सरकारसँग ५ बुँदे सहमतिपछि मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।काठमाडौंको माइतीघरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सरकारसँग माग पूरा गर्ने सहमति भएकोले तत्काललाई आन्दोलन स्थगित गरिएको संघर्ष समिति अध्यक्ष राम सुरत गुप्ताले जानकारी गराए । गृह मन्त्रालय र संघर्ष समितिबीच शनिबार बिहान ५ बुँदे सहमति भएको थियो ।