राष्ट्रिय सहकारी बैङ्क लिमिटेड दमौली शाखाले तनहुँका दुई सहकारी संस्थालाई व्यवसाय पुरस्कार प्रदान गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा बैङ्कमा नियमित कारोबार गर्ने र उत्कृष्ट कारोबार गर्ने एक÷एक सहकारी संस्थालाई सोमबार दमौलीमा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको हो ।उत्कृष्ट कारोबार विधामा शुक्लागण्डकी नगरपालिकास्थित बेलचौतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नियमित विधामा दमौलीस्थित समृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पुरस्कृत गरिएको हो ।