इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले चेल्सीलाई हराएको छ । आज बिहान भएको खेलमा सिटी १–० गोलले विजयी भएकाे हाे । सिटका रियाद महारेजले खेलको ६३ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै सिटीको १७ खेलमा ३९ अङ्क भएको छ । सिटी अङ्क तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको आर्सनलको १७ खेलमा ४४ अङ्क छ । पराजित चेल्सीको १७ खेलमा २५ अङ्क छ । चेल्सी अङ्क तालिकाको १०औँ स्थानमा छ ।

सम्बन्धित सामग्री

म्यान सिटीको खराब लय- लगातार तीन बराबरीपछि हार्‍यो

काठमाडौ। इङ्लिस प्रिमियर लिग तथा युरोपियन च्याम्पियन्स लिग विजेता म्यानचेस्टर सिटी खराब लयमा देखिएको छ। प्रिमियर लिगको बुधबार राती भएको खेलमा एस्टन भिल्लाले म्यान सिटीलाई १-० गोलले हराएको हो। घरेलु मैदानमा एस्टन भिल्लाका लियोन बैलीले ७४ औँ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो। म्यान सिटीले प्रिमियर लिगमा चार खेलयता जित हात पार्न सकेको छैन। लगातार […]

प्रिमियर लिगमा आर्सनलले उल्भ्सलाई हरायाे

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले उल्भ्सलाई हराएको छ । अङ्क तालिकाको शीर्ष स्थानमा रहेको आर्सनलले उल्भ्सलाई २–० गोलले हराएकाे हाे । गएराति भएको खेलमा आर्सनलले खेलको ५४ र ७५औँ मिनेटमा गोल गर्यो । जितसँगै आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको अङ्क दूरी घटाएको छ । आर्सनलको १४ खेलमा ३७ अङ्क छ । समान खेलमा सिटीको ३२ अङ्क छ । म्यानचेस्टर सिटी ब्रेन्टफोर्डसँग २–१ गोलले पराजित भयो । जितसँगै ब्रेन्टफोर्डको १५ खेलमा १९ अङ्क भएको छ । ब्रेन्टफोर्ड १०औँ स्थानमा छ।

लिभरपुलको कठिन जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले रेलिगेशन जोनमा रहेको बर्नलीलाई पराजित गरेको छ ।   आईतबार राति तालिकाको पुछारमा रहेको क्लबमाथि लिभरपुलले १–० को कठिन जित निकालेको हो ।  लिभरपुलले प्रिमियर लिगमा बर्नलीमाथि चार खेलमा लगातार जित निकालेको हो । एनफिल्ड क्लबको जितले शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथि दबाब बढाएको छ ।  पछिल्लो खेलमा जित प्राप्त गरेपनि लिग लिडर म्यानचेस्टर सिटी भन्दा एनफिल्ड क्लब ९ अंकले पछि छ । बर्नली तालिकाको पुछारमा छ । रेलिगेशनबाट उ अझै ७ अंकले पछि छ ।

प्रिमियर लिगमा म्यानचेस्टर सिटी, चेल्सी र आर्सनल विजयी

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी, चेल्सी, आर्सनल र लिभरपुल विजयी भएका छन् । तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले साउथह्याम्पटनलाई २-१...