बझाङ : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बझाङ जिल्लामा १२ वटा दल दर्ता भएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार १२ वटा दलले निर्वाचन कार्यालयमा दल दर्ता गराएका हुन्।जिल्ला निर्वाचन कार्यालयका प्रमुख विमलप्रसाद गौतमका अनुसार आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिह्न लिनका लागि यही चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिनका लागि समय दिएको थियो। आयोगले तोकेको समयमा जिल्लामा रहेका १२ दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएका छन्।गौतमका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवा