संसदमा आज पनि एमालेको अवरोध, सभामुखले अघि बढाए कारवाही (लाइभ)

संसदको वेल घेराउ गरेर एमाले सांसदहरुले नारावाजी गरेपनि सभामुख अग्निप्रसाद सापकोटाले संसदको कारवाही अगाडि बढाएका छन् । आजको बैठकबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।

सम्बन्धित सामग्री

प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध हटाउन सभामुखको रुलिङ

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध हटाउन रुलिङ गरेका छन्। आइतबारको संसद् बैठकमा सभामुखले संसद्‌मा ४२ वटा विधेयक विचाराधीन अवस्थामा रहेको भन्दै एमालेलाई अवरोध हटाउन आग्रह गरेका हुन्। सभामुखले भने, ‘सभामा विचाराधीन ४२ विधेयकलाई नियमानुसार पारित गर्ने, आमनागरिकका दैनिक समस्या जनप्रतिनिधिले सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने, सरकारलाई संसद्‌प्रति उत्तरदायी बनाउने, कानून निर्माण एवं निगरानी गर्ने

प्रतिनिधि सभा बैठकमा एमालेको अवरोध

काठमाडौं, ८ फागुन । नेकपा एमालेले सदनमा अवरोध जारी राखेको छ । प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले नारावाजी गरेर अवरोध गरेका छन् । तर, सभामुख अग्निप्रसाद सापकोटाले बैठक जारी राखेका छन् । उनले सुरुमै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङलाई बोल्न दिए ।

‘संसद्मा एमालेको अवरोध चुनावसम्म’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभामा एमालेको अवरोध चुनावसम्म रहने बताउनुभएको छ । पार्टी विभाजन भएदेखि एमालेका सांसदहरूले सदनमा अवरोध गर्दै आएका छन् । विराटनगरमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष ओलीले चुनाव हुनुपर्ने आफूहरूको भनाइ रहेको बताउनुभयो ।

सर्वदलीय बैठकको निष्कर्षः एमालेको अवरोध संसद नचाहने ओली सोचकै निरन्तरता

काठमाडौँ – सभामुखले आह्वान गरेको संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठकमा सहभागी नेताहरुले एमालेको अवरोध संसद विरोधी सोचकै निरन्तरता भएको निष्कर्ष निकालेका छन्। सोमबार संसद भवन नयाँ बानेश्वरमा सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा सहभागी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाका शीर्ष नेताहरुले एमालेले पहिला पनि विघटन गरेको र त्यसको निरन्तरताका रुपमा अवरोध गरेको निष्कर्ष […]

राष्ट्रिय सभा बैठकमा एमालेको अवरोध कायमै(लाइभभिडियो)

काठमाडौँ, २८ भदौ । राष्ट्रिय सभाको बैठक जारी छ । विपक्षी दल नेकपाले राष्ट्रियसभामा पनि आफ्नौ आवरोध कायमै राखेको छ । एमालेको विरोधबीच प्रतिनिधिसभाले सुझावसहित पठाएको लोकसेवा आयोग ऐन, २०७५ लाई विधेयक प्रस्तुत भएको छ । र, बहुमतले पास भएको बुझिएको छ ।

कर्णाली प्रदेशसभामा एमालेको अवरोध कायमै, बजेट पारित गर्न चुनौती

कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध कायमै छ । प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीहरुको राजीनामा माग गर्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ ।एमालेले असार १ गते यता प्रदेशसभाका लगातार ११ वटा बैठक अवरुद्ध गरेको छ । असार १ गते प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिसकेपछि असार ४, ६ र ८ गते बस्ने भनिएको प्रदेशसभा बैठक एमालेकै कारण सूचना टाँस गरेर स्थगित गरियो ।असार ९ गते बस्ने भनिएको बैठक पनि ११ गते दिउँसो २ बजेसम्मका लागि सूचना टाँसेर स्थगित भयो । असार