प्रिमियर लिगमा ११ चरणका खेलमात्र सकिँदा पछिल्लो एक सातामा ३ सहित ५ जना प्रशिक्षक बर्खास्त

इङ्लिस प्रिमियर लिग फुटबल गत साता प्रशिक्षक बर्खास्तीका कारण बढी चर्चामा रह्यो। पछिल्लो एक सातामा तीनवटा प्रिमियर लिग क्लबले प्रमुख प्रशिक्षक बर्खास्त गरेका छन्, क्लबको खराब प्रदर्शनपछि। त लगातार पाँच हारपछि एस्टन भिल्लाले आइतबार प्रशिक्षक डिन स्मिथको जागिर खोस्यो। त्यसको एक दिनअघि नर्विच सिटीले यो सिजन क्लबले पहिलो जित हात पारेको केही घन्टामा प्रशिक्षक ड्यानियल […]