जनसंख्याको ८८ प्रतिशतमा इन्टरनेटको पहुँच

काठमाडौं । नेपालमा इन्टरनेट प्रयोगकर्ता २ करोड ६३ लाखभन्दा बढी पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो ८ महीनाको तथ्यांकले कुल २ करोड ६३ लाख ५६ हजार जनाभन्दा बढीको पहुँचमा इन्टरनेट सेवा पुगेको देखाएको छ, जुन जनसंख्याको ८८ दशमलव २१ प्रतिशत हो । प्राधिकरणले जनसंख्या प्रक्षेपण (२०११–२०३०)को आधारमा प्रतिवेदन तयार पारेको हो । सो अनुसार प्रतिवेदन बनाउँदा नेपालको कुल जनसंख्या २ करोड ९८ लाख ७६ हजारलाई आधार मानिएको छ । प्राधिकरणको तथ्यांकअनुसार गत माघको तुलनामा फागुनमा ९ लाख ३६ हजारभन्दा बढी प्रयोगकर्ता थपिएका छन् । गत माघमा २ करोड ५४ लाख १९ हजार जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको थियो । इन्टरनेटमा सबैभन्दा धेरै योगदान मोबाइल डेटाको रहेको छ, जसको हिस्सा ६४ दशमलव शून्य ८ प्रतिशत छ । १ करोड १५ लाख ६५ हजारभन्दा बढीको पहुँचमा थ्रीजी इन्टरनेट पुगेको छ, जसमध्ये सबैभन्दा धेरै नेपाल टेलिकमका ९० लाख ९४ हजार र एनसेलका २४ लाख ७० हजार प्रयोगकर्ता रहेको उल्लेख छ । गत माघसम्ममा मोबाइल इन्टरनेटका प्रयोगकर्ता १ करोड १३ लाख ५१ हजार रहेका थिए । त्यस्तै, फोरजीका प्रयोगकर्ता ७६ लाख ६८ हजार १८१ पुगेका छन् । नेपालमा तीन दूरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन् । तीन कम्पनीमध्ये सबैभन्दा धेरै ग्राहक एनसेलका छन् । ८ महीनामा एनसेलका फोरजीका ग्राहक ४८ लाख ५६ हजार ७४२ जना पुगेका छन् । माघको तुलनामा फागुनमा कम्पनीको फोरजी इन्टरनेट प्रयोगकर्ता ५ लाख ३० हजार ८०६ जना बढेका हुन् । यस्तै सोही अवधिमा नेपाल टेलिकमको फोरजीका ग्राहक २५ लाख ८९ हजार २९४ जना पुगेका छन् । गत माघको तुलनामा फागुनमा ४४ हजार ५७० जना बढेका हुन् । यसैगरी स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता २ लाख २३ हजार १४५ जना पुगेका छन् । गत माघको तुलनामा फोरजीका ग्राहक एक हजारले मात्र बढेका छन् । सोही अवधिमा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेटको हिस्सा २२ दशमलव ३५ प्रतिशत रहेको छ । यसमा एडीएसएलका ८ लाख १२ हजार र एफटीटीएच इन्टरनेटका ५९ लाख ४२ हजारभन्दा बढी छन् । रासस

सम्बन्धित सामग्री

ताप्लेजुङको दुर्गम बस्तीमा फोरजी सेवामार्फत इन्टरनेटको पहुँच

ताप्लेजुङ- पछिल्लो समयमा ताप्लेजुङका दुर्गम बस्तीमा फोरजी सेवामार्फत इन्टरनेटको पहुँच पुग्न थालेको छ । गाउँगाउँमा नयाँ फोरजी टावर जडान गर्नुका साथै पुराना टावरलाई फोरजीमा स्तरोन्नति गरिएपछि ताप्लेजुङका दुर्गम बस्तीमा फोरजी सेवामार्फत इन्टरनेटको पहुँच विस्तार भएको हो । केही समय अगाडि मोबाइल सेवासमेत नभएका बस्तीमा फोरजी सेवा सञ्चालन भएपछि स्थानीय उत्साहित भएका छन् । ताप्लेजुङको फक्ताङलुङ […]

इन्टरनेटमा महिला-पहुँच

आफूलाई अभिव्यक्त गर्न, सूचनामा पहुँच स्थापित गर्न र विभिन्न क्षेत्रमा सहभागी हुने अपार अवसर प्राप्त गर्न महिलालाई इन्टरनेट महत्त्वपूर्ण माध्यम बन्न सक्छ। साथै इन्टरनेटको उचित प्रयोग नहुँदा अनौठा चुनौती र जोखिमहरू पनि देखा पर्न सक्छन्।...

मोजाम्बिकका दुई तिहाइ नागरिकमा इन्टरनेटको पहुँच बाहिर

मोजाम्बिकको कुल जनसंख्याको दुई तिहाइ हिस्सा अर्थात् देशको दुई करोड २० लाखभन्दा बढी व्यक्ति इन्टरनेटको पहुँचमा नरहेको मोजाम्बिकको सञ्चारमाध्यम (एआईएम) ले बुधबार जनाएको छ।मोजाम्बिकको सञ्चार नियामक प्राधिकरण (आईएनसीएम) र राष्ट्रिय तथ्यांक कार्यालयले गत साता मोजाम्बिकमा दूरसञ्चार सेवाका प्रयोगकर्ताबारे सार्वजनिक गरेको सर्वेक्षणको नतिजालाई प्रतिवेदनमा उल्लेख गरिएको छ।सर्वेक्षणले मोजाम्बिकको कम क्रय शक्तिको कारण देशमा इन्टरनेट पहुँचको लागत सस्तो नभएको औंल्याएको छ। 'मोजाम्बिकीहरूको जीवनयापनको लागत

झुलाघाटमा इन्टरनेटको पहुँच

काठमाडौँ,२ कार्तिक । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट क्षेत्रमा इन्टरनेटको पहुँच पुगेको छ । नेपाल टेलिकम बैतडीका प्रमुख विक्रमराम टमटाका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय कनेक्टीभिटीका लागि सो क्षेत्रमा इन्टरनेट विस्तार गरेको हो । इन्टरनेटको पहुँच पुगेसँगै सरकारी काममा सहजता आएको छ । विशेष गरी नाकामा रहेका महाकाली भन्सार कार्यालय, सीमा प्रहरीचौकी, सशस्त्र प्रहरी बलको […]

झुलाघाटमा इन्टरनेटको पहुँच

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट क्षेत्रमा इन्टरनेटको पहुँच पुगेको छ ।  नेपाल टेलिकम बैतडीका प्रमुख विक्रमराम टमटाका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय कनेक्टीभिटीका लागि सो क्षेत्रमा इन्टरनेट विस्तार गरेको हो ।इन्टरनेटको पहुँच पुगेसँगै सरकारी काममा सहजता आएको छ । विशेष गरी नाकामा रहेका महाकाली भन्सार कार्यालय, सीमा प्रहरीचौकी, सशस्त्र प्रहरी बलको कार्यालयका सेवा प्रवाहमा सहयोग पुगेको बताइएको छ ।

सरकारले घटाउने भयो इन्टरनेटको शुल्क

काठमाडौं : सरकारले इन्टरनेटको शुल्क घटाउने घोषणा गरेको छ। आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्‍को संयुक्त बैठकमा सार्वजनिक गर्ने क्रममा  इन्टरनेटको पहुँच बढाउन शुल्क घटाउने बताएका हुन्।बजेटमार्फत राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्नसमेत बजेट विनियोजन गरिएको छ।

इन्टरनेटको शुल्क घटाउने सरकारको घोषणा

काठमाडौँ । सरकारले इन्टरनेटको शुल्क घटाउने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्षको बजेट वक्तव्यमार्फत इन्टरनेटको पहुँच बढाउन शुल्क घटाउने बताएका हुन् ।

देशका ७३८ स्थानीय तहमा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट पहुँच

चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा देशभरका ६ हजार १९० वटा वडा कार्यालयमा ब्रोडब्याण्ड इन्टरनेटको पहुँच पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा पेस गरेको आर्थिक सर्वेक्षणअनुसार ७३८ स्थानीय तहमा समेत इन्टरनेट पुगेको छ ।यसैगरी, ५ हजार १९६ वटा माध्यमिक विद्यालयमा र ४ हजार ११७ स्वास्थ्य केन्द्रमा ब्रोडब्याण्ड इन्टरनेटको पहुँच पुगेको सर्वेक्षणमा उल्लेख छ । यसैगरी, टेलिफोन घनत्व १३९.८६ प्रतिशत र इन्टरनेट ग्राहक घनत्व ११६.९ प्रतिशत पुगेको छ ।गत वर्षको फागुनसम्ममा यस्तो घनत्व क्रमशः १३०

इन्टरनेटको पहुँच विस्तारले प्रविधिमैत्री बन्दै स्थानीय सरकार

सूचना प्रविधिको विकास तथा विस्तारलाई तीव्रता दिएसँगै स्थानीय सरकार सूचना प्रविधिमैत्री बन्दै गएका छन् । इन्टरनेटको पहुँच विस्तारले स्थानीय तहहरू सूचना प्रविधिमैत्री बन्दै गएका हुन् । दुर्गम स्थानीय तहमा समेत इन्टरनेटको पहुँचको विस्तार भई सेवा प्रवाह सहज भएको छ । यसले सुशासन कायम गर्न सहयोग मिल्दै गएको छ । सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले स्थानीय सरकार सूचना प्रविधिमैत्री बन्दै जाँदा सेवा प्रवाहमा सहजता भई सुशासन कायम भएको बताए । ‘सूचना प्रविधिकै विकासले दुर्गम स्थानीय तहका सरकारी तथ्यांक सु...

१९ प्रतिशत बालबालिका इन्टरनेटको पहुँच बाहिर

नेपालमा १९ प्रतिशत बालबालिकाहरु इन्टरनेटको पहुँच बाहिर रहेको तथ्याङ्क सार्वजनिक भएको छ । कोरोना महामारीले नेपालको शिक्षामा पारेको असरसम्बन्धी लू निभाः बाल सरोकार समुह र अक्सफोर्ड विश्व विद्यालयको संयुक्त सहकार्यमा गरिएको अनुसन्धानले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । शुक्रबार शिक्षा मन्त्रालयका सहसचिव डा. हरि प्रसाद लम्सालको अध्यक्षतामा बसेको भर्चुअल कार्यक्रममा अक्सफोर्ड विश्व विद्यालयकी अनुशन्धानकर्ता डा.उमा प्रधानले सार्वजनिक गरेको विवरण अनुसार नेपालमा बन्दाबन्दीको समयमा ७४ प्रतिशत विद्