एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपलगायतका सुविधा एनसेलमा निःशुल्क चलाउन सकिने

एनआईसी एशिया बैंकको मोबाइल एप वेभसाइट, आईसर्भिस तथा एनसेलमा निःशुल्क चलाउन सकिने भएको छ । डिजिटल बैंकिङ्ग प्रबद्र्धन गर्न यस्तो सुविधा व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ । बैंकका ग्राहकहरूले एनसेलको डाटा प्रयोग गरी एनआईसी एसिया मोब्यांक एपमार्फत इन्टरनेट बैंकिङ सुविधा निःशुल्क प्रयोग गर्न पाउनेछन् । मोब्यांक एपमार्फत अन्तरबैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवम् बुझ्ने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलीटि बिल भुक्...

सम्बन्धित सामग्री

एनआईसी एशिया लघुवित्तको सञ्चालकमा कमल खड्का

काठमाडौं। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा कमल खड्का नियुक्त भएका छन् । संस्थाको संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको प्रतिनिधिको रूपमा खड्कालाई सञ्चालक पदको बाँकी रहेको कार्यकालसम्मको लागि नियुक्त गरिएको हो । यसअघि दिनेश भारी संस्थापक समूहबाट सञ्चालक थिए । नवनियुक्त सञ्चालक खड्काले संस्थाका अध्यक्ष सन्तोषकुमार राठी समक्ष शपथ ग्रहण गरी पद बहाल गरेका छन् । बैंकिङ क्षेत्रमा करीब १० वर्षदेखि कार्यरत खड्का एनआईसी एशिया बैंकमा आन्तरिक लेखापरीक्षण विभागमा विभागीय प्रमुखको रूपमा कार्यरत छन् ।

एनआईसी एशिया बैंक र केसर स्वीट्स एण्ड फुड्सबीच छूट सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलार्ई काठमाडौंको पशुपति प्लाजास्थित केसर स्वीट्स एण्ड फुड्सले मिठाईका परिकार खरीदमा १० प्रतिशत छूट दिने भएको छ । सोसम्बन्धी समझदारीपत्रमा बैंकका लाइफ स्टाइल बैंकिङ युनिभर्स प्रमुख श्यामप्रसाद लामिछाने र फुड्सका सह–संस्थापक प्रिया तयालले हस्ताक्षर गरेका छन् । पछिल्लोपटक डिजिटल कारोबारमा ग्राहकको बढ्दो आकर्षणलाई ध्यानमा राखी सम्झौता गरिएको बैंकले जानकारी दिएको छ । सम्झौताअनुसार मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकले मिठाईका परिकार खरीद गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा उक्त छूट पाउनेछन् ।

बैंकिङ सेवा वाहेक यस्ता काम पनि गर्छ एनआईसी एशिया बैंक

एकपछि अर्को गर्दै ग्राहकलाई वैंकिङ्ग सुविधा दिदै आएको एनआईसी एशिया बैंकले संस्थागत समाजिक उत्तरदायित्वलाई पनि प्रसंसायोग्य रुपमा अगाडि वढाएको छ।  असाधारण समयमा मुलुकको हित रक्षाको...

एनआईसी एशिया बैंक–सोल्टी होटल सम्झौता

काठमाडौं (अस) । एनआईसी एशिया बैंक र सोल्टी इन्टरप्राइजेजबीच ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापछि बैंकका ग्राहकले पाँच तारे होटल द सोल्टी काठमाडौं र नेपालगञ्जस्थित सोल्टी वेस्टेन्ड प्रिमियरमा डेबिट कार्ड वा क्यूआरबाट भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत छुट पाउनेछन् । समझदारीपत्रमा बैंकका चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देल र कम्पनीका निर्देशक दिनेशबहादुर विष्टले हस्ताक्षर गरे । डिजिटल कारोबारमा ग्राहकको बढ्दो उपस्थितिलाई लक्षित गरी बैंकले डिजिटल ग्राहकलाई प्रोत्साहन गर्न १० प्रतिशत छुटको व्यवस्था गरिएको बताएको छ । बैंकले मोबाइल बैंकिङ तथा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्तालाई देशभरका २,३०० वटाभन्दा बढी अस्पताल, होटल तथा रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा खरिद रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको जनाएको छ । हाल बैंकले ३५८ शाखा, ४७३ एटीएम, ९४  विस्तारित काउन्टर एवं ८१ शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।

एनआईसी एशिया बैंक अधिकांश सूचकांकमा देशकै अग्रणी स्थान हासिल गर्न सफल

मुलुकको बैंकिङ क्षेत्रमा पृथक रणनीति अवलम्बन गरी सबैभन्दा ठूलो एवं सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्न सफल एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा व्यवसायमा ऐतिहासिक वृद्धि गरी अधिकांश वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थान हासिल गर्न सफल भएको छ । बैंकले आव २०७७/७८ को चौथो त्रयमासको अपरिष्कृत वित्तीय विवरणमा बैंकिङ क्षेत्रको अधिकांश वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको छ भने बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहपूर्ण रहेका छन् । बैंकले अवलम्बन गरेको कु...

सामाजिक सुरक्षा कोषविरुद्ध एनआईसी एशिया बैंक कर्मचारी संघको विरोध

असार १८, काठमाडौं । सामाजिक सुरक्षा कोषविरुद्ध एनआईसी एशिया बैंक कर्मचारी संघले देशैभरी आज (शुक्रवार) विरोध प्रर्दशन गरेको छ ।  सामाजिक सुरक्षा कोष विभेदकारी र अन्यायपूर्ण रहेको भन्दै एनआईसी एशिया बैंक कर्मचारी संघले उक्त योजनाको विरोध गर्दै देशैभरी बैंकका प्रमुख कार्यालय तथा प्रादेशिक कार्यालयहरुमा विभिन्न मागहरु राख्दै विरोध प्रर्दशन गरेको हो ।  सामाजिक सुरक्षा कोष ऐन, नियमावली तथा कार्यविधिमा यसअघि नै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारी युनियनहरुले संयुक्त रुपमा पेश गरेका सुझावहरुको सम्बोधन गर्न संघले सरोकारवालाहरुसँग अपिल गरेको छ ।  योजनाका कतिपय बुँदा कर्मचारीको हित हुने गरी परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएको हुनाले र हालको विभेदकारी व्यवस्थाले विगतका उपलब्धिहरु समेत गुम्ने खतरा रहेको हुनाले उक्त योजनमा कदापी संलग्न हुन नसकिने कुरामा उक्त संघ कटिबद्ध रहेको बताइएको छ ।  हालको व्यवस्था न्यूनतम पारिश्रमिक हुने वर्गलाई केही राम्रो देखीएपनि लामो समयसम्म संघर्ष गर्दै विभिन्न सुविधा हासिल गर्न सफल बैंकिङ क्षेत्रका कर्मचारीलाई भने खासै आवस्यक नदेखिएकोे अवस्थामा पनि सरकारको योजनालाई मुर्तरुप दिन बैंकिङ क्षेत्रका कर्मचारीवर्ग उक्त योजनामा आवद्ध हुन तयार रहेको तर हालको विभेदकारी बुँदाहरुलाई भने परिमार्जन गर्नुपर्ने माग रहेको संघले बताएको छ ।   सरकारले युगान्तकारी योजना ल्याएको र समग्र कर्मचारीवर्गको हितको लागि यो योजनाले काम गर्नेछ भन्ने हाम्रो अपेक्षा विपरीत उक्त योजनाले बैंकिङ कर्मचारीलाई अन्यायपूर्ण व्यवस्था लागू गर्दै वाध्यकारी बनाउन खोजेको हुनाले सबै कर्मचारी एक्यबद्ध भई आन्दोलनमा उत्रिनु परेको अवस्था सम्बन्धीत सबैलाई जानकारी गराउँदै र हाम्रा माग पूरा गरी न्यायोचित ढंगबाट उक्त सामाजिक सुरक्षा कार्यविधी परिमार्जन नगरेसम्म यो दबाब निरन्तर राख्ने उनीहरुले चेतावनी दिएका छन् ।

‘कोभिडपछिको आर्थिक विषमतामा हलचल ल्याउन सुपर चमत्कारिक कर्जा योजना’

एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्, रोशनकुमार न्यौपाने । उनले सीईओको जिम्मेवारी सम्हालेको छोटो समयमै वासलातको आकार, शाखा सञ्जाल, ग्राहक संख्या, डिजिटल बैंकिङ इक्विटी प्रतिफल आदि सबै हिसाबले एनआईसी एशिया बैंक उचाइतर्फको यात्रामा …

एनआईसी एशिया बैंकलाई एकै साथ दुई अवार्ड

५ पुस, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले एकैसाथ दुईवटा अवार्ड प्राप्त गरेको छ । ‘वर्ल्ड ह्युमेन रिसोर्स डेभलपमेन्ट कँग्रेस, इम्प्लोयर ब्राण्डिङ इन्स्टिच्यूट एण्ड स्टार अफ दी इण्डष्ट्री ग्रुप’द्वारा काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजित ‘नेपाल बीएफएसआर्य एक्सिलेन्स एण्ड लिडरसीप अवार्ड २०१७ मा नेपालको बैंकिङ क्षेत्रतर्फको बेष्ट ब्राण्ड अवार्ड र बेष्ट इम्प्लोयर …