भारतमा गहुँको उत्पादनले कीर्तिमानी उचाइ छुने ! निर्यात प्रतिबन्ध यथावत् रहने

काठमाडौं । यो वर्ष भारत (India)को गहुँ (Wheat) उत्पादनले नयाँ उचाई छुने अनुमान गरिएको छ । चालु बाली वर्ष अर्थात् जुलाईदेखि जुनको अवधिमा भारतमा ११ करोड २७ लाख ४० हजार टन गहुँ उत्पादन हुने अनुमान गरिएको छ । समग्रमा भने अन्नको उत्पादन ३३ करोड ५ लाख ३० हजार टनको नयाँ उचाइ छुने कृषि मन्त्रालयले बताएको छ । चालु वर्षमा ११ करोड २० लाख टन गहुँ उत्पादन गर्ने लक्ष्य सरकारको थियो । यो वर्ष उत्पादन सरकारी लक्ष्यलाई समेत उछिन्ने देखिएको छ ।  अघिल्लो बाली वर्षमा भने मुख्य गहुँ उत्पादक राज्यहरूमा लुका कारण १० करोड ७७ लाख ४० हजार टन मात्रै गहुँ उत्पादन भएको थियो । घरेलु स्तरमा गहुँको आपूर्ति कम हुन नदिने भारतले गएको वर्ष गहुँको निर्यात (Export)मा बन्देज लगाएको थियो । अहिले पनि सो प्रतिबन्ध हटेको छैन । गहुँको उत्पादनले नयाँ उचाइ छुने अनुमान आइरहँदा प्रतिबन्ध नफुकाइने केन्द्र सरकारले हालै मात्रै स्पष्ट पारेको थियो । एजेन्सी 

सम्बन्धित सामग्री

भारतको निर्यात प्रतिबन्ध देखाएर चामलमा कालोबजारी

५ साउनदेखि भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको मौका छोपेर नेपाली बजारमा व्यापारीले कालोबजारी सुरु गरेका छन् । प्रमुख अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनले भारतले निर्यात प्रतिबन्ध गर्नासाथ...

सुजी र मैदाको निर्यात रोक्दै भारत

भारतले सुजी र मैदाको निर्यात प्रतिबन्ध लगाउने भएको छ । भारत सरकारले यही साउन २९ गतेदेखि लागू हुने गरेर सुजी र मैदाको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।यसअघि, भारतले गहुँको निर्यातमा प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्धपछि भारतबाट सुजी र मैदाको निर्यातमा ह्वात्तै वृद्धि आएको थियो । भारतको व्यापार महानिर्देशनालय (डीजीएफटी)ले जारी गरेको निर्देशनअनुसार सुजी र मैदाको निर्यातमा अनुमति आवश्यक पर्ने छ ।भारत सरकारले एक महिना अघि आँटाको निर्यात पनि रोकिसकेको छ । गहुँको निर्यात रोक्दा त्यसको प्

निर्यात प्रतिबन्ध नेपालका लागि होइन : भारतीय राजदूत

भारतले गहुँ, चिनीलगायत केही वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने नेपालमा लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले स्पष्ट पारेका छन् । राजदूत श्रीवास्तवले नेपाल उद्योग वाणिज्य महासंघले बुधबार उनको सम्मानमा महासंघ सचिवालयमा आयोजना गरेको कार्यक्रममा भारतको निर्यात प्रतिबन्ध नेपालको लागि नभएको बताएका हुन् ।राजदूत श्रीवास्तवलाई स्वागत गर्दै अध्यक्ष शेखर गोल्छाले भारत सरकारका तर्फबाट […]

‘गहुँ, चिनी निर्यात प्रतिबन्ध नेपालका लागि होइन’

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले गहुँ–चिनीलगायत केही वस्तुमा लगाएको निर्यात प्रतिबन्ध नेपालका लागि नभएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार टेकुस्थित सचिवालयमा आयोजना गरेको कार्यक्रममा नवनियुक्त...

भारतीय राजदूतको दाबी : गहुँ र चिनी निर्यात प्रतिबन्ध नेपालका लागि होइन

२९ असार,काठमाडौं । भारत सरकारले गहुँ, चिनी लगायत केही वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने नेपालका लागि भारतीय राजदूतले दाबी गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले राजदूतको स्वागतमाआयोजित भेटवार्तामा राजदूत नवीन श्रीवास्तवले सो प्रतिबन्द नेपालका लागि नभएको बताएका हुन् । कार्यक्रममा अध्यक्ष शेखर गोल्छाले भारत सरकारकातर्फबाट केही अत्यावश्यक वस्तुहरूको निर्यातमा प्रतिबन्ध लगाउने […]

गहुँ र चिनी लगायतको निर्यात प्रतिबन्ध नेपालका लागि होइनः भारतीय राजदूत

भारत सरकारले गहुँ र चिनीलगायत केही वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने भएको छ । नेपालका लागि नवनियुक्त राजदूत नवीन श्रीवास्तवले नेपाल उद्योग वाणिज्य महासंघसँग कुरा गर्दै भारतले निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि लागू नहुने बताएका हुन् ।नवनियुक्त भारतीय राजदूत श्रीवास्तवले नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज कार्यक्रममा बोल्दै यस्तो बताए । राजदूत श्रीवास्तवको भेटमा महासंघका अध्यक्ष शेखर गोल्छाले भारत सरकारकातर्फबाट केही अत्यावश्यक वस्तुहरूको निर्यातमा प्रतिवन्ध लगाउन

इण्डोनेसियाले पाम तेल निर्यात प्रतिबन्ध सोमबारदेखि हटाउने

इण्डोनेसियाले पाम तेल निर्यातमा लगाएको प्रतिबन्ध आगामी सोमबारदेखि हटाउने घोषणा गरेको छ। इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले प्रतिबन्ध फुकुवा गर्ने घोषणा गर्दै यस निर्णयले विश्वमा खाद्य तेलको पूर्ति गर्न मद्दत पुग्ने बताए।युक्रेनमा रुसले आक्रमण गरेपछि विश्वभर खाद्यान्न आपूर्ति प्रभावित भएको छ। प्रतिबन्ध फुकुवा गर्दै जोको विडोडोले पाम आयल उद्योगमा कार्यरत करिब एक करोड ७० लाख कर्मचारी, किसान र मजदुरको हितमा सोमबारदेखि तेल निकासी सुरु गर्ने निर्णय गरेको बताए।इण्डोनेसिया विश्वमा पाम तेलको सबै

इण्डोनेशियाले पाम ओयल निर्यातमा लगाएको प्रतिबन्ध हटायो

विश्वको सबैभन्दा ठूलो पाम ओयल निर्यातक मुलुक इण्डोनेशियाले तिनको निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ। यो कदमले युक्रेन युद्धपछि खाद्य आपूर्तिमा देखिएको कठिनाइलाई केही सहज बनाउने आशा बढाएको छ।पाम ओयलमाथि लागु निर्यात प्रतिबन्ध मे २३ बाट हटाइने राष्ट्रपति जोको विडोडोले विहिबार बताए। स्थानीय आपुर्ति र मुल्यमा आएको सुधारलाई मध्यनजर गरेर यो कदम उठाइएको जोकोले बताए । इण्डोनेशियाले गत अप्रिल २८ मा पाम ओयलको निर्यातमा प्रतिबन्ध लगाएको थियो। इण्डोनेशियाको कदमलाई युक्रेनमाथिको रु

भारतले निर्यात रोकेपछि विश्वभर बढ्यो गहुँको मूल्य

भारतले निर्यात प्रतिबन्ध लगाएसँगै विश्वव्यापीरूपमा गहुँको मूल्य ह्वात्तै बढेको छ । भारतले निर्यात रोकेपछि गहुँको मूल्य बढेको बेलायती समाचार संस्था बीबीसीले उल्लेख गरेको छ । भारतको निर्णयसँगै गहुँको मूल्यमा उच्च वृद्धि आएको हो ।भारतले गत साता आन्तरिक बजारमा मूल्य बढेको भन्दै गहुँको निर्यातमा रोक्ने निर्णय गरेको थियो । यतिबेला विश्वबजारमा गहुँको मूल्य ६० प्रतिशतभन्दा बढीले उकालो लागेको स्थिती छ । अन्तर्राष्ट्रिय बजारमा गहुँको प्रयोग रोटी बनाउनेदेखि नूडल्स लगातका खाद्य वस्तु उत्पादनमा प्रयोग गरिन्छ