इङ्लिस प्रिमियर लिगमा चेल्सी चौथो स्थानमा

 ब्राइटनसँग गोलरहित बराबरी खेलेको चेल्सी इङ्लिस प्रिमियर लिग फुटबलको चौथो स्थानमा उक्लिएको छ । चेल्सीले लिगमा ३२ खेलबाट ५५ अंक बटुलेको छ । समान अंक रहेको वेस्टह्यामलाई गोलअन्तरमा पछि पार्दै चेल्सी चौथो स्थानमा उक्लिएको हो । यस खेल सुरु हुनअघि चेल्सीले प्रस्तावित युरोपेली सुपर लिगबाट नाम फिर्ता गर्ने तयारी थालिरहेको थियो । यता, रंगशालाबाहिर समर्थकहरु पनि क्लबको निर्णयको विरोध गर्दै नाराबाजीमा थिए । यस उतार–चढावको समय खेलिएको खेलमा अधिकांश समय बल होल्ड गरेपनि चेल्सीले खासै आक्

सम्बन्धित सामग्री

एभर्टनको मुख्य प्रशिक्षकमा सेन डाइचे नियुक्त

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग क्लब एभर्टनले सेन डाइचेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । इङ्लिस प्रशिक्षक डाइचेले एभर्टनसँग साढे दुई वर्षको सम्झौता गरेका छन् । उनी सन् २०२५ को जुनसम्म एभर्टनमा रहने छन् । एभर्टनले गएको हप्ता मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको थियो । डाइचेलाई गएको अप्रिलमा बर्नलीले मुख्य प्रशिक्षकबाट बर्खास्त गरेको थियो । सेन डाइचेले जिम्मेवारी सम्हालेसँगै एभर्टनले आउँदो शनिवार प्रिमियर लिगको शीर्ष स्थानमा रहेको क्लब आर्सनलसँग खेल्दैछ । एभर्टन प्रिमियर लिगमा २० खेलमा मात्र तीन जित र १५ अङ्कको साथ १...

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले चेल्सीलाई हराएको छ । आज बिहान भएको खेलमा सिटी १–० गोलले विजयी भएकाे हाे । सिटका रियाद महारेजले खेलको ६३ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै सिटीको १७ खेलमा ३९ अङ्क भएको छ । सिटी अङ्क तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको आर्सनलको १७ खेलमा ४४ अङ्क छ । पराजित चेल्सीको १७ खेलमा २५ अङ्क छ । चेल्सी अङ्क तालिकाको १०औँ स्थानमा छ ।

इङ्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डले लिभरपुललाई ३–१ गोलले हरायो

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्डले लिभरपुललाई हराएको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डसँग लिभरपुल ३–१ गोलले पराजित भयो । लिभरपुलका इब्राहिम कोन्टेले खेलको १९औँ मिनेटमा आत्मघाती गोल गरेपछि अग्रता लिएको ब्रेन्टफोर्डले थप दुई गोल गर्यो । उसका योने विसाले खेलको ४२औँ र ब्रायन एमबेउमोले ८४औँ मिनेटमा गोल गरे । लिभरपुलका एलेक्स अक्सलेड च्याम्बरलेनले एक गोल फर्काए । उनले खेलको ५०औँ मिनेटमा गोल गरे । ब्रेन्टफोर्डसँग पराजित लिभरपुल १७ खेलमा २८ अङ्कका साथ तालिकाको छैटाैँ स्थानमा रहेको छ । ब्रेन्...

इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानको आर्सनलले वेस्ट ह्यामलाई हरायो

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले वेस्ट ह्यामलाई हराएको छ। आज बिहान भएको खेलमा आर्सनलले वेस्ट ह्यामलाई ३–१ गोलले हरायो । जितसँगै आर्सनलले अङ्कतालिकामा ७ अङ्कको अग्रता बनाएको छ । उसको १५ खेलमा ४० अङ्क छ । पराजित वेस्ट ह्याम १६औँ स्थानमा छ । उसको १६ खेलमा १४ अङ्क छ । प्रिमियर लिगमा गएराति भएका खेलमा लिभरपुलले एस्टन भिल्लालाई र ब्राइटनले साउथह्याम्पटनलाई समान ३–१ गोलले हराएको छ । त्यस्तै, उल्भ्सले एभर्टनलाई २–१ गोलले, फुलह्यामले क्रिस्टल प्यालेसलाई र न्युक्यासलले ...

प्रिमियर लिगमा आर्सनलले उल्भ्सलाई हरायाे

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले उल्भ्सलाई हराएको छ । अङ्क तालिकाको शीर्ष स्थानमा रहेको आर्सनलले उल्भ्सलाई २–० गोलले हराएकाे हाे । गएराति भएको खेलमा आर्सनलले खेलको ५४ र ७५औँ मिनेटमा गोल गर्यो । जितसँगै आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको अङ्क दूरी घटाएको छ । आर्सनलको १४ खेलमा ३७ अङ्क छ । समान खेलमा सिटीको ३२ अङ्क छ । म्यानचेस्टर सिटी ब्रेन्टफोर्डसँग २–१ गोलले पराजित भयो । जितसँगै ब्रेन्टफोर्डको १५ खेलमा १९ अङ्क भएको छ । ब्रेन्टफोर्ड १०औँ स्थानमा छ।

इङ्लिस प्रिमियर लिग र सिरिएको उपाधि विजेता टुंगो आज, यस्तो छ समीकरण

लन्डन । इङ्लिस प्रिमियर लिग फुटबल र इटालियन सिरिएको यो सिजन उपाधि विजेताको टुंगो आइतबार लाग्दै छ । इङ्लिस प्रिमियर लिगमा पहिलो र दोस्रो टोलीबीच एक अंकको फरक छ भने सिरिएमा २ अंकको फरक छ । इङ्लिस प्रिमियर लिगमा शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले घरेलु मैदानमा एस्टन भिल्लाको सामना गर्दैछ । अर्को खेलमा दोस्रो स्थानको लिभरपुलले […]

लिभरपुलको कठिन जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले रेलिगेशन जोनमा रहेको बर्नलीलाई पराजित गरेको छ ।   आईतबार राति तालिकाको पुछारमा रहेको क्लबमाथि लिभरपुलले १–० को कठिन जित निकालेको हो ।  लिभरपुलले प्रिमियर लिगमा बर्नलीमाथि चार खेलमा लगातार जित निकालेको हो । एनफिल्ड क्लबको जितले शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथि दबाब बढाएको छ ।  पछिल्लो खेलमा जित प्राप्त गरेपनि लिग लिडर म्यानचेस्टर सिटी भन्दा एनफिल्ड क्लब ९ अंकले पछि छ । बर्नली तालिकाको पुछारमा छ । रेलिगेशनबाट उ अझै ७ अंकले पछि छ ।

टोटनहम एभर्टनसँग बराबरीमा रोकियो

काठमाडौं, २२ कात्तिक । इङ्लिस प्रिमियर लिग फुटबलमा टोेटनहम एभर्टनसँग गोल रहित बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा टोटनहमले गोलका लागि प्रयासरत रहेपनि गोल गर्न भने सकेन । नयाँ प्रशिक्षक एन्टोनियो कोन्टेको पिहिलो प्रिमियर लिगमा टोटनहम गोल गर्न नसक्दा अंक बाँड्न बाध्य भएको हो । खेल अबधि भर एभर्टनको प्रदर्शन पनि राम्रो रहेको […]

प्रिमियर लिगमा एस्टन भिल्लाको लगातार पाचौँ हार

एस्टन भिल्लाले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार पाचौँ हार ब्यहोरेको छ। प्रतियोगिताअन्तर्गत शुक्रबार राती भएको खेलमा एस्टन भिल्लाले साउथ ह्याम्पटनसँग १-० गोलको हार ब्यहोरेको हो। घरेलु मैदानमा उत्रिएको साउथ ह्याम्पटनका लागि एडम आर्मस्ट्रङले गोल गरे। जितसँगै ११ खेलबाट १४ अंक भएको साउथ ह्याम्पटन तालिकाको १२ औँ स्थानमा उक्लिएको छ। साउथ ह्याम्पटनले पछिल्ला चार खेलमा तीन […]