भारतमा कीर्तिमानी स्तरमा उक्लियो गहुँको भाउ, सञ्चिति सन् २०१७ यताकै कम

काठमाडौं । भारतमा गहुँको अभावबीच मूल्य कीर्तिमानी स्तरमा उक्लिएको छ । गहुँको भाउ बढेसँगै आटा लगायत खाद्य सामाग्रीको मूल्य खुद्रा बजारमा अकासिएको छ । बढेको मूल्य नियन्त्रण गर्न सरकारले छिट्टै नै मूल्य नियन्त्रणका उपायहरू अपनाउने अनुमान बढेको छ ।  सरकारले नियमितरूपमा गहुँ र आटाको भाउमाथि निगरानी गरिरहेको छ । मूल्य कम गर्न सम्भव भएसम्मको सबै उपायहरूको खोजी भइरहेको छ । घरेलु स्तरमा गहुँको उत्पादन अलि घटेको अनि भारतीय खाद्य निगम (एफसीआई)को गहुँ खरिद घटेको अवस्थामा भारतले मेमै घरेलु बजारमा पर्याप्त आपूर्ति सुनिश्चित गर्न गहुँको निर्यातमा प्रतिबन्ध लगाएको थियो । मूल्य वृद्धि सुस्त बनाउन एफसीआईको गोदामबाट सरकारले पिठो मिल जस्ता ठूला ग्राहकका लागि आगामी आर्थिक वर्ष (आव)मा १५ देखि २० लाख टन गहुँ निकाल्ने हल्ला पनि चलिरहेको छ । तर, यो उपाय लागू हुन अझै केही महीना बाँकी छ ।  गएको सिजनमा भारतको गहुँ उत्पादन अघिल्लो सिजनको भन्दा २७ लाख ५० हजार टनले घटेर १० करोड ६८ लाख ४० हजार टनमा झरेको थियो । सरकारले अहिलेको सिजनका लागि गहुँको न्यूनतम् समर्थन मूल्य प्रतिक्विन्टल २ हजार १२५ रुपया तोकेको छ । बजारमा गहुँको भाउ योभन्दा ५० रुपया बढी छ । यसले सरकारी अन्न भन्डार रित्तिँदै गइरहेको पुनःपूर्तिमा चुनौती उत्पन्न गराएको छ ।  अघिल्ला वर्षहरूमा भारतीय खाद्य निगमको भन्डारमा गहुँ राख्ने ठाउँ नहुने गरी आउँथे । किसानहरूले पनि खुला बजारभन्दा न्यूनतम् समर्थन मूल्य (एमएसपी)मा सरकारलाई नै गहुँ बेच्न मन पराउँथे । खुला बजारमा गहुँको मूल्य एसएसपीभन्दा कम हुन्थ्यो । गहुँ राख्ने ठाउँ नभएर एफसीआईले खुला बजारमा बोलपत्र आह्वान खुलाएरै गहुँ बेच्थ्यो ।  तर, २०२१–२२ मा किसानहरूले उत्पादन गरेको अन्न निजी व्यापारीहरूलाई बेचेपछि एफसीआईको गहुँ खरिद ५६ प्रतिशत कम भयो । एफसीआईलाई सन् २०२४ मा आम निर्वाचनअघि भारतको खाद्य सुरक्षा सुनिश्चित गर्न पर्याप्त गहुँ किन्नै पर्ने बाध्यता छ । सरकारले पर्याप्त मात्रामा गहुँ थुपारेर राख्ने हो भने कि खुला बजारको मूल्यमा उल्लेख्य स्तरमा घट्नु पर्‍यो कि  सरकारले नै एमएसपीभन्दा उच्च मूल्यमा किन्नु पर्‍यो भन्छन् उद्योगका कार्यकारीहरू । सरकारले गहुँको मूल्य नियन्त्रण गर्न बजारमा हस्तक्षेप गरेन भने एफसीआईले गहुँको खरिद नै घटाउनु पर्ने अवस्था छ । जनवरी १ मा एफसीआईसँग १७ दशमलव २ मेट्रिक टन गहुँ सञ्चिति छ । एक वर्षअघि यो अनुपात ३३ मेट्रिक टन थियो । एफसीआईको गहुँ सञ्चिति यो स्तरमा सन् २०१७ मा झरेको थियो । त्यतिबेला भारतले ६ मेट्रिक टन गहुँ आयात गर्नु परेको थियो । 

सम्बन्धित सामग्री

विश्व बजारमा बढ्यो गहुँ र मकैको भाउ, कारण यस्तो छ

वाशिङटन डीसी (अमेरिका) । विश्व बजारमा गहुँ र मकैको भाउ बढेको छ । रुसको आक्रमणका कारण दक्षिण युक्रेनमा मुख्य बाँध भत्किएपछि विश्व बजारमा गहुँ र मकै पनि महँगो बनेको हो । बाँध भत्किएसँगै अफ्रिका, मध्यपूर्व र एशियाका केही क्षेत्रमा खाद्यान्न ढुवानी गर्न सक्ने युक्रेनको क्षमता कमजोर हुने भयबीच भाउ बढेको हो । सिकागो मर्कन्टाइल एक्सचेञ्जमा मंगलवार गहुँको मूल्य प्रतिबशेल २ दशमलव ४ प्रतिशतले बढेर ६ डलर ३९ सेन्टमा पुगेको थियो । मकैको भाउ पनि प्रतिबशेल १ प्रतिशतभन्दा धेरै बढेर ६ डलर शून्य ४ सेन्टमा पुगेको थियो । जौंको भाउ पनि शून्य दशमलव ७३ प्रतिशतले बढेर ३ डलर ४६ सेन्ट कायम भयो ।  रुस नियन्त्रित क्षेत्रस्थित काखोभ्का ड्याम भत्किएको थियो भने जलविद्युत् परियोजना क्षतिग्रस्त बनेपछि युक्रेनको गहुँ, जौं, मकै र सूर्यमुखी तेल निर्यातमा अवरोध हुने भय बढेको छ । युक्रेनी युद्ध मत्थर हुने भन्दा पनि झन बल्झिरहेको छ । यस्तोमा हरेक घटनाप्रति खाद्य बजारमा प्रतिक्रिया देखिने गरेको छ । युक्रेन र रुस दुवै विश्वका मुख्य कृषिजन्य उपज आपूर्तिकर्ता हुन् । संयुक्त राष्ट्र संघ र टर्कीको पहलमा रुस र युक्रेनबीच गएको वर्ष खाद्यान्न निर्यात सम्झौता भएको थियो । रुसले बारम्बार सो सम्झौताबाट बाहिरिने धम्की दिँदै आएको छ । गएको वर्ष छोटो अवधिका लागि रुसले सम्झौताबाट हात पनि झिकेको थियो ।  रुसले गएको वर्ष शुरुतिर युक्रेनमाथि आक्रमण गरेलगत्तै कृष्ण सागर भएर हुने अन्न निर्यात प्रभावित हुँदा विश्व बजारमा गहुँ लगायत अन्नको भाउ कीर्तिमानी उच्च स्तरमा बढेको थियो । विस्तारै अन्नको भाउ सस्तो बनेको भए पनि बजारमा भने महँगी यथावत् नै छ । बाँध भत्किनुले विश्वको खाद्य बजारमा महँगीको जोखिम यथावत् नै छ भन्ने स्मरण गराएको विश्लेषकहरू बताइरहेका छन् । एजेन्सी

भारतमा गहुँको उत्पादनले कीर्तिमानी उचाइ छुने ! निर्यात प्रतिबन्ध यथावत् रहने

काठमाडौं । यो वर्ष भारत (India)को गहुँ (Wheat) उत्पादनले नयाँ उचाई छुने अनुमान गरिएको छ । चालु बाली वर्ष अर्थात् जुलाईदेखि जुनको अवधिमा भारतमा ११ करोड २७ लाख ४० हजार टन गहुँ उत्पादन हुने अनुमान गरिएको छ । समग्रमा भने अन्नको उत्पादन ३३ करोड ५ लाख ३० हजार टनको नयाँ उचाइ छुने कृषि मन्त्रालयले बताएको छ । चालु वर्षमा ११ करोड २० लाख टन गहुँ उत्पादन गर्ने लक्ष्य सरकारको थियो । यो वर्ष उत्पादन सरकारी लक्ष्यलाई समेत उछिन्ने देखिएको छ ।  अघिल्लो बाली वर्षमा भने मुख्य गहुँ उत्पादक राज्यहरूमा लुका कारण १० करोड ७७ लाख ४० हजार टन मात्रै गहुँ उत्पादन भएको थियो । घरेलु स्तरमा गहुँको आपूर्ति कम हुन नदिने भारतले गएको वर्ष गहुँको निर्यात (Export)मा बन्देज लगाएको थियो । अहिले पनि सो प्रतिबन्ध हटेको छैन । गहुँको उत्पादनले नयाँ उचाइ छुने अनुमान आइरहँदा प्रतिबन्ध नफुकाइने केन्द्र सरकारले हालै मात्रै स्पष्ट पारेको थियो । एजेन्सी

चामलको मूल्य बढाउन थाईल्यान्ड र भियतनामको कार्टेलिङ, नेपालमा कति पुग्ला भाउ ?

बैंकक (थाइल्यान्ड) । विश्वका दुई ठूला धान उत्पादक देशहरुमध्ये एक थाइल्यान्ड र भियतनामले चामलको भाउ बढाउन खोजिरहेका छन् । यी दुई देशहरुले मिलेर भाउ बढाउन खोजिरहेको भन्दै पछिल्ला केही दिन यता समाचारहरु आइरहेका छन् । विश्व बजारमा आफ्नो मोलमलाई क्षमता बढाउन र उत्पादन लागतमा भइरहेको वृद्धि कम गर्न गएको शुक्रवार थाइ सरकारले मूल्य बढाउनु पर्ने बताएको थियो । यसबारे थाइल्यान्ड सरकारका शीर्ष अधिकारीहरुले मुखै खोलेको भएपनि भियतनामले यस्तो योजनाबारे छलफल भए नभएको बताइसकेको छैन ।  थाइल्यान्ड र भियतनाम भारतपछि विश्वको दोस्रोे र तेस्रो ठूलो चामल निर्यातकर्ता हुन् । पछिल्लो समय युक्रेनमाथि रुसले आक्रमण गरेयता विश्व बजारमा गहुँको भाउ छोइ नसक्नु भएको छ । यस्तोमा चामलको पनि भाउ बढ्यो भने विश्वमा करोडौं मानिसहरुलाई हात मुख जोर्न झनै धौं धौं हुनेछ । थाइल्यान्डको चामल निर्यातकर्ताहरुको संगठनका अध्यक्ष चूकियात ओफास्वोङ्सीले भने यस मामिलाबारे सरकारले आफ्नो संगठनसँग छलफल नगरेको बताएका छन् ।  सरकारले राम्रोसँग छलफल, विचार नै नगरीकन भाउ बढाउने कुरा गरेको उनको भनाइ छ । थाईल्यान्ड र भियतनाम दुबैको निर्यात जोड्दा पनि भारतको निर्यातलाई उछिन्न नसक्ने र भाउ बढाएमा क्रेताहरु प्रतिस्पर्धी विक्रेताकहाँ लाग्ने भएकोले भारतलाई फाइदा हुने चूकियातले बताएका छन् । विश्वमा खाद्य अनिश्चित उत्पन्न भएको समयमा  भाउ बढाउनु अनुचित हुने भियतनामका खाद्य संगठनका प्रमुखले गएको हप्ता बताएका थिए ।  विश्वको कूल चामल आपूर्तिमा भारतको अनुपात ४० प्रतिशत छ । अमेरिकी डलरको तुलनामा भारतीय रुपयाको भाउ  घटेको र शीर्ष निर्यातकर्ता देशहरुमा पर्याप्त आपूर्तिको अवस्थाबीच गत हप्ता भारतमा चामलको भाउ पाँच वर्ष यताकै न्यून स्तरमा ओर्लिएको थियो । भारतले  पछिल्लो समय चिनी, गहुँको निर्यातमा सीमा तोकेको भएपनि चामलको निर्यात सीमित बनाउने योजना नल्याएको अधिकारीहरुले बताएका छन् ।  ५ प्रतिशत टुक्रिएको भारतीय चामल भियतनामको सोही आलको चामल भन्दा कम्तिमा ५० डलर सस्तो छ, थाइल्यान्डको भन्दा चाँहि सय डलर सस्तो छ । भारतले निर्यात नियन्त्रण गर्यो भने थाइल्यानड र भियतनामले कार्टेलिङ नै नगरेपनि विश्व भर चामलको भाउ बढ्ने छ । नेपालमा भने भारतले चामलको मूल्य वृद्धि वा निर्यातमा नियन्त्रण नगरेसम्म कमै मात्र असर पर्ने विश्लेषण गरिएको छ । विश्वको कूल चामल उत्पादनमा भियतनाम र थाइल्यान्डको अनुपात १० प्रतिशत छ भने विश्वव्यापी निर्यातमा यो दर २६ प्रतिशत भएको अमेरिकी कृषि मन्त्रालयको तथ्यांकले देखाएको छ । यी दुई देशले मूल्य बढाएमा फिलिपिन्स मारमा पर्ने देखिन्छ । फिलिपिन्स यी दुई देशमा उत्पादित चामलको सबैभन्दा ठूलो क्रेता हो । चीन विश्वको सबैभन्दा ठूलो चामल आयातकर्ता हो । दोेस्रो स्थानमा फिलिपिन्स छ भने नाइजेरिया तेस्रो ठूलो आयातकर्ता हो ।  अहिले विश्व बजारमा चामलको भाउ सन् २००८ को कीर्तिमानी स्तरभन्दा निकै तल छ । युक्रेनी संकटयता विश्वभर खाद्यान्न संकट खराब हुन नदिन मद्दत गरिरहेको अन्न चामल नै हो । युक्रेनी संकटयता गहुँ र मकैको भाउ आकाशिएको छ । पर्याप्त उत्पादन र पर्याप्त सञ्चितिका कारण चामलको भाउ भने स्थीर छ । यस वर्ष विश्वमा यस अघि कहिले नदेखिएको स्तरमा धान फल्ने अनुमान गरिएको छ । एजेन्सी

भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगायो

काठमाडौं । भारतले गहुँ निकासीमा प्रतिबन्ध लगाएको छ । नयाँ दिल्लीले यो वर्ष गहुँ निर्यातमा कीर्तिमानी लक्ष्य प्राप्त हुने बताएको भोलिपल्टै निकासीमा प्रतिबन्ध लगाएको हो । भारतमा चर्को तापलहरले यसपालि गहुँ उत्पादन घटाएको छ भने मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सरकारले अहिलेसम्म एलसी खोलिसकेको हकमा भने निर्यात प्रतिबन्ध लागू नहुने स्पष्ट पारेको छ । त्यसैगरी खाद्य सुरक्षा आवश्यकता परिपूर्तिका लागि आपूर्ति नरोक्न आग्रह गर्ने मुलुकहरूमा हुने निकासी पनि नरोकिने अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सको समाचारमा उल्लेख छ । गत फेब्रुअरी २४ मा रसियाले युक्रेनमा गरेको आक्रमणका कारण कृष्णसागरबाट हुने निर्यात घटेपछि विश्वभरका आयातकर्ता संसारकै दोस्रो ठूलो गहुँ उत्पादक भारततर्फ फर्केका थिए । प्रतिबन्ध लगाउनुअघि भारतले यो वर्ष १ करोड टन गहुँ निर्यातको कीर्तिमान कायम गर्ने लक्ष्य सार्वजनिक गरेको थियो । भारत संसारका ठूला गहुँ निर्यातकमध्येको एक मात्र होइन, उसको प्रतिबन्धले अहिले नै कसिलो आपूर्ति रहेको गहुँको मूल्यलाई नयाँ उचाइमा पुर्‍याउन तथा एशिया र अफ्रिकाका विपन्न उपभोक्तासामु कठिन परिस्थिति ल्याइदिन सक्छ । ‘प्रतिबन्ध स्तब्धकारी छ,’ मुम्बईस्थित एक बहुराष्ट्रिय ट्रेडिङ कम्पनीका अधिकारीले भनेका छन्, ‘हामीले २–३ महीना अघिदेखि नै निर्यात नियन्त्रण हुने अपेक्षा गरेका थियौं । तर, महँगीको अंकले सरकारको मनस्थिति परिवर्तन गरे जस्तो छ ।’ खाद्यवस्तु र ऊर्जाको बढ्दो मूल्यले भारतको वार्षिक खुद्रा मूल्य वृद्धिदर गत अप्रिलमा ८ प्रतिशतको छेउछाउ पुर्‍याएको छ । यो मूल्य वृद्धि दरका कारण केन्द्रीय बैंकले ब्याजदर अझ आक्रामक रूपमा बढाउने अनुमानलाई बलियो बनाएको छ । भारतमा गहुँको मूल्य कीर्तिमानी विन्दुमा पुगेको छ । कुनैकुनै बजारमा त प्रतिटन २५ हजार भारू (४० हजार रुपया) सम्म पुगेको छ । सरकारले भारतमा गहुँको न्यूनतम समर्थन मूल्य प्रतिमेट्रिक टन २० हजार १५० भारू तोकेको छ । इन्धन, श्रमिक, ढुवानी र प्याकेजिङको बढ्दो मूल्यले भारतमा गहुँको पिठोको मूल्य बढेको छ । ‘गहुँको मात्रै होइन । सबै चिजको महँगीले मुद्रास्फीतिप्रति चिन्ता बढाएको छ, त्यसैकारण सरकारले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको हो,’ गहुँ निर्यातमा प्रतिबन्ध लगाएको बारे गरिएको कुराकानी निजी भएको भन्दै नाम उल्लेख नगरिदिन आग्रह गरेका एकजना वरिष्ठ सरकारी अधिकारीले भने, ‘हाम्रा लागि यो निकै ठूलो सावधानी हो ।’ यसै साता भारतले गत अप्रिल १ बाट शुरू भएको आर्थिक वर्ष (आव) मा गहुँ निर्यातमा कीर्तिमान कायम हुने बताएको थियो । सोको लागि मोरक्को, ट्युनिशिया, इन्डोनेशिया र फिलिपिन्समा गहुँको निर्यात बढाउने उपाय खोज्न प्रतिनिधिमण्डल पठाउने भारत सरकारको योजना थियो । गत फेब्रुअरीमा सरकारले यस वर्ष गहुँ उत्पादन ११ करोड मेट्रिक टनभन्दा बढी हुने प्रक्षेपण गरेको थियो । पछि मेमा उक्त प्रक्षेपण १० करोड ५० लाख मेट्रिक टनमा घटाएको थियो । मध्य मार्चमा भारतमा बढेको गर्मीले गहुँ उत्पादन १० करोड मेट्रिक टनमा सीमित हुने देखिएको नयाँ दिल्लीस्थित एक बहुराष्ट्रिय व्यापारिक कम्पनीको भनाइ छ । ‘सरकारी खरीद ५० प्रतिशतभन्दा बढी तल झरेको छ । स्पट मार्केटमा गतवर्षको तुलनामा निकै थोरै आपूर्ति भइरहेको छ । यी सबै कुराले उब्जनी कम भएको संकेत गरिरहेका छन्,’ उक्त डिलरले भनेको छ । रसियाले युक्रेनमा आक्रमण गरेपछि विश्व बजारमा देखिएको मूल्यवृद्धिको फाइदा उठाउँदै भारतले मार्चमा सकिने आवमा कीर्तिमानी ७० लाख मेट्रिक टन गहुँ निर्यात गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा २५० प्रतिशत बढी हो । ‘गहुँको मूल्यमा भएको वृद्धि मध्यम खालकै थियो र भारतीय मूल्य अझै पनि विश्व बजारको भन्दा कम नै छ,’ रोयटर्सले नयाँ दिल्लीका व्यापारी राजेश पहाडिया जैनलाई उद्धृत गरेको छ । ‘देशका केही भागमा गहुँको मूल्य पोहोर नै अहिलेको स्तरमा उक्लेको थियो, त्यसकारण निकासीमा प्रतिबन्ध अवश्यम्भावी प्रतिक्रिया हो ।’ उत्पादन र सरकारी स्वामित्वको फुड कर्पोरेशन अफ इन्डिया (एफसीआई) ले गर्ने खरीदमा कमी आए पनि भारतले कम्तीमा १ करोड टन गहुँ यो आवमा निर्यात गर्न सक्ने जैनको भनाइ छ । अहिलेसम्ममा एफसीआईले १ करोड ९० लाख टनभन्दा थोरै बढी गहुँ किसानसँग किनेको छ । गत आवमा उसले ४ करोड ३३ लाख टन गहुँ किनेको थियो । एफसीआईले गरीबका लागि खाद्य कल्याणकारी कार्यक्रम सञ्चालन गर्न स्थानीय किसानसँग खाद्यान्न किन्छ । विगत वर्षहरूमा भन्दा फरक किसानले यसपालि गहुँ निजीक्षेत्रका व्यापारीलाई बेच्न रुचाए । तिनले सरकारले तोकेको भन्दा बढी मूल्य दिएपछि किसान त्यता आकर्षित भएका हुन् । गत अप्रिलमा भारतले १४ लाख टन गहुँ निर्यात गरेको छ भने मेमा १५ लाख टन निर्यातका लागि सम्झौता भएको छ । भातरकै अर्का गहुँ कारोबारी भन्छन्, ‘भारतको प्रतिबन्धले विश्वभर गहुँको मूल्य माथि उकाल्नेछ । बजारमा तत्कालै ठूलो आपूर्तिकर्ता पनि छैन । एजेन्सीहरूको सहयोगमा

रुसको गहुँ निर्यात कीर्तिमानी उच्च

२०२०–२०२१ आर्थिक वर्षमा रुसले विश्वभरी गरेको गहुँको निर्यात कीर्तिमानी उच्च हुने भएको छ । यो २०१७–२०१८ को वर्षकै हाराहारीमा पुग्ने देखिएको सोभेकन अनुसन्धान केन्द्रले प्रकाशित गरेको तथ्यांकले देखाएको छ ।रुसी गहुँको आपूर्ति १० लाख टन (२.५प्रतिशत) ले बढेर ४ करोड ८० लाख टन पुग्ने अपेक्षा केन्द्रले गरेको छ । गहुँको नयाँ निर्यात २०१७–२०१८ को सबै […]