किन बढ्दै छ दैनिक उपभोग्य वस्तुको मूल्य ?

काठमाडौं । राष्ट्र बैंकको तथ्यांकले माघमा महँगी बढेको देखाएको छ । माघसम्मको तथ्यांकअनुसार वार्षिक उपभोक्ता मुद्रास्फीति (महँगी) दर ७ दशमलव ८८ प्रतिशत पुगेको छ । मुद्रास्फीति गतवर्षको माघको तुलनामा १ दशमलव ६४ प्रतिशत विन्दुले धेरै हो । गतवर्ष माघमा मुद्रास्फीति दर ६ दशमलव २४ प्रतिशत थियो । पुसमा भन्दा माघमा महँगी बढेको छ । पुसमा मुद्रास्फीति ७ दशमलव २६ प्रतिशत थियो । दैनिकीसँग प्रत्यक्ष जोडिएका उपभोग्य वस्तुको मूल्य दिनप्रतिदिन बढ्दै गएपछि आम उपभोक्ता आत्तिन थालेका छन् । दाल, चामल, गेडागुडी, फलफूल, माछामासु, अण्डा, दूध, दही र हरिया सागसब्जीको मूल्य आकाशिँदै जाँदा आम उपभोक्ताको भान्सा दिनदिनै महँगो हुँदै छ । यति बेला सबै किसिमका वस्तुमा मूल्यवृद्धि भइरहे पनि दैनिक उपभोग्य खाद्यवस्तुको मूल्यवृद्धि प्रमुख समस्याको विषय भएको खुद्रा व्यापार संघका अध्यक्ष पवित्र वज्राचार्य बताउँछन् । विगतको कोरोना महामारी, रूस–युक्रेन तनाव, बैंकको बढ्दो ब्याजदरजस्ता कारणले कच्चा पदार्थदेखि ढुवानी भाडा र श्रमिकको ज्याला बढेकाले त्यसको प्रत्यक्ष असर वस्तुको मूल्यमा पर्न गई मूल्यवृद्धिले सीमा नाघेको उनले बताए । यसबाहेक कतिपय ठूला व्यापारीले राजनीतिक पार्टीमा गर्ने लगानीले मूल्यवृद्धिलाई अझ माथि उकास्न योगदान गरेको उनको बुझाइ छ । ठूला व्यापारीले आफ्नो व्यापारिक स्वार्थपूर्तिका लागि राजनीतिक पार्टी र तिनका नेतालाई लगानी गर्ने तथा त्यसको असुल सामान्य नागरिकबाट गर्ने हुनाले अनावश्यक रूपमा मूल्यवृद्धि हुने गरेको उनले आरोप लगाए । उनका अनुसार मूल्यवृद्धिले उपभोक्तालाई मात्रै नभएर खुद्रा व्यापारीलाई समेत सास्ती खेप्न बाध्य बनाएको छ । ‘किनभने खुद्रा व्यापारीले प्रतिशतका आधारमा नाफा राख्दैनन् । ५/१० रुपैयाँ नाफा राखेर व्यापार गरेका हुन्छन् । त्यसमा पनि उधारो गयो भने उठाउनै मुश्किल हुन्छ,’ अध्यक्ष वज्राचार्य भन्छन्, ‘उपभोक्तासँग प्रत्यक्ष जोडिने भएकाले महँगी बढेको गुनासो पनि सबैले खुद्रालाई नै गर्छन् । बजार अनुगमन पनि खुद्रामै गरिन्छ जबकि मूल्यवृद्धिमा खुद्रा व्यापारीको कुनै हात हुँदैन ।’ संघले दिएको तथ्यांकअनुसार यस अवधिमा अवधिमा त्रिशूलीको पोख्रेली चामलको खुद्रा मूल्य ७० बाट बढेर ९० रुपैयाँ किलो पुगेको छ । मुसुरोको दाल किलोमै ५० रुपैयाँ बढेर १ सय ५० रुपैयाँ किलो पुगेको छ । यसअघि १ सय रुपैयाँ किलोमा किनबेच भइरहेको रहर दालको खुद्रा मूल्य १ सय ७० रुपैयाँ कायम भएको छ । हरियो केराउको मूल्य प्रतिकिलो ७० बाट १ सय ४० रुपैयाँ पुगेको छ । त्यसैगरी भुटेको तोरीको तेल २ सय २० बाट बढेर ३ सय ५० रुपैयाँ पुगेको छ । भटमास तेलको मूल्य लिटरमै १ सय ५ रुपैयाँ बढेर २ सय २० पुगेको छ । दुग्ध व्यवसायीले गाईबस्तुलाई खुवाउने दाना तथा चोकरको मूल्य बढेकाले किसान मर्कामा परेको भन्दै केही दिनअघि दूधको उपभोक्ता मूल्य प्रतिलिटर १४ रुपैयाँले बढाएका छन् । यससँगै दूधको मूल्य लिटरको सय रुपैयाँ पुगेको छ । दूधको मूल्य बढेपछि यसबाट बन्ने सबै परिकारको मूल्य बढ्ने निश्चित छ । डेरी उद्योग संघका अध्यक्ष प्र⋲लाद दाहालले दूधको मूल्य बढेपछि त्यसबाट बन्ने मिठाइ, आइसक्रिम, छुर्पीलगायतको मूल्य स्वाभाविक रूपमा बढ्ने बताए । कच्चा पदार्थको मूल्य बढेर किसानको लागत बढेपछि दूधको मूल्य बढाउन बाध्य भएको उनको भनाइ छ । ब्रोइलर कुखुरा मासुको मूल्य महीना दिनमै ७० रुपैयाँसम्मले बढेर प्रतिकिलो ४ सय पुगेको छ । कुखुरालाई खुवाइने दाना, औषधिलगायत वस्तुको मूल्य अत्यधिक बढेर कुखुरापालक किसानले चल्ला पाल्नै छाडेर चल्ला विक्री हुन छाडेपछि कुखुरा उत्पादन घट्यो । यसले गर्दा बजारमा जिउँदो कुखुराको अभाव हुन गई मासुको मूल्य बढेको मासु व्यवसायी संघका अध्यक्ष जंगबहादर बिसीले जानकारी दिए । उनका अनुसार तत्काल मासुको मूल्य घट्ने सम्भावना छैन । त्यसैगरी हिउँदे तरकारीको सिजन सकिएसँगै हरियो तरकारीको मूल्य पनि महँगिएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीले केही सातायता हरियो तरकारीको मूल्य बढेको देखाउँछ । ब्रोकाउलीको मूल्य ५६ रुपैयाँ प्रतिकिलोबाट बढेर ८० पुगेको छ । लोकल गोलभेडाको मूल्य प्रतिकिलो २२ रुपैयाँबाट बढेर ४० पुगेको छ । त्यसैगरी रातो मूलाको मूल्य प्रतिकिलो ४५ रुपैयाँबाट बढेर ७० पुगेको छ ।

सम्बन्धित सामग्री

दूधले उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तित

भोजपुर । उत्पादित दूधले उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तामा परेका छन् । दैनिक उपभोग्य वस्तु तथा दुग्धजन्य परिकारको मूल्य बर्सेनि बढेपनि दूधको मूल्यमा भने वृद्धि हुन नसकेपछि उनीहरु चिन्तित बनेका हुन् । दैनिक उपभोग्य वस्तुको मूल्य बढेपनि दूधको मूल्य भने विगत १० वर्षदेखि मूल्य समान रहेको किसानको गुनासो छ । बजार मूल्य वृद्धिका आधारमा […]

दूधले उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तित

उत्पादित दूधले उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तामा परेका छन् । दैनिक उपभोग्य वस्तु तथा दुग्धजन्य परिकारको मूल्य बर्सेनि बढेपनि दूधको मूल्यमा भने वृद्धि हुन नसकेपछि उनीहरु चिन्तित बनेका हुन् । दैनिक उपभोग्य वस्तुको मूल्य बढेपनि दूधको मूल्य भने विगत १० वर्षदेखि मूल्य समान रहेको किसानको गुनासो छ ।बजार मूल्य वृद्धिका आधारमा दूधको मूल्य पनि बढाउनुपर्ने भोजपुर नगरपालिका–४ शिद्धेश्वरमा व्यावसायिक रुपमा पशुपालन गरिरहेका स्थानीय गणेश विष्टले बताए । पशुलाई खुवाउनुपर्ने दानाको भाउको मूल्य वृद्

दूधले उचित मूल्य नपाउँदा किसान चिन्तित

भोजपुर– उत्पादित दूधले उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तामा परेका छन् । दैनिक उपभोग्य वस्तु तथा दुग्धजन्य परिकारको मूल्य बर्सेनि बढेपनि दूधको मूल्यमा भने वृद्धि हुन नसकेपछि उनीहरु चिन्तित बनेका हुन् । दैनिक उपभोग्य वस्तुको मूल्य बढेपनि दूधको मूल्य भने विगत १० वर्षदेखि मूल्य समान रहेको किसानको गुनासो छ ।  बजार मूल्य वृद्धिका आधारमा दूधको […]

दूधले उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तित

काठमाडौँ,२७ साउन । उत्पादित दूधले उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तामा परेका छन् । दैनिक उपभोग्य वस्तु तथा दुग्धजन्य परिकारको मूल्य बर्सेनि बढेपनि दूधको मूल्यमा भने वृद्धि हुन नसकेपछि उनीहरु चिन्तित बनेका हुन् । दैनिक उपभोग्य वस्तुको मूल्य बढेपनि दूधको मूल्य भने विगत १० वर्षदेखि मूल्य समान रहेको किसानको गुनासो छ । बजार मूल्य वृद्धिका […]

वितरकलाई उत्पादकको सूचना : अब सबै वस्तुको मूल्य बढ्छ

२९ फागुन, काठमाडौं । दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने सबै खाले उद्योगहरुले आफ्ना उत्पादनको बिक्री मूल्य बढाउने तयारी गरेका छन् । चाउचाउ, साबुन, बिस्कुट, मैदा, खानेतेल जस्ता कच्चा पदार्थमा बाह्य भर पर्नु पर्ने वस्तुको मूल्य नथेगिने अवस्थामा पुगेको भन्दै उत्पादकहरुले वितरकलाई मूल्य वृद्धिमा तयार रहन अग्रिम जानकारी गराएका छन् । दैनिक प्रयोग गर्ने खाद्यान्नदेखि स्यानिटरीका […]

दैनिक उपभोग्य वस्तु आपूर्ति सहज बनाउन उद्योग समितिको पहल

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दैनिक उपभोग्य वस्तुको मूल्य, गुणस्तर र आपूर्तिलगायतका विषयमा छलफल गरेको छ ।समितिको बैठकले चाडपर्वको बेलामा दैनिक उपभोग्य वस्तुको मूल्य, गुणस्तर र आपूर्तिलगायतका विषयमा छलफल गरेको हो । बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कृषि सचिव डा.गोविन्दप्रसाद शर्माले चाडबाडमा मासुको खपत अत्याधिक हुने भएकोले आयातित […]

चाडपर्व नजिकिएसँगै महँगिए दैनिक उपभोग्य वस्तु, खपत बढ्ने बेला मूल्यमा मनपरी!

काठमाडौं। चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको घुइँचो बढेको छ। बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य पनि क्रमिक बढ्न थालेको छ। सबैभन्दा

निषेधाज्ञामा उपभोग्य वस्तुको मूल्य वृद्धि

रोल्पा (अस) । निषेधाज्ञाको मौका पारेर रोल्पाका व्यापारीहरूले दैनिक उपभोग्य वस्तुमा मनोमानी मूल्य वृद्धि गरेको पाइएको छ । निषेधाज्ञा हुनुभन्दा पहिले प्रतिकेजी १२० रुपैयाँ पर्ने सोयाबिन अहिले २००, प्रतिकेजी ९० पर्ने केराउ अहिले १२० र १०० रुपैयाँ पर्ने आधा लिटर तोरीको तेल (प्याकेट) व्यापारीहरूले १२० रुपैयाँमा विक्री गर्दै आएका छन् । यस्तै दाल, चामल लगायत सबैजसो दैनिक उपभोग्य वस्तुमा २० देखि ५० प्रतिशतभन्दा बढीसम्म मूल्य तिर्नुपरेको गुनासो उपभोक्ताहरूको छ । बिहीवार मात्रै रोल्पा नगरपालिका–२ लिबाङस्थित पवित्रा स्टोरमा दैनिक उपभोग्य वस्तु खरिदका लागि गएका एक उपभोक्ताले एक्कासि सबै सामानको मूल्य वृद्धि भएको पाइएको बताए । ‘पटक पटक पसल जाँदा संक्रमणको डर हुने भएकाले सबै सामान एकैपटक खरिद गर्न खोज्दा मूल्य वृद्धि भएको पाएँ,’ ती उपभोक्ताले भने, ‘यसरी मूल्य वृद्धि हुने हो भने त हामी जस्ता मजदूरलाई बाँच्न गाह्रो छ ।’ निषेधाज्ञाको समयमा स्थानीय प्रशासनले बजार अनुगमन नगर्ने र बजारमा मूल्य सूची पनि कतै नराखिएकाले व्यापारीहरूले मनोमानी मूल्य वृद्धि गरेका हुन् । दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा दैनिक जोहो गरेर जीविका उपभोक्ता बढी मर्कामा पर्दै आएका छन् ।

निषेधाज्ञामा व्यापारीले मनोमानी मूल्य वृद्धि गरेको उपभोक्ताको गुनासो

जेठ ७, रोल्पा । निषेधाज्ञाको मौका पारेर रोल्पाका व्यापारीहरुले दैनिक उपभोग्य वस्तुमा मनोमानी मूल्य वृद्धि गरेका छन् । दाल, चामल लगायत दैनिक उपभोग्य वस्तुमा २० देखि ५० प्रतिशतभन्दा बढीसम्म मूल्य वृद्धि गरेको उपभोक्ताहरुको गुनासो छ । निषेधाज्ञा हुनुभन्दा पहिले केजीको १२० पर्ने सोयाबिनलाई अहिले २००, केजीको ९० पर्ने केराउलाई अहिले १२०, आधा लिटरको तोरीको तेलको पोकालाई १०० पर्ने लाई अहिले १२० मा विक्री गर्दै आएका छन् ।  बिहीवार मात्रै रोल्पा नगरपालिका–२ लिबाङस्थित पवित्रा स्टोरमा दैनिक उपभोग्य वस्तु खरीदका लागि गएका एक उपभोक्ताले एक्कासी सबै सामानको मुल्य वृद्धि भएको सुन्दा अचम्ममा परे । ‘पटक पटक पसल जादा संक्रमणको डर हुने भएकाले सबै सामान एकै पटक खरीद गर्दा मूल्य वृद्धि भएको पाए’ ती उपभोक्ताले भने ‘यसरी मूल्य वृद्धि हुने हो भने त हामी जस्ता डेरामा बस्ने मजदूरहरुलाई बाच्न गाह्रो छ ।’ निषेधाज्ञाको समयमा स्थानीय प्रशासनले बजार अनुगमन पनि नगर्ने र बजारमा मूल्यसूची पनि कतै नराखिएकाले व्यापारीहरुले मनोमानी मूल्य वृद्धि गरेका हुन् । यस्तो अवस्थामा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि हँुदा हुने खानेभन्दा पनि दैनिक जोहो गरेर खाने उपभोक्ताहरु ठूलो मर्कामा पर्दै आएका छन् ।