सरकारबाट पाउने सेवा–सुविधाले एक जनालाई एमबीबीएस पढाउने गाउँपालिका अध्यक्ष राईको घोषणा

सोलुखुम्बु : सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष असीम राईले आफूले सरकारबाट पाउने सेवा–सुविधाबाट पालिकाभित्रको एक जना जेहनदार विद्यार्थीलाई एमबीबीएस पढाउने घोषणा गरेका छन्।गाउँपालिका अध्यक्षका रूपमा आज दोस्रो कार्यकालको पदभार ग्रहण गर्दै अध्यक्ष राईले आफूलाई प्राप्त हुने सबै सेवा–सुविधा पालिकाभित्रका गरिब तथा जेहनदार  विद्यार्थीलाई एमबीबीएस पढाउन खर्च गर्ने घोषणा गरेका हुन्।यस्तै उनले कार्यभार सम्हालेपछि गाउँपालिकामा वातावरण मैत्री विद्युतीय

सम्बन्धित सामग्री

रोल्पाको परिवर्तन गाउँपालिकामा सुधारको सुरसार

काठमाडौं, १६ साउन । रोल्पाको परिवर्तन गाउँपालिकाले स्वास्थ्य, शिक्षा र कृषिका लागि दक्ष जनशक्ति उत्पादन गर्न एमबीबीएस, बीएस्सी कृषि, पशु चिकित्सा, गणित र विज्ञान विषयमा स्नातक अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरेको छ । त्यसका लागि गाउँपालिकाले वार्षिक ३ करोड बजेट छुट्ट्याएको पनि गाउँपालिका अध्यक्ष सुकबहादुर बुढा मगरले बताए । ‘विकासै भएन भन्ने साँचो होइन । […]

३५ लाख छात्रवृत्तिमा एमबीबीएस पढाउँदै पातारासी

जुम्लाको पातारासी गाउँपालिकाले मोटो रकम लगानी गरेर पालिकाकै विद्यार्थीलाई एमबीबीएस पढाउने भएको छ । पाँच वर्षभित्रै गाउँपालिकामा आफ्नै विशेषज्ञ चिकित्सक उत्पादन गर्ने लक्ष्यका साथ झण्डै ३५ लाख छात्रवृत्तिमा एमबीबीएस पढाउने भएको हो । जेहेन्दार तथा क्षमतावान विपन्न विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययनका लागि गाउँपालिकाले ३५ लाख छात्रवृत्ति दिने निर्णय गरेको पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताए […]

एमबीबीएस पढ्ने विद्यार्थीलाई ३५ लाख छात्रवृत्ति दिने गाउँपालिकाको निर्णय

जुम्लाको पातारासी गाउँपालिकाभित्रका ‘एमबीबीएस’ पढ्ने विद्यार्थीलाई पालिकाले ३५ लाख छात्रवृत्ति उपलब्ध गराउने छ। ५ वर्षमा एक चिकित्सक उत्पादन गर्ने लक्ष्यसहित यस्तो निर्णय गरी गाउँसभाबाट पारित भएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताए ।  एमबीबीएसलगायत प्राविधिक विषयमा पढाउन सहयोग गर्न लागेको अध्यक्ष बोहोराले जनाए। गाउँपालिकाले बुधबार १० औँ हिउँदे गाउँसभाबाट एमबीबीएस पढ्ने विद्यार्थीलाई छात्रवृत्तिदेखि बालमैत्री वडा घोषणासम्मका विभिन्न ऐन नियम पारित गरेको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताइन्। हिउँदे गाउँसभाबाट पालिकाका सबै वडामा ‘बाल विवाह न्यूनीकरणमा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारालाई मध्यनजर गर्दै बाल विवाह रोकथामका विभिन्न सचेतना कार्यक्रम चलाइने उपाध्यक्ष रोकायाको भनाइ छ। पालिकाले ४ र ५ वडालाई बालमैत्री वडा...

एमबीबीएस अध्ययन गर्न मार्मा गाउँपालिकाले १० लाख दिने

दार्चुला : दार्चुलाको मार्मा गाउँपालिकाले पालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेका एक उत्कृष्ट विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको छ।गाउँपालिकाले शुक्रबार ल्याएको आगामी आव २०७९/८० को नीति तथा कार्यक्रममा वार्षिक एक जनालाई १० लाख छात्रवृत्ति स्वरुप रकम उपलब्ध गराउने निर्णय गरेको हो।गाउँपालिका अध्यक्ष जमनसिंह धामीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गाउँपालिकामा स्थायी घर भई गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेका एक उत्कृष्ट विद्यार्थीलाई

एमबीबीएस अध्ययन गर्न गाउँपालिकाले १० लाख छात्रवृत्ति दिने

दार्चुला : मार्मा गाउँपालिकाले पालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेका एक उत्कृष्ट विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको छ।गाउँपालिकाले शुक्रबार ल्याएको आगामी आव २०७९/८० को नीति तथा कार्यक्रममा वार्षिक एक जनालाई रु १० लाख छात्रवृत्ति स्वरुप रकम उपलब्ध गराउने भएको हो।गाउँपालिका अध्यक्ष जमनसिंह धामीले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममा गाउँपालिकामा स्थायी घर भई गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेकाे एक उत्कृष्ट विद्यार्थीलाई एमबीबीएसमा छा