जुम्ली किसानका स्याउ–बगैँचा फूलेर ढकमक्क

खलङ्गा । कर्णाली प्रदेशकै सबैभन्दा बढी स्याउ उत्पादन हुने जिल्ला जुम्लाका बगैँचामा स्याउका फूल फूलेर सेताम्मे बनेका छन् । स्याउका फूल फूलेर यहाँको वातावरण निकै रमणीय देखिन्छ । जिल्लैभरि रहेका बगैँचामा जुम्ली किसानले लगाएका स्याउका बोट फुलेर सेताम्मे भएपछि यहाँको वातावरण रमाइलो देखिएकोमा स्थानीय शिव कार्की खुशी देखिएका छन् । उनले भने, ‘जुम्ला अर्गानिक स्वादिलो स्याउ पाइने जिल्लाका रूपमा चिनिन्छ । त्यो स्वादिलो स्याउ फल्ने बोटका बगैँचामा फूल फुलेर अहिले सेताम्य भएको छ ।’ उनका अनुसार चैतवैशाखमा स्याउ फुल्ने र असोजदेखि कात्तिक महीनामा पाक्ने गरेको छ । इटलीबाट फुजी स्याउका बिरुवा ल्याएर स्याउखेती गरेसँगै अहिले जिल्लाभरि उक्त जातको स्याउ फैलिएको छ । यहाँका आठओटै स्थानीय तहमा स्याउखेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख गङ्गा पोखरेलले जानकारी दिए । अहिले जिल्लाभर तीन जातका स्याउ फल्ने गरेको कृषि विकास कार्यालय जुम्लाले बताएको छ । यहाँ गोेल्डेन डेलिसेस, इटालिएन फुजी र गाला जातका स्याउ फल्ने गरेका छन् । अधिकांश स्थानमा स्थानीय अर्गानिक विकासे स्याउ पनि फल्ने गरेका छन् । जुम्लाको स्याउले सुर्खेत, नेपालगञ्ज, धनगढी, काठमाडौँ, पोखरालगायत देशका ठूला सहरमा पनि निकै आकर्षक बजार लिएको छ । पछिल्लो समय जिल्लाबाहिर स्याउको माग पनि बढ्दै गएको छ । जुम्ली स्याउको माग बजारमा अत्यधिक हुने गरेको स्थानीय व्यापारी बताउँछन् । यहाँका स्थानीय तहका गाउँघरसम्म सडक सञ्जाल जोडिएपछि स्याउ ढुवानीमा सहजता भएको स्याउ किसान पदम बुढाले बताए । पछिल्लो समय जुम्ली किसानको स्याउखेतीप्रति बढ्दै गएको आकर्षणका कारण पनि उत्पादन वृद्धि भइरहेको छ । जुम्लाका साढे १६ हजार घरपरिवार स्याउखेतीमा निर्भर छन् । जुम्लाको कुल ३९ हजार ४३५ हेक्टर खेतीयोग्य जमिन छ । त्यसको तीन हजार ७०० हेक्टर जमिनमा स्याउखेती हुने गरेको कृषि विकास कार्यालयको तथ्यांकले देखाएको छ । जुम्ली एग्रो फार्म र हाम्रो सहकारी प्रालिले १० वर्षका लागि चन्दननाथ मन्दिरको २० हजार वर्गमिटर क्षेत्रफलको जग्गा भाडामा लिएर फुजी स्याउखेती गरेको छ । जसमा तीन हजार ५०० फुजी जातको स्याउको बिरुवा लगाइएको छ । यहाँको स्थानीय जातको स्याउभन्दा फुजी स्याउले राम्रो प्रतिफल दिने भएकाले किसान यो स्याउखेतीमा आकर्षित भएको कृषि विकास कार्यालय जुम्लाले बताएको छ । रासस

सम्बन्धित सामग्री

जुम्ली घोडाको माग लगातार घट्दो

एक महिना लगाएर जुम्लाबाट दार्चुलाको जौलजीवी मेलाका लागि जुम्ली घोडा पुगेका छन् । घोडा व्यापारीहरूले मेलामा बिक्रीका लागि भन्दै यो वर्ष २२ वटा घोडा जौलजीवी पुर्‍याइएको छ । विगतमा सयौँ घोडाको व्यापार हुँदै आएको...

पाक्न थाले जुम्ली मार्सी धान

जुम्लामा मात्र उत्पादन हुने जुम्ली मार्सी धान पाक्न थालेको छ। यतिबेला खेतहरूमा लहलह धान झुलिएका देखिन्छन्।...

शहरमा जुम्ली स्याउ

जुम्ला । बाँके कोहलपुर चौराहाको ३४ डिग्रि तापमानमा जुम्लाको स्याउ किन्नेहरुको भिड छ । कुनै बेला कर्णालीबाट हेलिकोप्टर चढेर नेपालगञ्ज झर्ने जुम्ली स्याउ अचेल कर्णाली राजमार्ग हुदै ट्रक चढेर नेपालगञ्ज पुग्छ । जुम्लामा किसानको बारीमा प्रतिकिलो ५० रुपैँयामा पाइने स्याउ नेपालगञ्जसम्म पुग्दा प्रतिकिलो १५० रुपैँया पुगेको छ । जुम्लाको तातोपानी ६ का मुन बहादुर विष्ट […] The post शहरमा जुम्ली स्याउ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

आर्थिक अभावले प्रकाशन हुन सकेन खस भाषाको जुम्ली शब्दकोश

खलङ्गा– आर्थिक अभावका कारणले खस भाषाको जुम्ली शब्दकोश प्रकाशन हुन सकेको छैन। कर्णालीमा बोलिने भाषा तथा शब्द संरक्षणका लागि प्रकाशन गर्ने भनिएको जुम्ली शब्दकोश दश वर्ष बितिसक्दा पनि प्रकाशन भएको छैन। पहिलो पटक २०६५ साल वैशाख ११ गते जुम्ली शब्दकोश प्रकाशन गरेर खस शब्दको संरक्षण गर्ने निर्णय भएको थियो। आधुनिक शब्दले खस शब्द लोप हुँदै […]

आर्थिक अभावका कारण प्रकाशन भएन जुम्ली शब्दकोष

कर्णालीमा बोलिने भाषा तथा शब्द संरक्षणका लागि प्रकाशन गर्ने भनिएको जुम्ली शब्दकोष १० वर्ष बितिसक्दा पनि प्रकाशन हुन  सकेको छैन । पहिलो पटक २०६५ साल वैशाख ११ गते जुम्ली शब्दकोष प्रकाशन गरेर खस शब्दको संरक्षण गर्ने निर्णय भएको थियो । आधुनिक शब्दले खस शब्द लोप हुदै जाँदा खस भाषा नै संकटमा पर्दै गइरहेको भन्दै तत्कालीन जिल्ला विकास समितिले जुम्ली शब्दकोष प्रकाशनका लागि कार्य प्रारम्भ गरेको थियो । जुम्ली शब्दकोष बनाउन चाहिने आवश्यक शब्द संकलनका लागि चन्दननाथ २ का ७६ वर्षीय रमानन्द आचार्यलाई

जुम्ली स्याउको उत्पादन घट्दै, माग बढ्दै

स्याउखेती जुम्लाको आर्थिक विकासको बलियो स्रोतमध्ये एक हो । यहाँका हजारौं किसान स्याउखेती गरेरै घरखर्चदेखि छोराछोरी पढाउने गर्छन् । बजारमा जुम्ली स्याउको माग बढ्दो छ । किसान पनि स्याउखेतीतर्फ आर्कषित छन् भने, स्याउखेतीको क्षेत्र पनि विस्तार हुँदै गएको छ । तर खेतीमा किसानको आकर्षण, बाह्य बजारमा बढ्दो माग भए पनि दुई वर्षयता जुम्ली स्याउको उत्पादन […]

क्यानडाका घरघरमा जुम्ली मार्सी र सिमि

चितवन जिल्ला स्थायी घर भएका डाक्टर पूर्ण कँडेल यतिबेला क्यानडाका घरघरमा जुम्ली मार्सी र सिमिको स्वाद चखाउन व्यस्त छन् । गोलोबल व्यापारीका रूपमा आफ्नो परिचय स्थापित गरिसकेका डा. कँडेलले जुम्लाका कृषि विज्ञ राज शाहीसँंगको सहकार्यमा पहिलो पटक क्यानडामा २० टन जुम्ली मार्सी, सिमि, कोदो निर्यात भएको थियो । त्यसपश्चात जुम्ली मार्सी र सिमिको बजारीकण क्यानडामा […]

जुम्ली मार्सीको माग बढे पनि उत्पादन बढेन

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय जुम्ली मार्सीको माग बढ्दो छ । दुई महिनाअघि पठाइएको २० टन जुम्ली मार्सी क्यानडास्थित (लायम फुड कर्पोरेसन) कम्पनीमा पुगेको छ । अस्ट्रेलिया, जापान, भारतलगायतका अन्तर्राष्ट्रिय बजारमा मार्सीको माग छ । यता राष्ट्रिय बजारको मागअनुसार मार्सी पु¥याउनै मुस्किल छ । तर मागअनुसार मार्सीको उत्पादन तथा खेती विस्तार नहुँदा समस्या भएको […]

जुम्ली स्याउ नपाक्दै बजारमा

उक्त स्याउ सुर्खेत, नेपालगन्जका बजारसम्म पुगिसकेको छ। स्याउको पुर्णरुपमा कलर भरिएको छैन। गुलियो मात्रमा पनि कम छ। काँचो स्याउ लैजाँदा अमिलो हुने र जुम्ली स्याउको गुणस्तरतामाथि प्रश्न उब्जने खतरा बढेको कृषि प्राविधिकहरु बताउँछन्।...

साक्षर बन्दै जुम्ली महिला

जुम्लाका जनजाती महिलाहरूहरू बल्ल कखरा सिकेर साक्षर बन्न थालेका छन् । तीन महिने साक्षरता कार्यक्रम सुरु भएसँगै जुम्ली जनजाति महिलाहरू कखरा सिकेर साक्षर बन्न थालेका हुन् ।सधैं घरधन्दामै बेस्थ हुने, जाँडरक्सी बेच्ने पुर्खेउली पेशालाई अंगाली रहेकी निरक्षर जुम्ली जनजाति महिलालाई सामान्य लेखपढ गराउने लक्ष्यका साथ चन्दननाथ नगरपालिकाको सहयोगमा ३ महिने जनजाती महिलाका लागि साक्षरता कार्यक्रम […]