डिभिजन वन कार्यालय तनहुँले जिल्लाका उत्कृष्ट सामुदायिक वनलाई पुरस्कृत गरेको छ । कार्यालयले आर्थिक वर्ष ०७८/७९ र ०७७/७८ का उत्कृष्ट तीन÷तीन सामुदायिक वनलाई पुरस्कृत गरेको हो । उत्कृष्ट हुन सफल सामुदायिक वनलाई सामुदायिक दिवसका अवसर पारेर आज म्याग्दे गाउँपालिका–२ ज्यानटाङ पधेंरा सामुदायिक वनमा आयोजित कार्यक्रमबीच पुरस्कार प्रदान गरिएको छ । आव ०७८/७९ मा बन्दीपुर गाउँपालिका–२ स्थित पार्चे सामुदायिक वन उपभोक्ता समूह प्रथम, म्याग्दे गाउँपालिका–२ स्थित वाराही सामुदायिक वन