नेकपा एमालेले आफ्नो १०औं महाधिवेशनको पूर्वार्द्धमा विधान महाधिवेशन आयोजना गर्दैछ । नेकपा माओवादी केन्द्रसँग पार्टी एकता र अदालतको आदेशबाट फेरि विभाजन, सत्ताबाट बहिर्गमन अनि स्वयं एमालेको विभाजनको पृष्ठभूमिमा नेकपा एमालेको विधान महाधिवेशन आयोजना हुन लागेको हो । पार्टीले अभूतपूर्व संकटको सामना गरिरहेको वर्तमान परिवेशमा आयोजना हुन गइरहेको यो महाधिवेशनले पार्टीलाई पुनः पुरानै लयमा फर्काउन के-कस्ता […]