जुम्ला बन्यो नेपालकै ठूलो फुजि स्याउको बगैँचा

जुम्लाको गुठिचौर गाउँपालिका ५ काडाखोला जलजलामा नेपालकै ठूलो फुजि स्याउँ बगैचा स्थापना भएको छ । गुठिचौर एग्रो फार्म प्रा.लि.का अध्यक्ष मिनबहादुर भण्डारीले उच्च घनत्व जातको आधुनिक स्याउ बगैँचा निर्माण गरेका हुन् । झण्डै ८ करोड रुपैयाँको व्यक्तिगत लगानीमा बगैँचा निर्माण गरिएको हो ।

सम्बन्धित सामग्री

जुम्लाका ४२ हजार हेक्टर जमिनमा स्याउ खेती बिस्तार

जुम्ला – स्याउकाे जिल्लाकारुपमा परिचित जुम्लाले पछिल्लाे समय स्याउ खेती द्रुतरुपमा बढाउँदै लगेकाे छ । जुम्लाले बर्सेनि स्याउ उत्पादन मात्रै नभइ खेती पनि बिस्तार गर्दै लगेको छ ।  जिल्ला कृषि विकास कार्यालयले २०६४ सालमा एक घर एक स्याउ बगैँचा अवधारणा ल्याएपछि जिल्लाका प्रायः सबै घरमा स्याउ बगैँचा र स्याउ रोप्ने काम बिस्तार भएकाे छ ।  अहिले पछिल्लो समयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्याउको उत्पादन बढाउने, विज्ञता प्रदान गर्नेदेखि अनुदानसमेत दिन थालेपछि स्याउ खेती बढ्न थालेको छ ।&nb...

जुम्ली किसानका स्याउ–बगैँचा फूलेर ढकमक्क

खलङ्गा । कर्णाली प्रदेशकै सबैभन्दा बढी स्याउ उत्पादन हुने जिल्ला जुम्लाका बगैँचामा स्याउका फूल फूलेर सेताम्मे बनेका छन् । स्याउका फूल फूलेर यहाँको वातावरण निकै रमणीय देखिन्छ । जिल्लैभरि रहेका बगैँचामा जुम्ली किसानले लगाएका स्याउका बोट फुलेर सेताम्मे भएपछि यहाँको वातावरण रमाइलो देखिएकोमा स्थानीय शिव कार्की खुशी देखिएका छन् । उनले भने, ‘जुम्ला अर्गानिक स्वादिलो स्याउ पाइने जिल्लाका रूपमा चिनिन्छ । त्यो स्वादिलो स्याउ फल्ने बोटका बगैँचामा फूल फुलेर अहिले सेताम्य भएको छ ।’ उनका अनुसार चैतवैशाखमा स्याउ फुल्ने र असोजदेखि कात्तिक महीनामा पाक्ने गरेको छ । इटलीबाट फुजी स्याउका बिरुवा ल्याएर स्याउखेती गरेसँगै अहिले जिल्लाभरि उक्त जातको स्याउ फैलिएको छ । यहाँका आठओटै स्थानीय तहमा स्याउखेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख गङ्गा पोखरेलले जानकारी दिए । अहिले जिल्लाभर तीन जातका स्याउ फल्ने गरेको कृषि विकास कार्यालय जुम्लाले बताएको छ । यहाँ गोेल्डेन डेलिसेस, इटालिएन फुजी र गाला जातका स्याउ फल्ने गरेका छन् । अधिकांश स्थानमा स्थानीय अर्गानिक विकासे स्याउ पनि फल्ने गरेका छन् । जुम्लाको स्याउले सुर्खेत, नेपालगञ्ज, धनगढी, काठमाडौँ, पोखरालगायत देशका ठूला सहरमा पनि निकै आकर्षक बजार लिएको छ । पछिल्लो समय जिल्लाबाहिर स्याउको माग पनि बढ्दै गएको छ । जुम्ली स्याउको माग बजारमा अत्यधिक हुने गरेको स्थानीय व्यापारी बताउँछन् । यहाँका स्थानीय तहका गाउँघरसम्म सडक सञ्जाल जोडिएपछि स्याउ ढुवानीमा सहजता भएको स्याउ किसान पदम बुढाले बताए । पछिल्लो समय जुम्ली किसानको स्याउखेतीप्रति बढ्दै गएको आकर्षणका कारण पनि उत्पादन वृद्धि भइरहेको छ । जुम्लाका साढे १६ हजार घरपरिवार स्याउखेतीमा निर्भर छन् । जुम्लाको कुल ३९ हजार ४३५ हेक्टर खेतीयोग्य जमिन छ । त्यसको तीन हजार ७०० हेक्टर जमिनमा स्याउखेती हुने गरेको कृषि विकास कार्यालयको तथ्यांकले देखाएको छ । जुम्ली एग्रो फार्म र हाम्रो सहकारी प्रालिले १० वर्षका लागि चन्दननाथ मन्दिरको २० हजार वर्गमिटर क्षेत्रफलको जग्गा भाडामा लिएर फुजी स्याउखेती गरेको छ । जसमा तीन हजार ५०० फुजी जातको स्याउको बिरुवा लगाइएको छ । यहाँको स्थानीय जातको स्याउभन्दा फुजी स्याउले राम्रो प्रतिफल दिने भएकाले किसान यो स्याउखेतीमा आकर्षित भएको कृषि विकास कार्यालय जुम्लाले बताएको छ । रासस

जुम्लाका किसान स्याउ बगैंचा व्यवस्थापनमा व्यस्त

जुम्ला–जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागि परेका छन् । चन्दननाथ नगरपालिका–५का स्याउ किसान सरोज शाहीले यो याममा स्याउ बगैँचा काँटछाट तथा व्यवस्थापनमा व्यस्त रहेको बताए । ‘स्याउको बगैँचा समयमै व्यवस्थापन नगरे स्याउ कम फल्छ । स्याउ कम फलेको खण्डमा हाम्रो आम्दानीको स्रोत हुँदैन,’ उनले भने, ’यतिबेलाको समयमा स्याउको […]

जुम्ला भन्दैछ : यो समय स्याउको हो

अहिले बगैँचा राताम्य छन्। यहाँका स्थानीयको झोलामा स्याउ छ। खोलामा स्याउ छ। थोलामा स्याउ छ। गाडी र झाडीमा समेत स्याउ नै स्याउ छ। जहाँतही स्याउको सिजन हुँदा जुम्लाको सुरन्दरतामा साथ मिलेको छ।...

सांसद विकास कोषको चार करोड स्याउ बगैंचा व्यवस्थापनमा खर्च गरिने

जुम्ला :  सांसद विकास कोषको चार करोड  रकम  स्याउको बगैँचा व्यवस्थापनमा खर्च गरिने भएको छ। जुम्लाका प्रतिनिधिसभाका सदस्य गजेन्द्र बहादुर महतको सांसद विकास पूर्वाधार कोषको बजेट नमूना स्याउ र ओखर बगैँचामा लगानी गरिने बताए।   यस अघि  जुम्लामा दिइएका टुक्रे योजनाले कृषिमा परिवर्तन नआएको भन्दै स...

एक महिनाअघि स्याउको बगैँचा हेर्न गएका धनजित अझै घर फर्केनन्

नेत्र शाही/उज्यालो ।   जुम्ला, माघ २० –एक महिना अगाडि हराएका मानसिक अपाङ्गता भएका एक यूवा अझै घर फर्किएका छैनन् ।  जुम्लाको तिला गाउ...