प्रहरी […]

सम्बन्धित सामग्री

काठमाडौंमा नगद र सुनका गहना चोरी गर्ने तीन जना पक्राउ

काठमाडौं । काठमाडौंको सिनामङ्गलबाट  सुनका गरगहना तथा नगद चोरी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी–१० घर भई हाल भक्तपुर कौशलटार बस्ने ३० वर्षीय मनोज थापा, गोरखा पृथ्वीनारायण–७ घर भई हाल काठमाडौं, कलङ्की बस्ने ३२ वर्षीय अर्जुन थापा र झापा मेचिनगर–५ घर भई हाल काठमाडौं, गौशाला बस्ने ३० […]

सुनका गहना चोरी गरेको आरोपमा पक्राउ

पोखरा। कास्की प्रहरीले पोखराका विभिन्न ठाउँबाट सुनका गहना चोरी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। पोखराका विभिन्न ठाउँबाट वृद्धा महिलाहरुको घर पुगी परिवारका अन्य सदस्यहरु नभएको मौका छोपी सुनका गहना र नगद चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

अभिनेत्री प्रियंका कार्कीको घरबाट नगद र सुन चोरी

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको ललितपुर भैंसेपाटीस्थित घरमा चोरी भएको छ । प्रहरीका अनुसार लक्ष्मीपूजाको दिन राति ९ बजे उक्त चोरीको घटना भएको हो । प्रहरी परिसर, ललितपुरका प्रवक्ता सुधीरराज शाहीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार प्रियंकाको घरबाट ३० हजार रुपैयाँ नगद र करिब ५ तोला सुनका गहना चोरी भएको छ । उक्त नगद र सुन […]

बुढानिलकण्ठमा नगद तथा सुनका विभिन्न गहना चोरी

काठमाडौंको  बुढानिलकण्ठ नगरपालिका-९ मण्डिखाटार श्रीडी कोलोनी बस्ने अन्जु आचार्यको घरबाट नगद र सुनका विभिन्न गहना समेत गरी करिब ११ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको छ । उनको घरमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग मण्डिखाटारबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुन पसल फुटाएर ३ करोड बराबरको गहना चोरी

बुटवल, १४ बैशाख । बुटवलमा ३ करोड बराबरको सुनका गहना चोरी भएको छ । बीपीचोक नजिकै कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलबाट सुनका तयारी गहना र काँचो सुन र नगद ५ लाख रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ । राति सटर र लकर काटेर ५० तोलाको तयारी गहना र काँचो सुनसमेत चोरी भएको हो ।  चोरी […]

बुटवलमा सुनचाँदी पसलबाट ३ करोडको सुन र गहना चोरी

१४ वैशाख, बुटवल । बुटवलको बीपीचोक नजिकै एक सुनचाँदी पसलबाट ३ करोड बराबरको सुनका तयारी गहना, कांचो सुन र ५ लाख रुपैयाँ नगद चोरी भएको छ । कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलबाट सोमबार राति सटर र लकर काटेर ५० तोलाको तयारी गहना र काँचो सुनसमेत चोरी भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी […]

नगद र सुनका गहना चोरी

महोत्तरी – जिल्लााको लोहारपट्टी नगरपालिका–८ का मनिष ठाकुरको घरबाट गए राति नगद र सुनका गरगहना गरी छ लाख रुपैयाँ बढीको चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार चोरले घरमा कोही नभएको बेला मूलढोका, भित्रीढोका र दराजको ताल्चा फुटाई सुनका बाला, मङ्गलसूत्र, तिलहरीलगायत गरी छ लाख १७ हजार रुपैयाँ […]

घरको ताला फोडेर नगद र गहना चोरी गर्ने युवक पक्राउ

पोखरामा घरको ताला फोडेर चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । नुवाकोटको विदुर नगरपालिका ३ बट्टार स्थायी घर भई पोखरा, बुद्दचोक बस्ने २० वर्षीय विशाल तामाङलाई नगद, मोबाइल र गहना चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । बुधबार राती पौने ११ बजेको समयमा पोखरा, बुद्दचोकस्थित बृटिश एकिकृत वेल्फेयर सेन्टरको ताला फोडेर १८ हजारसहित सामसुङ मोवाइल १ थान र चाँदीका सिक्री २ थान सहित तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।ती युवकलाई चोरी गरिएको सामानसहित नियन्त्रणमा लिई कानुनी कारवाही अगाडि

काँडाघारीबाट सुन र नगद चोरी

काठमाडौं महानगरपालिका–३२ स्थित काँडाघारीबाट सुन तथा नगद समेत करिब ६ लाख ५३ हजार चोरी भएको छ । आइतबार राति सिन्धुपाल्चोक घर भई काँडाघारीमा बस्ने यादव केसीको कोठाबाट ३० हजार नगद र सुनका गहना चोरी भएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।चोरीमा संलग्नहरूले केसीको कोठा फोडेर चोरी गरेका थिए । चोरीमा संलग्नहरु फरार छन् । घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

तीन जना मिलेर नगद १३ लाख र १५ तोलाको सुनको गहना चोरी

काठमाडौं।प्रहरीले नगद १३ लाख रुपैयाँ र १५ तोला बराबरको हीरा जडित सुनको गहना चोरी गरेको आरोपमा तीन जनालाई शनिबार पक्राउ गरेको छ।पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका–४ का जनक थापा,सोही ठाउँ बस्ने नरबहादुर थापा र उनकै दाइ छत्रबहादुर थापा रहेका छन्। उनीहरुले भारत राइपुर सेईबजार मुजगाहान ‘शंकराचार्य कलेज’का अध्यक्ष निशान त्रिपाठीको घरबाट नगद र सुनका गहना चोरी गरेको प्रहरीले जनाएको छ।