स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगद्वारा दल दर्ता आह्वान

काठमाडाैं : स्थानीय तहकाे निर्वाचनका लागि निर्वाचन आयोगले बिहीबारदेखि दल दर्ता आह्वान गरेको छ।आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि बिहीबारदेखि फागुन १५ सम्म दल दर्ता गर्न सकिने आयोगले जानकारी दिएकाे छ।दर्ता भएका दलहरूले फेरि निर्वाचनको लागि दर्ता गर्न आयोगले आह्वान गरेको हो। आयोगमा १ सय ६ वटा दल दर्ता भएका छन्। आयोगमा दलले आर्थिक वर्ष ०७७/०७८ को वार्षिक लेखापरीक्षण प्रतिवेदन अनिवार्य पेस गर्नु पर्ने जनाएकाे छ।यस्तै आव २०७६/७७ मा एकीकरण भई वा गाभिएर नयाँ कायम भएका दलले आव ०७६/७७ को