प्रतिनिधिसभा : एमाले अवरोधबीच सभामुखले अघि बढाए बैठक (लाइभ)

१५ मिनेटको लागि बैठक स्थगित गरेका सभामुखले आजको दोस्रो बैठक आव्हान गरेर सदनको कारवाही अघि बढाएका छन् । आजको बैठकमा शोक प्रस्तावसहित १९ वटा कार्यसूची राखिएको छ । 

सम्बन्धित सामग्री

प्रतिनिधिसभा बैठक सुरु, एमालेले गरेन संसद बैठक अवरोध

प्रतिनिधिसभामा अवरोध गर्न एमालेले छोडेको छ । आजदेखि सुरु भएको प्रतिनिधिसभाको बजेट अधिवेशनमा एमाले अवरोध नगरेको हो । गत भदौ २३ गतेदेखि एमालेले प्रतिनिधिसभामा निरन्तर अवरोध गर्दै आएको थियो । आजको बैठकमा सभामुखसँग समय लिएर एमाले उपमहासचिव प्रदिप ज्ञवाली बोल्दैछन्  । उनलाई बोल्नका लागि १५ मिनेट समय दिइएको छ । एमालेले कारवाही गरेका १४ सांसदमाथिको कारवाहीको सूचना सभामुखले टाँस नगरेको भन्दै एमालेले संसद अवरोध गर्दै आएको थियो ।अबदेखि सदन अवरोध नगर्ने ज्ञवालीले बताएका छन् । विरोधको स्वरूपलाई पर