म्याग्दीमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान

म्याग्दीमा आइतबार बिहान ७ बजेबाट शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान कार्य सुरु भएको छ।

सम्बन्धित सामग्री

स्याङ्जमा शान्तिपूर्ण मतदान जारी छ : कँडेल

काठमाडौं, ४ मंसिर । पब्लिक इनोभेटर ईं. दीपेन्द्र कँडेलले मतदान गरेका छन् । पब्लिक पोलिसीमा काम गरिरहेका कँडेल मतदान गर्नको लागि गृहजिल्ला स्याङ्जा पुगेका हुन् । उनले सो क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको जानकारी दिए । मतदानमा उत्साहजनक जनसहभागिता देखिएको पनि उनको भनाई छ । मतदानपछि उनले भनेका छन्–‘संविधानले दिएको अधिकार अनुसार आफ्नो मत खसालियो, […]

मकवानपुरमा मतदाताको उत्साहजनक सहभागिता

मकवानपुरका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको छ । बिहान ७ बजेबाटै सुरु भएको मतदानको क्रममा कहीँ कतै अप्रिय घटना नभएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले...

सिराहामा उत्साहजनक रूपमा मतदान (फोटोफिचर)

सिराहामा उत्साहजनक रूपमा मतदान भइरहेको छ ।  प्रतिनिधिसभाको चार तथा प्रदेश सभाका आठ निर्वाचन क्षेत्र रहेको सिराहामा सबै मतदान स्थलमा शान्तिपूर्ण रूपमा मतदान चलिरहेको प्रमुख निर्वाचन अधिकृतले जानकारी दिएका छन् । ...

आयोगले भन्यो-उम्मेदवारी मनोनयन दर्ता उत्साहजनक र शान्तिपूर्ण रुपमा भयो

निर्वाचन आयोगले उत्साहजनक र शान्तिपूर्ण रुपमा उम्मेदवारी मनोनयन दर्ता भएको जनाएको छ । आयोगले आइतबार विज्ञप्ति जारी गर्दै मंसिर ४ गते हुने  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत आज उम्मेदवारहरूको मनोनयनपत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रुपमा भएको जनाएको हो । आयोगले मनोनयन दर्ताको समय आइतबार बिहान १० देखि  अपरान्ह ५ बजेसम्म ताकेको थियो । उक्त समयभि

मतदान शान्तिपूर्ण र उत्साहजनक

काठमाडौं । निर्वाचन आयोगले शुक्रवारको स्थानीय तह सदस्य निर्वाचनको मतदान छिटफुट अप्रिय घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जानकारी दिएको छ । आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले केही ठाउँमा विवाद उत्पन्न हुँदा मतदान रोकिएको बताए । मतदान स्थगनसम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको उनको भनाइ छ । ‘अधिकांश स्थानमा मतदान सम्पन्न भएको छ,’ उनले भने । उनले साँझ ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गर्ने मतदातालाई भोट खसाल्न दिइने भएकाले कुल खसेको मतको यकिन संख्या प्राप्त हुन बाँकी रहेको बताए । वर्षाका कारण मतदानमा कुनै गम्भीर असर नपरेको प्रवक्ता पौडेलको भनाइ छ । उनका अनुसार शुक्रवार रातिदेखि नै मतगणना शुरू भएको छ । मतगणना शुरू हुनुअघि निर्वाचन अधिकृतका कार्यालयहरूमा सर्वदलीय बैठक बसेको थियो । केही केन्द्रमा भने विवाद देखिएकाले मतगणना शुरू गर्न ढिलाइ भएको निर्वाचन कार्यालयहरूले बताए । आयोगका अनुसार जुम्ला, सप्तरी, काभ्रे, रौतहट, रामेछाप, बारा, बाजुरा, पर्वतलगायत जिल्लाका केही मतदान केन्द्रमा विवादले मतदान अवरुद्ध भएको छ । अवरुद्ध भएका स्थानमा निर्वाचन अधिकृतको प्रतिवेदनका आधारमा आयोगलाई जानकारी दिएर पुन: मतदान गराउने निर्णय मुख्य निर्वाचन अधिकृतले गर्न सक्ने प्रवक्ता पौडेलले बताए । प्रहरीका अनुसार मतदानका क्रममा केही ठाउँमा झडप र विवाद तथा केही ठाउँमा कुटपिटका घटनासमेत भएका छन् । प्रहरीले पनि समग्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको निष्कर्ष निकालेको छ । नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले विभिन्न जिल्लामा छिटफुट अप्रिय घटना भए पनि निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए । उनका अनुसार अपराह्न ५ : ०० बजेसम्म प्रहरी प्रधान कार्यालयमा प्राप्त विवरणअनुसार ३० भन्दा बढी जिल्लामा ११० अप्रिय घटना भएका छन् । घटनाको पूर्ण विवरण आउन बाँकी छ । विवादका कारण अवरुद्ध ४० मतदान केन्द्रमा पछि विवाद सुल्झाएर मतदानलाई निरन्तरता दिइएको थियो । काभ्रे, सप्तरी, सर्लाहीलगायत केही केन्द्रमा मतदान स्थगित भएको जानकारी प्राप्त भएको प्रवक्ता केसीले बताए । केसीले विभिन्न ११ जिल्लाका केही मतदानस्थलमा स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको बताए । हुम्लाको एक ठाउँमा अश्रुग्यास प्रहार भएको छ । सुदूरपश्चिमका बझाङ र बाजुराका चार मतदान केन्द्रमा प्रहरीले हवाई फायर गर्नुपरेको थियो । वागमती प्रदेशको काभ्रे, दोलखा, सिन्धुपाल्चोक र रामेछापमा मतपेटिका तोडफोड भएका छन् । रामेछापका विभिन्न मतदान केन्द्रमा प्रहरीले १५ राउन्ड हवाई फायर गरेको छ । प्रदेश–२ अन्तर्गत सर्लाहीको धनकौल नगरपालिका–२ स्थित मतदान केन्द्रमा मतदान रोकिएको छ । प्रतिनिधि छनोटको विषयमा एमाले र माओवादीले असन्तुष्टि दर्शाउँदै ढुंगामुढा गरेपछि मतदान रोकिएको हो । त्यहाँ स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको थियो । त्यसैगरी, महोत्तरीको बलुवा–५ को मतदान केन्द्रमा पनि प्रहरीले हवाई फायर गरेको छ । रूपन्देहीको मर्चवारी गाउँपालिका वडा नं–५ का नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार सोमनाथ पाण्डेको घरमा विस्फोट भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तहको निर्वाचन भएको हो । सबै स्थानीय तह निर्वाचनको मतदान शुक्रवार एकै चरणमा गरिएको हो । यसअघिको स्थानीय निर्वाचनको मतदान २०७४ सालमा तीन चरणमा भएको थियो । त्यो बेला वैशाख ३१, असार १४ र असोज २ मा निर्वाचन सम्पन्न भएको थियो । त्यसअघि २०५४ सालमा स्थानीय तहको निर्वाचन जेठ ४ र १३ गते गरिएको थियो । शुक्रवार देशभरका १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजे एकसाथ मतदान शुरू भएको थियो । यो चुनावमार्फत ७५३ स्थानीय तहका ३५ हजार २२१ जनप्रतिनिनिधि निर्वाचित हुनेछन् । ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकामा गरी २९३ प्रमुख, त्यत्ति नै संख्यामा उपप्रमुख, ४६० गाउँपालिकामा एक/एक अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्षलगायत पदमा जनप्रतिनिधि निर्वाचित हुनेछन् । स्थानीय तह सदस्य निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । यसपटकको निर्वाचनमा बिहीवारसम्म १८ वर्ष उमेर पूरा भएका बालिग मतदाताले मतदानको अवसर पाएका छन् । १ लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा उत्रेका थिए । त्यसमध्ये ३९० जना निर्विरोध भएका छन् । निर्वाचन प्रयोजनका लागि आयोगमा ७९ दल दर्ता थिए । आयोगमा दर्ता भएकामध्ये ६५ दलले मात्र मनोनयन दर्ता गराए । निर्वाचनमा १ लाख ९ हजार ८८ कर्मचारी खटाइएको थियो । ६५ हजार ८६५ स्वयंसेवक र ५ हजार पर्यवेक्षक तथा २ लाख ६० हजार सुरक्षाकर्मी परिचालित थिए । नेपालको संविधान २०७२ को अनुसूचीमा स्थानीय तहलाई महत्त्वपूर्ण अधिकार दिइएको छ । त्यही अधिकार प्राप्त भएका कारण गाउँठाउँको विकासका लागि संघको मुख ताकिरहनु पर्दैन । त्यसैले पनि २०७२ अघिको स्थानीय निकायको तुलनामा अहिलेको स्थानीय तहको जिम्मेवारी ठूलो छ । गाउँको विकासमा स्थानीय तहले आफै निर्णय गरेर कार्यान्वयन गर्न सक्छ । स्थानीय तह आफैमा सरकार र संसद् पनि हो । परिचित जनप्रतिनिधि हुने र समुदायले निर्धक्क कुरा राख्न सक्ने हुँदा आमनागरिक विभिन्न समस्या हुँदाहुँदै पनि निर्वाचनमा सहभागी भए । कोही लौरे टोकेर त कोही बच्चा काखी च्यापेर मतदानमा सहभागी थिए । कसैले ह्विल चेयरमा बसेर पनि मतदान गरे भने पाका उमेरकाले पनि मताधिकार प्रयोग गरेका दृश्य देखिएको थियो । कतिपय ठाउँमा किरियापुत्रीले पनि मतदान गरेका छन् । शीर्ष नेताले कहाँबाट मतदान गरे ? प्रधानमन्त्री शेरबहादुर देउवाले डँडेलधुराको गन्यापधुरा गाउँपालिका केन्द्रबाट मतदान गर्नुभएको छ । त्यसैगरी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको भरतपुर र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौरबाट मतदान गरेको खबर छ । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले धनुषाको लक्ष्मीनिया गाउँपालिका पुगेर मतदान गरे । सभामुख अग्निप्रसाद सापकोटाले गृहजिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी पुगेर मतदान गरेका थिए । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरको मध्यपुरथिमि–१, लोकन्थलीस्थित उपस्वास्थ्य चौकी केन्द्रमा मतदान गरे ।

बर्दियामा शान्तिपूर्ण मतदान, मतदाताको उत्साहजनक सहभागिता (फोटो फिचर)

बर्दिया – बर्दियामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । बर्दियाका मतदान केन्द्रमा नागरिकको उत्साहजनक सहभागिता रहेको पाइएको छ । पालिका चुनाव अन्तर्गत बर्दियाका ६ नगरपालिका र २ गाउँपालिकामा १ सय ५३ ठाउँका ३ सय ७१ मतदान केन्द्रमा मतदान भइरहेको छ । अहिलेसम्म गुलरिया नगरपालिकामा ५४ प्रतिशत, गेरुवा गाउँपालिकामा ५५ प्रतिशत, ठाकुरबाबा नगरपालिकामा ५५ प्रतिशत, बढैयाताल गाउँपालिकामा ६१ प्रतिशत, बारबर्दिया नगरपालिकामा ५३ प्रतिशत मत खसेको छ । यसैगरी बाँसगढी नगरपालिकामा ४८ प्रतिशत, मधुवन नगरपालिकामा ५९ प्रतिशत र राज...

कैलालीमा मतदान उत्साहजनक

कैलाली जिल्लामा स्थानीय तहको निर्वाचनका क्रममा आज मतदाताहरूले शान्तिपूर्ण वातावरणमा मताधिकार प्रयोग गरिरहेका छन् । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश जयानन्द पनेरुले जिल्लाभरका मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताले उत्साहजनक रुपमा मताधिकार प्रयोग गरिरहेको बताए ।बिहान ११ बजेसम्म जिल्लामा १७ देखि २५ प्रतिशतसम्म मत खसेको अनुमान गरिएको उहाँको भनाइ थियो । जिल्लाका केही स्थानीय तहमा आजैदेखि  मतगणना सुरु गर्ने तयारी भइरहेको छ । धनगढी उपमहानगरपालिकाको मतगणना भने भोलि

कैलालीमा मतदान उत्साहजनक

सुदूरपश्चिम, वैशाख ३० कैलाली जिल्लामा स्थानीय तहको निर्वाचनका क्रममा आज मतदाताहरुले शान्तिपूर्ण वातावरणमा मताधिकार प्रयोग गरिरहेका छन् । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश जयानन्द पनेरुले जिल्लाभरका मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताले उत्साहजनक रुपमा मताधिकार प्रयोग गरिरहेको बताउनुभयो । बिहान ११ बजेसम्म जिल्लामा १७ देखि २५ प्रतिशतसम्म मत खसेको अनुमान […]

दाङमा शान्तिपूर्ण मतदान, २५ प्रतिशत मत खस्यो

३० वैशाख, दाङ । दाङमा बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । मध्यान्न १२ बजेसम्म जिल्लाका दशैवटा स्थानीय तहमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । बिहानैदेखि मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । मतदानका लागि बिहानैदेखि मतकेन्द्रमा पुगेर लाइनमा उभिएका छन् । मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था पनि कडाइ गरिएको छ । प्रदेश निर्वाचन कार्यालयका […]

देशभर सबै ठाउँमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान चल्दै : निर्वाचन आयोग

काठमाण्डौ – देशभरका पालिकामा जनप्रतिनिधि छान्नको लागि शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको छ । अघि ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ ।  सबै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको घुइँचो लागेको छ । अहिलेसम्म सबै ठाउँमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उज्यालोलाई जानकारी दिनुभयो । मतदानमा वृद्ध वृद्धा, अशक्त, गर्भवती, सुत्केरी लगायतको पनि उत्साहजनक सहभागिता छ ।  ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका...