बर्दियामा शान्तिपूर्ण मतदान, मतदाताको उत्साहजनक सहभागिता (फोटो फिचर)

बर्दिया – बर्दियामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । बर्दियाका मतदान केन्द्रमा नागरिकको उत्साहजनक सहभागिता रहेको पाइएको छ । पालिका चुनाव अन्तर्गत बर्दियाका ६ नगरपालिका र २ गाउँपालिकामा १ सय ५३ ठाउँका ३ सय ७१ मतदान केन्द्रमा मतदान भइरहेको छ । अहिलेसम्म गुलरिया नगरपालिकामा ५४ प्रतिशत, गेरुवा गाउँपालिकामा ५५ प्रतिशत, ठाकुरबाबा नगरपालिकामा ५५ प्रतिशत, बढैयाताल गाउँपालिकामा ६१ प्रतिशत, बारबर्दिया नगरपालिकामा ५३ प्रतिशत मत खसेको छ । यसैगरी बाँसगढी नगरपालिकामा ४८ प्रतिशत, मधुवन नगरपालिकामा ५९ प्रतिशत र राज...