एमाले सांसदको अवरोधका बीच सभामुखले संसदको कारवाही अगाडि बढाए

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बाबजुद सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको कारवाही अगाडि बढाएका छन् ।  शुक्रवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि एमाले सांसदहरूले नाराबाजी गरेपछि सभामुखले कारवाही अगाडि बढाएका हुन् ।  सापकोटाले एमालेसँग लामो संसदीय अनुभव रहेको भन्दै संसद बैठक सुचारु गर्न आग्रह गरे ।  त्यसपछि सभामुख सापकोटाले नेमकिपा सांसद प्रेम सुवाललाई आर्थिक अध्यादेश २०७८ माथि विरोधको सूचना पेश गर्न समय दिएका छन् । 

सम्बन्धित सामग्री

संसदमा आज पनि एमालेको अवरोध, सभामुखले अघि बढाए कारवाही (लाइभ)

संसदको वेल घेराउ गरेर एमाले सांसदहरुले नारावाजी गरेपनि सभामुख अग्निप्रसाद सापकोटाले संसदको कारवाही अगाडि बढाएका छन् । आजको बैठकबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।

एमाले नारावाजीबीच प्रतिस्थापन विधेयक पारितका लागि सभामुखले कारवाही बढाए (लाइभ)

बैठक शुरू हुनासाथ एमालेका सांसदहरूले नारावाजी गर्दै वेल घेराउ गरेका छन् । सभामुखको भूमिकाप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्ष नेकपा एमालेले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ । सभामुखको विरोधमा एमालेले अवरोध जारी राखे पनि विनियोजन विधेयक पारित गर्ने सरकारको तयारी छ ।

एमालेको नाराबाजी र अवरोधलाई सम्बोधन नगरी सभामुखले अघि बढाए सदनको कारवाही

सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेको नाराबाजी र अवरोधका बिच प्रतिनिधि सभाको बैठक अघि बढाएका छन् । आजको बैठकको सुरुवातमै उनले अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन विधेयक २०७८ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका छन् । सभामुखले आजको बैठक सुरु भएको जानकारी गराउना साथ एमाले सांसद नाराबाजी गर्दै रोष्टमतिर दौडिएका दिए । उनले आजको बैठकमा एमालेलाई अवरोध नगर्न कुनै आग्रह गरेनन् । साथै सो विधेयकमाथि सैद्धान्तिक छलफल समेत अगाडि बढाएका छन् । सो विधेयकमाथि बोल

प्रतिनिधिसभा : एमाले अवरोधबीच सभामुखले अघि बढाए बैठक (लाइभ)

१५ मिनेटको लागि बैठक स्थगित गरेका सभामुखले आजको दोस्रो बैठक आव्हान गरेर सदनको कारवाही अघि बढाएका छन् । आजको बैठकमा शोक प्रस्तावसहित १९ वटा कार्यसूची राखिएको छ ।

एमालेको नारावाजीबीच सभामुखले अघि बढाए संसदको कारवाही

सभामुखले निष्पक्षता देखाउन नसकेको र पार्टीले निष्कासन गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै नेकपा एमालेले प्रतिनिधिसभाको शुक्रबारको बैठक पनि अवरोध गरेको छ । एमाले सांसदको नारावाजीकै बीच सभामुखले संसदको कारवाही अघि बढाएका छन् ।