विकराल बन्दै मधुमेह, १० वर्षमा थपिए १० लाख बिरामी

काठमाडौं । सन् २०११ अघिसम्म नेपालमा मधुमेहका बिरामी ५ लाखभन्दा कम थिए । त्यसको १० वर्षमा अर्थात् सन् २०२१ मा देशका ७२ जिल्लामा मधुमेहका बिरामीको संख्या ११ लाख पुग्यो । ७७ ओटै जिल्लामा यस्ता बिरामी १५ लाख हुनसक्ने अनुमान छ । यस आधारमा १० वर्षमा मधुमेहका बिरामी १० लाख थपिएका छन् ।  यो तथ्यांकले नेपालमा मधुमेह तीव्ररुपमा बढिरहेको देखाउँछ । चिकित्सकका अनुसार मधुमेह लाग्ने मुख्य कारण बोशो हो । बोशोयुक्त खानेकुरा कम खाए मधुमेहको खतरा कम हुन्छ । यस्तै, शरीरमा भएको बोशो घटाउन सकेमा पनि यो रोगबाट बच्न सकिन्छ ।  पछिल्लो समय व्यस्त जीवनशैलीका कारण मानिसहरू शारीरिक काम गर्न पाउँदैनन्/गर्दैनन् । मधुमेह लाग्नुको एउटा कारण शारीरिक अभ्यासको कमी पनि हो ।  गाउँभन्दा शहरमा दोब्बर  नेपालमा मधुमेहका बिरामीको संख्या गाउँभन्दा शहर धेरै रहेको पाइएको छ । गाउँका ५–७ प्रतिशत मानिसमा मधुमेहका बिरामी रहेकोमा शहरमा यस्ता बिरामीको संख्या १५ प्रतिशतसम्म रहेको पाइएको सम्मेलनमा बताइएको छ ।  दक्षिण एशियामा ९० लाख बिरामी  मधुमेह नेपालमा मात्रै होइन, दक्षिण एसियालगायत विश्वभरका सबै देशमा भयावह देखिएको छ । दक्षिण एशियामा मात्रै यसका बिरामीको संख्या ९० लाख छ ।  ‘विश्वभर विकराल बन्दै’   शुक्रवारबाट काठमाडौंमा शुरु भएको दुई दिने साफिस इन्टरनेशनल इन्डोक्राइन सम्मेलनमा बंगलादेशका डाक्टर टोफिल अहमदले विश्वभर यो समस्या विकराल बन्दै गएको बताए ।पाकिस्तानी डाक्टर अलि जावाले पाकिस्तानमा पनि डायबिटिजको समस्या खतरनाक तरिकाले बढिरहेको बताए ।  एक बेलायती डाक्टरले भने, ‘डायबिटिज (मधुमेह) विश्वभरि विकराल भइसकेको छ । यो भनेको ‘सुगर क्यान्सर’ हो ।’  यस्तो छ चिकित्सकको सुझाव मधुमेहको समस्या विकराल भए पनि यसलाई नियन्त्रण गर्न सकिने चिकित्सक बताउँछन् । व्यस्त जीवनशैलीबाट समय निकालेर शारीरिक अभ्यास गरे यो रोग केही हदसम्म नियन्त्रण हुने चिकित्सकको भनाइ छ ।  सम्मेलनमा सहभागी बेलायतमा काम गर्ने नेपाली डाक्टर सचिनराज भण्डारीले सबै मिलेर मधुमेह नियन्त्रण गर्नुपर्ने सुझाए ।  ‘आर्थिक र राजनीतिक समस्याभन्दा ठूलो स्वास्थ्य समस्या छ । त्यसमा पनि डायबिटिज ठूलो समस्याको रूपमा आइरहेको छ । यसमा सबै जना मिलेर यो लडाइँ लड्नु पर्ने छ,’ उनले भने ।   

सम्बन्धित सामग्री

फोनपेको अर्को सफलता, १० लाख पुग्यो मर्चेन्टको संख्या

फोनपेमा मर्चेन्ट नेटवर्कको संख्या १० लाख पुगेको छ । स्थापनमा ३ वर्षमै फोनपे नेटवर्कले मर्चेन्टको संख्या १० लाख बढी पुर्‍याउने सफल भएको हो ।  यो उपलब्धिसँगै फोनपे नेपालको सबैभन्दा ठूलो पेमेन्ट नेटवर्क बन्न सफल भएको कम्पनीले जनाएको छ । फोनपे एउटा भुक्तानी प्रक्रिया नेटवर्क हो, जसले ग्राहक, बैंक तथा वित्तिय संस्था, मर्चेन्ट, तथा सरकारलाई एक इन्टरनेट नेटवर्कमा जोड्छ...

१० लाख पर्यटक भित्र्याउने

सरकारले आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले उक्त संख्यामा पर्यटक भित्र्याउने योजना अघि सारेको हो ।अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्षमा १० लाख पर्यटक भित्र्याउने भन्दै स्थानीय तहको साझेदारीमा २१६ स्थानमा पर्यटक पदमार्ग बनाउने जानकारी दिए ।

धर्मश्री विजेतालाई १० लाख

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने १६औं धर्मश्रीका विजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् । आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । ब्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले खेलकुदको क्षेत्रमा ब्यक्तिगत विधातर्फको यो नै सर्वाधिक पुरस्कार राशि रहेको जानकारी गराए । यसअघिको संस्करणको विजेताले ५ लाख […]

युक्रेनबाट १० लाख शरणार्थी पलायन

काठमाडौँ- युक्रेनमा रुसको सैन्य कारबाही शुरु भएयता १० लाख शरणार्थी युक्रेन छाडेर भागेका छन् । रुसले आक्रमण थालेदेखि सात दिनको अवधिमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सी युएनएचसीआरले जनाएको हो । आफ्नो ट्विटर ह्यान्डलमा युएनएचसीआर उच्चायुक्त फिलिपो ग्रान्डीले लेखेका छन् “केवल सात दिनमा हामीले युक्रेनबाट छिमेकी देशहरूमा १० लाख शरणार्थीहरू पलायन […]

महाशिवरात्रिमा करिब १० लाख दर्शनार्थी आउने

१० फागुन, काठमाडौं। यसवर्ष शिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा मेला भर्न तथा भगवानको दर्शन गर्न करिब १० लाख दर्शनार्थी आउने अनुमान गरिएको छ । मंगलबार पशुपति क्षेत्र विकास कोषले  पत्रकार सम्‍मेलन गरेर करिब १० लाख दर्शनार्थी आउने अनुमान गरिएको जानकारी दिएको छ । यस्तै यस वर्षको महाशिवरात्रिमा सवा करोड बजेट खर्च हुने अनुमान गरिएको परिषद् सदस्य सचिव […]

अनुदानमा चीनबाट १० लाख सिरिन्ज आउँदै

चीन सरकारले अनुदानमा दिएको १० लाख सिरिन्ज तातोपानी भन्सार छुटेर नेपाल प्रवेश गरिसकेको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ । चीन अनुदानमा दिने २० लाख सिरिन्जमध्ये १० लाख सीमा नाका हुँदै प्रवेश गरे पनि अझै १० लाख आउन बाँकी छ ।करिब साढे २ करोड सिरिन्ज आउने चरणमा रहको रहेको समेत आपूर्ति व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत बडेबाबु थापाले बताए । कोरोनाविरुद्धको खोप लगाउन प्रयोग गरिने सिरिन्ज ४६ लाख ८४ हजार स्टक रहेको छ । सरकारले २ करोड ४ लाख सिरिन्ज खरिदका लागि सम्झौता गरिसकेको उनले बताए । यस्तै कोभ्य

आठ महिनापछि भारतबाट आयो खरिद गरेको १० लाख खोप

काठमाडौं । सरकारले अग्रिम भुक्तानी गरेको भए पनि आठ महिनापछि मात्रै कोभिड– १९ विरुद्धको खोप उत्पादन गर्ने भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले दश लाख डोज खोप पठाएको छ । सम्झौताअनुसार आठ महिनाअगाडि नै आउनुपर्ने भए पनि भारतले १० लाख पठाएर १० लाख डोज खोप रोकेको थियो । ५ फागुन ०७७ मा सरकार र सेरम इन्स्टिच्युट अफ […]

भारतबाट १० लाख मात्रा ‘कोभिसिल्ड’ खोप ल्याउँदै

काठमाडौँ । भारतसँग खरिद गरिएको १० लाख मात्रा कोभिसिल्ड खोप नेपाल आइपुग्दै छ । गत फागुनमा खरिद गरिएको १० लाख मात्रा खोप ६ महिनापछि शनिबारसम्म नेपाल ल्याउन लागिएको हो । भारतको सेरम कम्पनीबाट खरिद गरिएको २० लाख मात्रा खोपमध्ये १० लाख मात्रा खोप आइसकेको छ। नेपालले भारतसँग प्रति मात्र चार डलरका दरले २० लाख मात्रा […]

एउटै गाडी मर्मतमा साढे १० लाख खर्च!

धनगढी : कैलालीको चुरे गाउँपालिकासँग एक मात्र चारपाङ्ग्रे सवारी साधन छ। तर गत आर्थिक वर्षमा गाउँपालिकाले सवारी मर्मत शिर्षकमा १० लाख ५६ हजार २ सय २२ रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले देखाएको छ।प्रदेश आर्थिक कार्यविधि नियमावली २०७६ मा अभिलेख अद्यावधिक गर्नुपर्ने उल्लेख गरिएको छ। तर सवारी मर्मतमा साढे १० लाख बढी खर्चेको गाउँपालिकाले कुनै अभिलेख भने राखेको छैन। त्यसपछि एक सवारीमा एक वर्षमा मात्रै साढे १० लाख खर्च भएको भन्दै प्रश्न गरिएको छ। तर गाउँपालिकाका प्रशासन शाखा प्

गच्छदार १० लाख धरौटीमा रिहा

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। पूर्व उपप्रधानमन्त्रीसमेत रहेका उनी बालुवाटार जग्गा प्रकरणमा अख्तियारको मुद्दा खेपिरहेका छन्। विशेष अदालतको आजको थुनछेक बहसपछि गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको हो पटकपटक मुद्दाको म्याद बुझ्न अस्वीकार गरेपछि गच्छदारलाई ‘फरार’ सूचीमा राखिएको थियो। देउवा प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै गच्छदार आज अदालतमा आत्मसमर्पण गरेका थिए।